समाज

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

जहाँ बस्ती छ त्यहीँबाट डढेलो

११ वैशाख,दमौली । गर्मीयाम सुरु भएसँगै तनहुँका सामुदायिक वनमा डढेलो लाग्ने क्रम सुरु भएको छ । जहाँ मानिसको बस्ती छ त्यहीबाट डढेलो लाग्ने गरेको तनहुँ डिभिजन वन कार्यालयले जनाएको छ । जिल्लाको व्यास नगरपालिका, देवघाट र आँबुखैरेनी गाउँपालिकाका सामुदायिक वनमा डढेलो लाग्न थालेको उक्त कार्यालयका प्रमुख कोमलराज काफ्ले बताउनुहुन्छ । “जहाँ जहाँ वनमा डढेलो लागेको छ, त्यो डढेलो बस्ती भएको ठाउँबाटै सुरु भएको देखिन्छ”, उहाँ भन्नुहुन्छ, यसको अर्थ मानिसले जथाभाबी रुपमा डढेलो लगाइरहेका छन्।” “डढेलो लाग्न नदिन सचेतनामूलक कार्यक्रमका साथै प्रचारप्रसार गरिए पनि नियन्त्रण गर्न सकिएको छैन । यसका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घलगायतलाई पनि आग्रह गर्दै आएका…
Read More
सुदूरपश्चिममा छैन ‘डार्ट’ गर्ने गतिलो संयन्त्र

सुदूरपश्चिममा छैन ‘डार्ट’ गर्ने गतिलो संयन्त्र

११ वैशाख,महेन्द्रनगर । गत शुक्रबार घाँस काट्ने क्रममा पाटे बाघले आक्रमण गरी कञ्चनपुरको बेलौरी नगरपालिका–८ की गङ्गादेवी चन्दलाई बेपत्ता पारेपछि स्थानीयस्तरमा सन्नाटा छाउनाका साथै त्रास फैलियो । दिनदहाडै बस्तीमा पसेको बाघले महिलालाई बेपत्ता पारेपछि बाघसँगै महिलाको खोजीमा स्थानीय, निकुञ्ज कर्मचारी, स्थानीय प्रशासनका साथै नेपाली सेना पनि शुक्रबार राति र शनिबार बिहानसम्म खटियो । बाघ नियन्त्रणको विषयमा प्रहरी र स्थानीयबीच विवाद हुँदा इलाका प्रहरी कार्यालय बेलौरीमा कार्यरत एक प्रहरी अधिकारी नै घाइते भए ।सरोकारवाला निकायको समन्वयपछि बाघलाई ‘डार्ट’ (औषधीयुक्त सुई प्रहार) सहित नियन्त्रणमा लिने विशेषज्ञसहितको प्राविधिक टोली बर्दिया राष्ट्रिय निकुञ्जबाट कञ्चनपुरका लागि हिँड्यो । बर्दियाको टोली घटनास्थल नपुग्दासम्म स्थानीय सरोकारवाला निकायले…
Read More
पर्यटक बसपार्क नहुँदा समस्या

पर्यटक बसपार्क नहुँदा समस्या

११ वैशाख,काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बसपार्कको माग भएको लामो समय भइसकेको छ । तर अझै पनि पर्यटक बसपार्कको माग भने पूरा हुन सकेको छैन । जसकारण पर्यटक बसहरु सडकलाई नै अस्थायी बसपार्कका रुपमा प्रयोग गर्न बाध्य भइरहेका छन् । हवाईमार्ग हुँदै नेपाल भित्रिने पर्यटकहरु काठमाडौँ आइपुग्छन् । र, काठमाडौँबाट हवाई तथा सडकमार्ग हुँदै विभिन्न पर्यटकीय गन्तव्यमा जान्छन् । काठमाडौँबाट विभिन्न पर्यटकीय गन्तव्यका लागि जाने पर्यटक बसहरु पर्यटक बसपार्कको अभावमा हाल अस्थायीरुपमा सोह्रखुट्टेस्थित सडकलाई पर्यटक बसपार्क बनाउन बाध्य भएका छन् । टुरिस्ट बस एशोसियशन अफ नेपाल (टिवान)का अध्यक्ष कृष्ण आचार्य पर्यटक बसपार्कका बारेमा लामो समयदेखि आवाज उठाउँदै आए पनि…
Read More
बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

११ वैशाख,झापा । शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो । नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पु¥याउने बताउनुभयो । आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताउनुभयो । गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पु¥याउने उहाँको भनाइ छ…
Read More
सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

११ वैशाख,काठमाडौँ । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन जना र सशस्त्र प्रहरीका एकजना अधिकारी छन् । उहाँहरु हाल सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । ती अधिकारीमध्ये सुरक्षित गन्तव्यका लागि दुई जना सुडानको छिमेकी देश चाड, एक जना पोर्ट सुडान र एकजना साउथ सुडानतर्फ सडकमार्ग हुँदै पुगेको उहाँले जानकारी दिनुभयो ।
Read More
डढेलोले वन सखाप

डढेलोले वन सखाप

११ वैशाख, चौतारा । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिनुभयो । उहाँका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु…
Read More
घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

घरेलु उद्यम प्रवद्र्धन गर्दै स्थानीय तह

११ वैशाख,स्वर्गद्वारी । प्युठानका स्थानीय तहहरुले घरेलु उद्यम प्रवद्र्धनमा प्राथमिकता दिन थालेका छन् । चोयाचित्रो, गिठो, सालका पातजस्ता गाउँघरमा पाइने कच्चा पदार्थबाट तयार गरिने सामग्रीको उत्पादनमा स्थानीय तहले प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेका हुन् । प्युठानको झिमरुक गाउँपालिकाले चोया चित्रोबाट डोको, डाली, सोफा, कुर्सी, आस्ट्रेलगायतका सामग्री बनाउने उद्यम प्रवद्र्धन गर्न थालेको छ । झिमरुक–५ ओखरकोटमा ओखरकोट चोया चित्रो उद्योग सञ्चालनमा आएको छ । घरमै परम्परागत रूपमा गरिँदै आएको चोयाचित्राको कामलाई गुणस्तरीय र दिगो उद्यमका लागि योजना अघि सारिएको झिमरुक गाउँपालिकाकाका अध्यक्ष पितबहादुर क्षेत्रीले जानकारी दिनुभयो । “गाउँघरमा पुख्र्यौली पेसामा रहेको कामलाई जगेर्ना गर्दै सामूहिक रुपमा उद्यममा जोड्न कार्यक्रम ल्याइएको हो”, उहाँले…
Read More
सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

सुदूरपश्चिमा पशुमा ‘लम्पी स्कीन’ रोगको समस्या

११ वैशाख,कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा ‘लम्पी स्कीन’ रोगको सङ्क्रमणबाट पशुपालक किसान प्रभावित हुन थालेका छन । रोगका कारण पशु धमाधम मर्न थालेपछि किसान समस्यामा परेका हुन । पशुको शरीरभरि गिर्खा देखा पर्ने र त्यस पछि घाउ भई निको नहुने समस्या रहेको पशुपालक किसानको भनाइ रहेको छ । गाई गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने, नाकबाट सिँगान बग्नेलगायतका लक्षण देखा पर्ने गरेको छ । घाउमा किरा पर्ने र पशुको मृत्यु हुने गरेको छ । पशु चिकित्सकका अनुसार सो रोगबाट सङ्क्रमित भएका दुधालु पशुले दूध घटाउँदै लैजाने गर्दछन् । गत वर्ष लम्पी स्कीन रोग कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का व्यावसायिक रुपमा…
Read More
जडीबुटी निकासी घट्यो

जडीबुटी निकासी घट्यो

११ वैशाख,देउखुरी । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएको छ । यसपछि टिमुर ५३ हजार पाँच सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय ७५ किलो, रिठा १४ हजार दुई सय किलो, मालागेडी १३ हजार पाँच सय किलो निकासा भएको छ भने तेजपात पाँच हजार…
Read More
यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

११ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १३…
Read More
Page 151 of 304
1 … 149 150 151 152 153 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.