समाज

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व  : ओली

पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व : ओली

२२ वैशाख,काठमाडौँ । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको बताउनुभएको छ । आज २५६७ औँ बुद्धजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले लुम्बिनी विश्व शान्ति सहरको परिकल्पनालाई साकार रुप दिन प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल मात्र नभई बुद्धदर्शनको उद्मगस्थल भएकाले विश्वको ध्यान जान जरुरी रहेको बताउनुभयो । उहाँले सन्देशमा भन्नुभएको छ, “लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो । यो बुद्ध दर्शनको उद्मस्थल पनि हो । यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ ।” उहाँले आफू विश्व शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता…
Read More
नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

२२ वैशाख, वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसङ्घका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या एक सय ७९ पुगेको छ । दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसङ्घका महासचिवलाई दिनुभएको छ । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसङ्घलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताउनुभएको छ । सन् १९६८ मा स्वतन्त्र मुलुकको…
Read More
देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

२२ वैशाख , काठमाडौँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।…
Read More
घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

घडियाल गोही संरक्षणका लागि काव्य उत्सव

२ वैशाख ,नवलपुर। सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणका लागि काव्य उत्सव गर्न लागिएको छ । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण लोप हुने अवस्थामा पुगेको घडियाल गोहीको संरक्षणका नवलपरासी ९ बर्दघाट–सुस्तापूर्व को देवचुलीमा दोस्रो संस्करणको घडियाल काव्य उत्सव हुन लागेको हो । दुई दिनसम्म चल्ने काव्य उत्सवको आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ । पर्यापर्यटन, जैविक विविधता, दिगो पर्यटन, संरक्षण र सम्वद्र्धनका विविध आयामलाई समेट्दै देवचुली–१७ को पिप्रहरमा काव्य उत्सव हुन लागेको हो । स्थानीय सञ्चार संस्था ह्याप्पी एफएमले जिल्लाको पर्यटन विकासमा चासो र चिन्ता व्यक्त गर्दै घडियाल काव्य उत्सवको आयोजना गरेको संस्थाका प्रबन्ध निर्देशक दीपेश…
Read More
गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

गिट्टीको थुप्रोमा टाउको भेटियो, पहिचान खुल्न सकेन

२२ वैशाख,बैतडी । पाँच दिन अगाडि बैतडीको पाटनमा एक व्यक्तिको टाउको भेट्टिए पनि उनको पहिचान भने खुल्न सकेको छैन । गत आइतबार सडक निर्माणका लागि पाटन नगरपालिका–६ तल्लो बजारमा ल्याएको गिट्टीको थुप्रोमा एक व्यक्तिको टाउको भेट्टिएको थियो । टाउकोलाई परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ । तर अझै रिपोर्ट नआएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । सुर्नया गाउँपालिकाको बाचपानीबाट ल्याएको गिट्टीमा मानिसको टाउको भेटिएको थियो । उहाँले भन्नुभयो, “टाउको फेला परेपछि कसको हो भनेर पहिचान गर्न अस्पताल पठाएका छौँ । अस्पतालको रिपोर्टपछि सबै कुरा खुल्छ ।” टाउकोको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइने प्रहरी…
Read More
नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

२२ वैशाख, काठमाडाैँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ । आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ ।” सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले सङ्घ, प्रदेश र जिल्लास्तरमा…
Read More
बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

बुद्धजयन्तीमा लुम्बिनीमा विशेष समारोह

२२ वैशाख, रुपन्देही । २५६७ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस आज धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतमबुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ । बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । बुद्धजयन्ती मूल समारोह सुरु हुनुअघि लुम्बिनीको ५ नं गेटदेखि अन्तर्राष्ट्रिय सभाहलसम्म झाँकीसहितको शोभायात्रा निकाल्ने तयारी छ । शोभायात्रा सभाहलसम्म पुगेपछि मूल समारोह सुरु हुने लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्यले जानकारी दिनुभयो । बुद्ध जयन्तीलाई भव्य बनाउन लुम्बिनी विकास कोषले गठन गरेका मूल व्यवस्थान समिति र विभिन्न उपसमिति सक्रिय छन्…
Read More
अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

२१ वैशाख,काठमाडौँ । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ । सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको…
Read More
कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

कारोना भाइरस र डेंङ्गुबाट सङ्क्रमितको मृत्यु

२१ वैशाख,सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । अस्पतालको ‘भेन्टिलेटर’मा उपचाररत बैतडीका ३० वर्षीय युवकको गएराति मृत्यु भएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । नशासम्बन्धी रोगको उपचार गराउन अस्पतालमा भर्ना गरिएका युवकको यही वैशाख १७ गते पिसिआर पद्धतिबाट नमुना जाँच गराउँदा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । त्यसको दुई दिनपछि पुनःनमुना जाँच गराउँदा डेङ्गुकोसमेत सङ्क्रमण देखिएपछि थप उपचारका लागि सङ्क्रमित युवकलाई भेन्टिलेटरमा राखिएको उहाँले बताउनुभयो । युवकको अस्पतालमै गत चैत २५ गते नशासम्बन्धी समस्याको शल्यक्रिया गरिएको जनाइएको छ । यसअघि यही वैशाख ३…
Read More
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति

२१ वैशाख,काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा सन्दीपलाई प्रहरीले गएराति बुटवलबाट पक्राउ गरी आज जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरेको थियो । सन्दीप नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । रायमाझीसहित उक्त प्रकरणमा आठ जना पक्राउ परिसकेका छन् । हिजो पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन् । उहाँमाथि थप अनुसन्धान चलिरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको…
Read More
Page 138 of 304
1 … 136 137 138 139 140 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.