समाज

बाजुरामा भूकम्पको धक्का

बाजुरामा भूकम्पको धक्का

२१ वैशाख,काठमाडौँ । बाजुरामा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बिछिया केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ तीनपटक भूकम्पको धक्का महसुस गरिएको थियो ।
Read More
दूधको परिकार बिक्री गर्दै सहकारी

दूधको परिकार बिक्री गर्दै सहकारी

२१ वैशाख,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ । आयोजनामार्फत् दुलेगौँडा बजारमा डेरी उद्योग स्थापना गरी दूधबाट परिकार उत्पादनको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो । दूध प्रशोधन गरी घ्यू, पनिर, दही लगायतका परिकार उत्पादनका लागि रु ९९ लाख २९ हजार तीन सयको योजना लागत सहभागितामा सञ्चालन गरिने सिग्देलले बताउनुभयो ।…
Read More
बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ जेठ १२ देखि प्रदर्शन हुने

२१ वैशाख,काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र टुल्की आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने भएको छ । ‘द पाल्म गु्रप प्रालि’द्वारा निर्माण गरिएको बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र टुल्की सो मितिमा देशभर प्रदर्शन गर्न लागिएको हो । डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लाको वेषभूषामा कुप्रथाका रूपमा अझै कायम रहेको बहुपति प्रथालाई ‘टुल्की’ मार्फत देखाइएको निर्माता शेखर लामाले बताउनुभयो । चलचित्रको डोल्पाको शे फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर छायाङ्कन गरिएको छ । चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लो क्षेत्रमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त…
Read More
नेपालगञ्जमा विद्युत् कटौती

नेपालगञ्जमा विद्युत् कटौती

२१ वैशाख,जानकी । नेपालगञ्जमा अघोषितरूपमा पटकपटक विद्युत्को लाइन छुटाउँदा उपभोक्ता समस्यामा परेका छन् । दिउँसोको समयमा विकास निर्माणका काममा पोल तथा तार सार्दा विद्युत् कटौती हुने गरेको विद्युत् प्राधिकरणले जनाए पनि रातिको समयमा समेत विद्युत् कटौती हुँदा उपभोक्ता मारमा पर्ने गरेका हुन् । विद्युत् अनियमित हुँदा सबैभन्दा बढी उद्योगलाई असर परेको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरीले विद्युत् कटौती बढ्दै गएमा सङ्घ आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो । “हावाहुरीका कारण कहिलेकाहीँ विद्युत् कटौती हुनु स्वभाविक मान्न सकिएला तर पटकपटक जानकारी बिना नै हुने कटौतीले उद्योगमा धेरै मार परेको छ । त्यसो भइरहे हामी सहेर बस्दैनौँ”, उहाँले भन्नुभयो ।…
Read More
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

२१ वैशाख,काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ । ट्रङ्क रुटको…
Read More
बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

बनेपामा आजदेखि प्रसिद्ध चण्डेश्वरी जात्रा

२१ वैशाख,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरमा करिब २५ सय वर्ष अघिदेखि मनाइँदै आइएको प्रसिद्ध चण्डेश्वरी जात्रा सुरु भएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्राअन्तर्गत आज अपरान्ह हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारको तर्फबाट पूजागर्ने व्यक्तिको सहभागिता जनाएपछि जात्राको औपचारिक सुरुआत भएको मानिन्छ । विशेषगरी हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि यो जात्रामा भक्तजनको ठूलो सहभागितामा धुमधामसँग मनाउने गरिन्छ । नगरको मुख्य बजार बनेपामा चण्डेश्वरी जात्रा आउँदो आइतबारसम्म मनाइने भएको हो । विशेष पर्वझैंँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिगारिएको छ । बनेपालीका लागि यो जात्रा महान पर्व दसैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ…
Read More
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

२१ वैशाख,महेन्द्रनगर । दार्चुलाको व्यास गाउँपालिका-१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ । दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताउनुभयो । “बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उहाँले भन्नुभयो, “यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।” हाल हिमपहिरोमा…
Read More
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

२१ वैशाख,मनहरी । मकवानपुरको हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नं–६ जुरिखेतस्थित सडकमा बुधबार साँझ काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२०प४२३७ नं को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बाराको पर्सौनी नगरपालिका वडा नं ५ का २५ वर्षीय लालबाबु सहनी मलाहा र पछाडि सवार सोही स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौँंडा अस्पतालमा उपचारका क्रममा र मण्डलको घटनास्थलमै मृत्यु…
Read More
लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

लक्ष्मिनियाँमा निर्धारित सममै योजना सम्पन्न

२१ वैशाख,जनकपुरधाम । धनुषाको लक्ष्मिनियाँ गाउँपालिकामा वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएका छन् । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा जिल्लाका अधिकांश स्थानीय निकायलाई चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयन गर्न भ्याइनभ्याइ हुँदा सो गाउँपालिकालाई भने कार्यान्वयन भएका योजनाको भुक्तानी प्रक्रिया टुङ्ग्याउने चटारो छ । गाउँपालिकाका प्रशासकीय अधिकृत नागेन्द्र यादवले गाउँपालिकामा चालु आर्थिक वर्षका करिब ८० प्रतिशत योजना कार्यान्वयन भई भुक्तानीको काम चलिरहेको जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकामा दुई सय ५२ योजनामध्ये दुई सयभन्दा बढी योजनाको काम लगभग सम्पन्न भइसकेको बताउनुभयो । वैशाख नसकिँदै ८० प्रतिशत योजना सम्पन्न भएको बारे थप प्रष्ट्याउँदै प्रमुख…
Read More
गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै

गुच्चीच्याउ आम्दानीको स्रोत बन्दै

२१ वैशाख,मुगु । सोरु गाउँपालिका–४ फोतुकी रामदेवी शाहीलाई अहिले गुच्चीच्याउ टिप्न भ्याइनभ्याइ छ । उहाँ बिहान सबेरै नजिकका सामुदायिक वनमा पुगेर साँझअबेर मात्र घर फर्किनुहुन्छ  । हिमपात र वर्षा धेरै भएकाले यसपाली गुच्चीच्याउको उत्पादन राम्रो भएको जनाउँदै उहाँ दिनभरी गुच्चीच्याउ टिप्न व्यस्त हुनुभएको हो । गतवर्ष च्याउ टिपेर रु २५ हजार कमाउनुभएकी उहाँलाई यस वर्ष झन् बढी पैसा कमाउने धोको छ । ताजागाउँकी बेलसरा बुढाले पनि वनजङ्गलमा बाख्रा चराउँदै गुच्चीच्याउ सङ्कलन गर्ने गर्नुभएको छ । गतवर्ष च्याउ बेचेर उहाँले रु ४० हजार कमाउनुभएको थियो  । जिल्लाका ग्रामीण भेगका बासिन्दालाई अहिले गुच्चीच्याउ टिप्ने चटारो छ । जिल्लामा बर्सेनि चैतको पहिलो सातादेखि गुच्चीच्याउ टिप्ने ‘सिजन’ सुरुआत हुन्छ ।…
Read More
Page 140 of 304
1 … 138 139 140 141 142 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.