सिञ्जाको धार्मिक तथा पर्यटकीयस्थल केदारनाथ ओझेलमा
२१ वैशाख,जुम्ला । स्थानीय सिञ्जा गाउँपालिकास्थित प्रसिद्ध मन्दिर केदारनाथलगायत थुप्रै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका स्थल प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावमा ओझेलमा परेका छन् । समुद्री सतहदेखि करिव तीन हजार ५०० मिटर उचाइमा केदारनाथ मन्दिर छ । यस धार्मिक क्षेत्रमा केदारनाथको मूल कुण्डभित्र चडाइएका सयौंँ वर्ष पुराना तामा, पित्तल र चाँदीका सिक्काको थुप्रो र हजारौँं वर्ष पुरानो मनिएको धातुजडित उत्कृष्ट कालीगढीका गौमुख भएका नुहाउने धारा थिए । स्थानीय बासिन्दाका अनुसार सबै सशस्त्र द्वन्द्वकालमा हरायो । यो मन्दिर भारतका चार धामभन्दा पनि पुरानो भएको मानिन्छ । अहिले केदारनाथ मन्दिरमा पुरानै आकारमा गौमुख धारा बनाएका छन् । काठबाट बनेका गाईका तस्वीर छन्…
