समाज

हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै

हेलिकोप्टर दुर्घटना अपडेट : घाइतेको उद्धार हुँदै

२२ वैशाख, काठमाडौँ । सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको अवस्था गम्भीर भएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकोप्टरसहित ११ जना जनशक्ति उद्धारका लागि घटनास्थलमा खटाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । हेलिकोप्टरमा सवार पाँच जनामध्ये तीन जना गम्भीर घाइते र बाँकी दुई जना सामान्य घाइते भएको उहाँको भनाइ छ । दुर्घटना भोटखोला गाउँपालिका–४ हम्मरेडाँडामा भएको थियो । अवतरणका क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टर माथिल्लो अरुण जलविद्युत परियोजनाको सामग्री ढुवानी गरी त्यहाँ गएको थियो ।
Read More
विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

२२ वैशाख, त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन ९कक्षा घटुवा० गरेको छ । शैक्षिक सत्र २०७८÷७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिनुभयो । पालिकाले गठन गरेको ‘अनुगमन कार्यदल’ले पटक–पटक ९भदौदेखि चैतसम्म० स्थलगत रुपमा गरेको अनुगमन र परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यालाई यकिन गरेर कम विद्यार्थी भएका विद्यालयको माथिल्लो कक्षा नजिकैको अर्को विद्यालयमा समायोजन गरिएको हो । “विद्यालयले विद्यार्थी सङ्ख्या धेरै देखाए पनि विभिन्न स्रोतबाट त्यो सङ्ख्या गलत हो भन्ने सूचना आएपछि अनुगमन गर्दा निकै कम विद्यार्थी उपस्थित हुने गरेको पाइयो”, नगरप्रमुख…
Read More
नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

नर्जाखानीमा ‘एक घर एक प्लास्टिक टनेल’

२२ वैशाख,गलकोट।  बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको दुर्गम गाउँ नर्जाखानीका स्थानीयलाई आयआर्जनसँग जोड्नका लागि ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्थानीय सरकारले तरकारी खेतीमा अग्रसर बनाउन सबै वडावासीलाई प्लास्टिक टनेल स्थापनाका लागि अनुदानमा वितरण गरेको छ । वडाका सबै घरमा टनेलमार्फत तरकारी खेती उत्पादन भएमा दुर्गम स्थानका नागरिकको जीवनस्तर वृद्धि गर्नेगरी तमानखोला गाउँपालिका–६ कार्यालयले यस्तो योजना कार्यान्वयन गरेको हो । एक घर एक टनेलमार्फत उत्पादन भएको तरकारीले घरमा उपभोग भई बाँकी तरकारी सङ्कलन गरी बजार पठाउन सकिने योजनासाथ गाउँपालिका–६ नर्जाखानीको वडा कार्यालयले चालु आर्थिक वर्षमा रु नौ लाखको योजना कार्यान्वयनमा लगेको हो । दुर्गम गाउँका नागरिकलाई स्थानीय…
Read More
उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम

उपल्लो डोल्पामा पस्मिना बनाउने तालिम

२२ वैशाख, जाजरकोट। उपल्लो डोल्पाका च्याङ्ग्रापालक किसानलाई भुवा कोर्ने तालिम दिइएको छ । च्याङग्रापालन अत्यधिक हुने यस क्षेत्रमा भुवा कोर्ने तालिम दिएर पस्मिना बनाउने कार्यलाई थप व्यवस्थित गरेर लैजाने उद्देश्य लिइएको छ । आधुनिक तरिकाले भुवा कोरेर निकालिएको भुवाबाट विभिन्न प्रकारका कपडाहरु बनाइने भएपछि यसलाई आधुनिकीकरणमा जोड दिइएको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताउनुभयो । उपल्लो डोल्पाका तीनवटा पालिकामा च्याङ्ग्रापालन गरिन्छ । स्थानीय उत्पादनलाई जोड दिनका लागि आधुनिक भुवा कोर्ने तालिम दिइएको पालिकाले जनाएको छ । भुवा सङ्कलनको आधुनिक विधिबारे सरोकारवालासँग बृहत् छलफलसमेत गरिएको छ । युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक तथा…
Read More
उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

उद्योगीका समस्या समाधान हुन्छ : मन्त्री रिजाल

२२ वैशाख, चितवन। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले रुग्ण उद्योग व्यवसायलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले काम गरिराखेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “उद्योगी व्यवसायी आत्तिनुपर्ने अवस्था होइन । अहिलेको समस्या समाधान हुन्छ ।” उद्योगीको समस्या समाधानका लागि सरकारले बजेटमा विभिन्न कार्यक्रम ल्याउन लागेको उहाँले बताउनुभयो । कानुनले समाधान गर्ने विषय कानुनबाट समाधान हुने बताउँदै उहाँले भन्नुभयो, “उद्योगधन्दा बन्द भएर बैंकमा पुग्ने अवस्था नहोस् भन्नका लागि सरकारले सोचेको छ ।” सकारले उद्योगीको हितमा काम गर्ने उहाँले बताउनुभयो । आर्थिक तरलताका कारण…
Read More
स्थानीय तहबाटै छनोट हुँदै

स्थानीय तहबाटै छनोट हुँदै

२२ वैशाख, बैतडी । सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक स्थानीय तहहरुलाई योजना छनोट गर्न माग गरेको छ । प्रदेश सरकारबाट आवश्यक पर्ने योजना छनोट गर्न स्थानीय तहहरुलाई माग गरिएको हो । स्थानीय तहहरुले पठाएका योजनाहरुलाई प्रदेश सरकारले छनोट गर्ने जनाएको छ । योजना छनोटका लागि प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेको छ । प्रदेश सरकारले पहिलो पटक स्थानीयस्तरबाट योजना छनोट कार्य सुरु गरेको सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्रमा योजना तर्जुमा तथा कार्यशाला गोष्ठीको आयोजना गरेर प्रदेश सरकारले पहिलोपटक योजना माग गरेको हो ।” योजना छनोट गर्न…
Read More
सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना

२२ वैशाख, काठमाडौँ। सिम्रिक एयरको हेलिकोप्टर सङ्खुवासभामा दुर्घटना भएको छ । सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो । उहाँले भन्नुभयो, “सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको स्थानीयले जानकारी गराएका छन् । विस्तृत जानकारी आउन बाँकी छ । उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएका छौँ ।” माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त हेलिकोप्टर बिहानैदेखि सम्पर्कविहीन भएकाले खोजी भइरहेको छ । “हेलिकोप्टर तुम्लिङटार विमानस्थलसँग बिहानैदेखि सम्पर्कमा नरहेको जानकारी आएको छ”, प्रवक्ता सिटौलाले भन्नुभयो ।
Read More
सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउनुपर्छ : मन्त्री शर्मा

२२ वैशाख, काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचनाको हकको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगको १६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सूचनाको हक जनतालाई सशक्त र लोकतन्त्रलाई बलियो बनाउने माध्यम भएकाले त्यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो । “सूचनाको हकको मुख्य उद्देश्य जनतालाई बलियो बनाउनु हो, जनताले आफूले खोजेको सार्वजनिक सरोकारका सूचना सजिलै प्राप्त गर्न सक्ने र त्यसको प्रयोगबाट सशक्त बन्ने हो”, मन्त्री शर्माले भन्नुभयो, “ जनताको खबरदारीले मात्र लोकतन्त्र बलियो बन्ने भएकाले यसको प्रयोगलाई जनस्तरसम्म पु¥याउनुपर्छ ।” सूचनाको हक कार्यान्वयन गर्न जनस्तरमा यसबारे व्यापक जनचेतना जागृत गर्न आवश्यक रहेकामा…
Read More
गण्डकी सरकारलाई पूर्णता दिने तयारी

गण्डकी सरकारलाई पूर्णता दिने तयारी

२२ वैशाख , गण्डकी। प्रदेशसभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने जनाउनुभएको थियो । सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको बताउनुभयो । “गठबन्धनमा आन्तरिक तयारी भइरहेको छ, दुई÷तीन दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ”, उहाँले भन्नुभयो । मन्त्रिपरिषद्ले पूर्णता पाएर मन्त्रीहरुले कार्यजिम्मवारी सम्हालेपछि सरकारका कामकारबाहीले गति लिने उहाँको भनाइ छ । “मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत पनि पाइसक्नुभएको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन, सरकार सहज रुपमा अघि बढ्छ”, प्रवक्ता तिवारीले भन्नुभयो । साठी…
Read More
मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

मोटर चढ्ने गुर्जालीको धोको कहिले पूरा होला ?

२२ वैशाख, बेनी। धवलागिरि गाउँपालिका–१ गुर्जाका ८३ वर्षीय खिमबहादुर छन्त्याललाई गाउँबाटै मोटर चढेर सदरमुकाम पुग्ने धोको छ । जीवनका आरोह अवरोध सङ्घर्षपूर्ण तवरले बिताउनुभएका उहाँ युवावस्थामा देश तथा विदेशमा समेत पुग्नुभयो । विदेशको विकासको समेत अनुभूति सँगाल्नुभएका उहाँले आफ्नै गाउँमा समेत विकासका पूर्वाधार बन्न थालेपछि गाउँबाटै मोटर चढेर सहर पुग्ने रहर जागेको बताउनुभयो । जिल्लाको सबैभन्दा दुर्गम बस्तीका रुपमा परिचित गुर्जा जिल्लाको एक मात्रै सडक सञ्जालको पहुँच नपुगेको वडा हो । विकासमा ओझेलमा परेको सो स्थानका स्थानीयवासीमा पछिल्लो समय विकासको प्रमुख आधार मानिएको सडक सञ्जालको पहुँच निर्माण गर्ने योजना गढेको छ । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा…
Read More
Page 136 of 304
1 … 134 135 136 137 138 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.