समाज

सन्दर्भः राष्ट्रिय पत्रकारिता दिवसः राजनीतिमा अस्थिरताले पत्रकारितालाई मर्यादित तुल्याउन चुनौती खडा गरेको छ : वरिष्ठ पत्रकार

सन्दर्भः राष्ट्रिय पत्रकारिता दिवसः राजनीतिमा अस्थिरताले पत्रकारितालाई मर्यादित तुल्याउन चुनौती खडा गरेको छ : वरिष्ठ पत्रकार

२४ वैशाख, काठमाडौँ,। वरिष्ठ पत्रकारहरुले मुलुकको राजनीतिमा देखिएको अस्थिरताले पत्रकारिता क्षेत्रलाई व्यावसायिक र मर्यादित तुल्याउने मामिलामा विविध चुनौती खडा गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले राजनीतिमा देखिएको विकृति र विसङ्गति नसङ्लिएसम्म पत्रकारिता क्षेत्रले ती समस्याको लामै समयसम्म सामाना गरिरहनुपर्ने देखिएको टिप्पणी गर्नुभयो । राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा रासससँग कुराकानी गर्दै वरिष्ठ पत्रकार खिलध्वज थापाले राजनीति र समाजसँगसँगै अहिले मुलुकको पत्रकारिताको प्रवृत्ति अघि बढिरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “पञ्चायतकालीन पत्रकारिताबाट मेरो यो क्षेत्रमा प्रवेश भएकाले नियन्त्रित अवस्थामा पत्रकारिता क्षेत्रले स्वतन्त्र भएर काम गर्ने अवसर प्राप्त नभए पनि आफ्नो हैसियत र सीमाभित्र रहेर स्वतन्त्र पत्रकारितका लागि काम गर्ने कोसिस गरेँ ।”…
Read More
साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

साइपालमा खाद्य सङ्कट, सिंहदरबार नधाएर पुग्दैन चामल

२४ वैशाख, बझाङ । साइपाल गाउँपालिका–४ धुलीका सोनाम तामाङको परिवारमा सात जना छन् । गाउँमै बस्ने उहाँहरूको आयस्रोत ‘सिजन’अनुसार यार्सागुम्बा सङ्कलन नै हो । दुई वृद्धावस्था उमेरका बाहेक पाँचै जना यार्सागुम्बा सङ्कलनमा हिमाल चढ्नुहुन्छ । यसबाट तामाङको परिवारले रु पाँच–छ लाख आम्दानी गर्दछ । त्योबाहेक उहाँहरूको आम्दानीको स्रोत अन्य केही छैन । एक महिना पुग्ने गरी मात्रै खाद्यान्न उत्पादन हुने धुलीमा ११ महिना किनेरै खानुपर्छ । सोनामको परिवारमा वर्षभरिका लागि करिब ११ क्विन्टल चामल आवश्यक पर्छ । गएको वर्षमात्रै उहाँको परिवारले नौ क्विन्टल चामल किन्नुप¥यो । सहुलियत चामल ९खाद्य संस्थानबाट प्राप्त० साढे दुई क्विन्टलमात्रै पाएपछि महँगोमा किन्नुपरेको सोनामले बताउनुभयो ।…
Read More
आज मौसम सफा रहने

आज मौसम सफा रहने

२४ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल देशमा अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामायन्तया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागमा एक–दुई स्थानमा…
Read More
एउटै गाउँमा तरकारी खेतीबाट रु दुई करोड बढी आम्दानी

एउटै गाउँमा तरकारी खेतीबाट रु दुई करोड बढी आम्दानी

२४ वैशाख, पर्वत। पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर विभिन्न थरिका तरकारी खेतीले भरिभराउ छन् । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काक्रो, गाँजर, बोडी, सिमी, गोलभेँडालगायतका तरकारी लटरम्म फलेका छन् । तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमूना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट यो गाउँमा बर्सेनि करिब रु डेढदेखि रु दुई करोडभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश…
Read More
पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’

पूर्वीनाकामा थपिँदै ‘सिसी क्यामेरा’

२४ वैशाख, झापा । पूर्वीनाका काँकडभिट्टामा चार वर्षअघि जडान गरिएका ‘सिसी क्यामेरा’ बिग्रिएपछि नयाँ थप्न सुरु गरिएको छ । भारतसँग सीमा जोडिएको र भुटान तथा बङ्गलादेशबाट नजिक रहेको कारण मेचीनगर–६ स्थित काँकडभिट्टा सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ । सहरका सबै सिसी क्यामेरा काम नलाग्ने भएपछि मेची सामुदायिक सेवा केन्द्र र इलाका प्रहरी कार्यालयको पहलमा स्थानीय जनसहभागिता जुटाएर यसै साता बजार र मुख्य चोकमा २६ वटा नयाँ सिसी क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताउनुभयो । सीमानाकामा आवश्यक निगरानी र अपराध न्यूनीकरणका लागि सिसी क्यामेरा अतिआवश्यक रहेको र बजार क्षेत्रमा अझै अपर्याप्त भएको उहाँको भनाइ छ…
Read More
‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

२४ वैशाख, त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ । स्थानीयवासीको श्रम र आर्थिक सहयोगसहित स्थानीय तह र बागमती प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको ‘गुरु पद्मसंभव’को मूर्ति अर्थमन्त्री डा प्रकाशरण महतले शनिबार प्रतिस्थापना गर्नुभयो । सो अवसरमा उहाँले बुद्धपछिको बुद्ध भगवान्का रूपमा सम्मानित भगवान् पद्मसंभवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । “दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उहाँले भन्नुभयो, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छौँ । त्यो हाम्रो महान् धर्म, संस्कृति र त्यसले सिकाएको पाठको…
Read More
चारलेन सडकमै छैन साइकल लेन

चारलेन सडकमै छैन साइकल लेन

२४ वैशाख, राँझा । नेपालगन्जको मुख्य चारलेन सडकमा साइकलयात्रा गरिरहेका खजुरा–३ निवासी मुन्सी चमारलाई शनिबार दिउँसो टिपरले ठक्कर दिँदा मृत्यु भयो । नेपालगन्ज उपमहानगरपालिका–१८ मा साइकल चलाइरहेका ६४ वर्षीय उहाँलाई रा१ख २६१७ नंको टिपरले ठक्कर दिएको थियो । गम्भीर घाइते चमारको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जानकारी दिनुभयो । साइकलमै यात्रा गर्ने चमार नेपालगन्जको लग्दहवास्थित छोरीको घरबाट पूजामा सहभागी भएर घर फकिँदै गर्दा टिपरले ठक्कर दिएको थियो । नेपालगन्जमा साइकल लेन नहुँदा ठूला सवारीसाधनको ठक्करबाट दैनिकजसो साइकलयात्री दुर्घटनामा पर्ने गरेको उहाँको भनाइ छ । साइकल लेन नहुँदा सर्वसाधारण…
Read More
खानेपानी आयोजना अलपत्र

खानेपानी आयोजना अलपत्र

२४ वैशाख, गोरखा ।  गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ । अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण…
Read More
पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु

२४ वैशाख, धनुषा। जनकपुरधाममा पोखरीमा डुबेर एका घरका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका–२४ बस्ने अलिहसन अन्सारीका जुम्ल्याहा छोरा नौ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् । शनिबार साँझ जनकपुर– २४ बसहियास्थित गोगलप्रसाद नमूना मावि अगाडि रहेको पोखरीमा नुहाउने क्रममा दुवै बालकको मृत्यु भएको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बालक पोखरीमा डुबेको खबर प्राप्त हुनासाथ जिरोमाइलस्थित प्रहरी चौकीबाट खटिइगएको प्रहरी टोलीले उद्धार गरेर उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुरधाममा पु¥याएका थिए । उपचारका क्रममा दुवै बालककोे मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतमले…
Read More
काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

२२ वैशाख, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिनुभएको छ । मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो । उहाँले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ । निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ । निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा…
Read More
Page 135 of 304
1 … 133 134 135 136 137 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.