समाज

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि

निजी विद्यालयमा विद्यार्थी आकर्षित भएपछि

२६ वैशाख, स्वर्गद्वारी, । प्युठानमा नयाँ शैक्षिकसत्र २०८० का लागि भर्ना अभियान सम्पन्न भइसक्यो । जिल्लाका सबै विद्यालयमा पठनपाठनसमेत धमाधम चलिरहँदा प्युठान नगरपालिका कार्यालयकै छेउमा रहेको विद्यालयका कक्षाकोठा रित्ता छन् । प्युठान–४ थापडाँडास्थित सरस्वती प्राथमिक विद्यालय विद्यार्थी नभएका कारण बन्द हुने अवस्थामा पुगेको छ । नगरकार्यपालिकाको कार्यालयबाट करिब पाँच सय मिटरको दूरीमा अवस्थित सो विद्यालयमा विद्यार्थी भर्ना सङ्ख्या शून्य भएको छ । विसं २०१२ मा स्थापना भएको पुरानो विद्यालय यो शैक्षिकसत्रमा विद्यार्थीविहीन भएको प्रधानाध्यापक हरिप्रसाद थपलियाले जानकारी दिनुभयो । विद्यालयमा शिक्षक÷अभिभावकले विद्यार्थी भर्नाका लागि लिएर आउँछन् कि भन्ने आशमा अझै छन् । तर अहिलेसम्म कुनै पनि विद्यार्थी त्यहाँ भर्ना हुनका…
Read More
राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता गराउन माग

२६ वैशाख, रुपन्देही । राज्यका सबै तह र संरचनामा महिलाको समावेशी सहभागिता सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै तिलोत्तमामा आयोजित महिला मञ्च २०८० सम्पन्न भएको छ । मञ्चले १४ बुँदे घोषणापत्र जारी गरी राज्यका हरेक संरचनामा विशेष व्यवस्था गर्दै समानुपातिक समावेशी प्रतिनिधित्व कायम गर्न, सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन, महिलालगायत सबै सीमान्तकृत समूहको न्यायमा पहुँच बढाउन र असमान शक्ति सम्बन्धको अन्त्य गर्न माग गरेको छ । संसद्मा पेस भएको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संशोधन गर्न घोषणापत्रमार्फत माग गरिएको छ । द्वन्द्व प्रभावितको न्यायको सुनिश्चितता गर्न माग गरिएको महिला मानवअधिकार रक्षकको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष डा रेणु अधिकारीले जानकारी दिनुभयो । राजनीतिक, आर्थिक, सामाजिक…
Read More
कक्षा १२ को वार्षिक परीक्षा सुरु

कक्षा १२ को वार्षिक परीक्षा सुरु

२६ वैशाख,काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु भएको छ । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धिका लागि परीक्षामा सामेल भएका छन् । यसका लागि एक हजार चार सय ५३ परीक्षा केन्द्र तोकिएका छन् भने परीक्षा आउँदो जेठ ५ गतेसम्म सञ्चलन हुनेछ । बिहान ८ बजेबाट सुरु भएको परीक्षा दिउँसो १२ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार कक्षा १२ को वार्षिक परीक्षाका लागि सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक निरीक्षक, सहयोगी र अन्य कर्मचारीसमेत गरी कुल ५० हजार जनशक्ति परिचालन भएका छन् । आजबाट सुरु भएको परीक्षामा…
Read More
प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

प्रअहरूसँग कार्यसम्पादन सम्झौता : दुई सय २० दिन विद्यालय सञ्चालन गर्नुपर्ने

२६ वैशाख, कास्की । सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग सम्झौता गरिएको हो । सङ्घीय शिक्षा नीति र विद्यालय क्षेत्र विकास योजनासमेतको मर्मलाई आत्मसात गरी महानगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग २८ बुँदामा सम्झौता गरिएको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको रोहबरमा महानगरपालिकाको तर्फबाट शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य र विद्यालयका प्रध्यानाध्यापकले कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार आधारभूत तहमा विद्यार्थीको भर्ना र टिकाउ दरमा वृद्धि,…
Read More
लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

लुम्बिनीमा ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुँदै

२६ वैशाख, काठमाडौँ । बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट’ हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको सहयोग तथा नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट ९नाट्टा०को आयोजनामा यही वैशाख २८ देखि ३० गतेसम्म ट्राभल मार्ट हुन लागेको हो । ‘एक्सप्लोर द बुद्ध ल्यान्ड’ भन्ने मूल नाराका साथ हुन लागेको उक्त ट्राभल मार्ट सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा समितिसमेत गठन गरिसकिएको छ । मार्टमा नेपालका पर्यटनसँग सम्बन्धी संस्थाका प्रतिनिधि, व्यवसायीका साथै भारत, चीन, भुटान, श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, कोरियालगायतका एक दर्जनभन्दा बढी मुलुकका भिक्षु,…
Read More
महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

महिलालाई पृथ्वीनारायण शाहको मूर्ति बनाउन तालिम

२६ वैशाख, गोरखा । गोरखामा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको मूर्ति बनाउने तालिम सुरु भएको छ । गोरखा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गोरखामै उत्पादित गोरखाको पहिचान र चिनारी झल्कने चिनो लैजाने अवसर प्रदान गर्नका लागि गोरखा नगरपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । गोरखा नगरप्रमुख कृष्णबहादुर रानामगरले महिला उद्यमी सङ्घ र नगरपालिकाको संयुक्त आयोजनामा भएको तालिममा १५ महिलाको सहभागिता रहेको जानकारी दिनुभयो । “अहिले दिन लागिएको तालिम पृथ्वीनारायण शाहको मूर्ति बनाउनेसम्बन्धी एकमहिने एड्भान्स तालिम हो”, उहाँले भन्नुभयो, “यसअघि एकमहिने आधारभूत तालिममा सहभागी भएकाहरू दोस्रोपटकको एड्भान्स तालिममा सहभागी भएका छन् ।” तालिमका क्रममा निर्माण गर्ने मूर्ति…
Read More
‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन

‘प्लान्ट डाक्टर’को पहिचान बनाउँदै रामकिसुन

२५ वैशाख, सुदूरपश्चिम । आफ्नो तरकारी बारीमा पुग्ने विद्यार्थी र किसान समूहका जिज्ञासा मेटाउन व्यस्त हुने रामकिसुन चौधरीलाई किसान अचेल ‘प्लान्ट डाक्टर’को नामले चिन्न थालेका छन् । मौसमी तथा बेमौसमी तरकारी बालीको उत्पादन, बालीमा देखिने रोगकीराको समाधान खोज्नमा अनुभवी मानिनु भएकाले उहाँ ‘प्लान्ट डाक्टर’ले चिनिनु भएको हो । तरकारी बारीमा स्थलगत अध्ययन गर्न दुई दिनअघि मात्रै आएको कृषि जेटिए अध्ययन गर्ने विद्यार्थीको टोलीले उहाँबाट तरकारी उत्पादन, रोगकीराको समाधान, जैविक मलको आवश्यकता र महत्वलगायतका विषयमा जानकारी लिएर फर्किएको छ । उहाँ गड््यौला र यसको मल पनि उत्पादन गर्नुहुन्छ । किसान समूह सहकारीले सञ्चालन गर्ने किसान पाठशालामा प्रशिक्षकको भूमिका पनि निभाउनुहुन्छ ।…
Read More
पोखरामा तार भूमिगत गर्न सुरु

पोखरामा तार भूमिगत गर्न सुरु

२५ वैशाख, गण्डकी । पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु भएको छ । ठेक्का सम्झौता भएको १५ महिनापछि आयोजनाले गति लिएको हो । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले विसं २०७८ माघमा निर्माणको जिम्मा पाएको थियो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले पोखरा महानगरपालिका–१० कुँडहर क्षेत्रबाट तार भूमिगत गर्नसुरु गरिएको बताउनुभयो । “इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले भौतिकतर्फको काममा केही ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “गत सातादेखि काम सुरु भएको छ, अब आयोजनाले गति लिन्छ, डेढ वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।” आयोजनालाई आवश्यक तारसहित महत्वपूर्ण उपकरण भारतबाट ल्याइएको हो । सुरुमा…
Read More
मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

मस्र्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

२५ वैशाख, तनहुँ ।आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मस्र्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मस्र्याङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो । तापक्रम बढे पनि हिमालमा प्रशस्त हिउँ नहुँदा नदीमा पानीको बहाव कम भएर विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख बद्री फुँयालले बताउनुभयो । विगत वर्षको तुलनामा यसवर्ष लामो समयदेखि खडेरी परेकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घट्दै गएको र कतिपय मुहानसमेत सुक्दै गएकाले विद्युत उत्पादन कमी भएको उहाँले जानकारी दिनुभयो । पानी कम हुँदा अहिले दिउँसोको समयमा ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । नदीमा पानीको…
Read More
डोको बुनेरै बित्यो ५० वर्ष

डोको बुनेरै बित्यो ५० वर्ष

२५ वैशाख, गलेश्वर। म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर९माइला० सार्की एकापसमा परिचित हुनुहुन्न तर उँहाहरुको पेसा भने एउटै छ । दुवैले ७०औँ वसन्त पार गर्नुभएको छ । उन्नाइस वर्षको उमेरदेखि चोयासँग खेल्न थाल्नुभएका मालिका गाउँपालिका–५ देविस्थानका विकको अहिले ७१ वर्षमा लाग्दासमेत चोयाँसँगको साथ छुटेको छैन । उहाँकोे जस्तै अवस्था छ बेनी नगरपालिका– २ ज्यामरुककोटका ७१ वर्षीय सार्कीको पनि । अहिलेसम्म डोको–डालो बुनेरै उहाँहरूले जीवन गुजारी रहनुभएको छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म चोयाँसँग खेल्दै उहाँहरूको समय बित्छ । गहुँगोरो वर्णका फरासिला चुमबहादुरको शरीर बुढ््यौलीले कुप्रिएको छ…
Read More
Page 133 of 304
1 … 131 132 133 134 135 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.