समाज

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ :  मुख्यमन्त्री कार्की

बजेट उत्पादन र रोजगारी बढाउन केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कार्की

२७ वैशाख, विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष बजेट उत्पादन बढाउने र रोजगार सिर्जना गर्नेमा केन्द्रित हुने बताउनुभएको छ । नेपाल नगरपालिका सङ्घद्वारा आज यहाँ आयोजित ‘वित्तीय सङ्घीयता र स्थानीय तहको योजना तर्जुमा’ प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान आधा हिस्सा मात्र आउनु र प्रदेशमा राजस्व पनि सङ्कलनमा कमी आउनुले समस्या उत्पन्न भएको बताउनुभयो । राजस्व सङ्कलनको स्थिति यथावत् रहेमा बजेट कम आकारको बन्ने उहाँको भनाइ छ । उहाँले दायित्व बढ्ने र बजेट स्रोत कमजोर हुने अवस्था देखिएको भन्दै स्थानीय तहले अतिआवश्यक ठाउँमा मात्रै लगानी गर्न सुझाव दिनुभयो । सङ्घीयता बलियो बनाउन विगतका…
Read More
४६ वर्षपछि जग्गाधनी पुर्जा १

४६ वर्षपछि जग्गाधनी पुर्जा १

२७ वैशाख, काभ्रेपलाञ्चोक ।  धुलिखेल नगरपालिका–५ श्रीखण्डपुरका दुईसय ३० परिवार ४६ वर्षपछि ‘जग्गाधनी’ बनेका छन् । स्थानीय नागरिकले जग्गा नापी भएको ४६ वर्षपछि जग्गाको पुर्जा प्राप्त गरेका हुन् । तत्कालीन अवस्थामा स्थानीयले ‘किसान आन्दोलन’ तथा ‘भर्पाइ आन्दोलन’ गरेका कारण राजनीतिकलगायत अन्य कारणबाट ती नागरिकले विसं २०३४ मा दर्ता भएको जग्गाको पुर्जा प्राप्त गर्न सकेका थिएनन् । यसयता विसं २०५४ का जनप्रतिनिधिले उनीहरुलाई पुर्जा उपलब्ध गराउने प्रयास गरे पनि सम्भव नभएको नगरप्रमुख आशोककुमार ब्यान्जु श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि बनेपा, पनौती र धुलिखेल नगरको सिमाङ्कन विवाद जनाउँदै पुर्जा वितरण हुन दिइएन ।” उहाँका अनुसार पुर्जा नहुँदा स्थानीय सरकारको विशेष निर्णय…
Read More
गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

२७ वैशाख, धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिनुभयो । किसानले रु १३ हजार नौ सय तिरेर अनुदानमा पाएका सात हर्सपावरका पेट्रोलबाट चल्ने मिनीटिलर वडा नं ८ मा एक सय १२ जनालाई, वडा नं ७ मा चारलाई, वडा नं १ मा तीनलाई र वडा नं ५ मा १६ जनालाई वितरण गरिएको छ । यसैगरी किसानले रु २४ हजार दुई सय ५० तिरेर डिजेल इन्जिन सात हर्सपावर क्षमताको वडा नं…
Read More
आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

२७ वैशाख, म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए । सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी…
Read More
मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

मुगु हिमपहिरो अपडेट : १० फिट हिउँ जमेकाले बेपत्ता खोज्न समस्या

२७ वैशाख, मुगु । अत्यधिक हिमपातका कारण मुगुम कार्मारोङ गाउँपालिका–१ र २ मा पर्ने च्याँखुलेकमा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी गर्न समस्या भएको छ । सो क्षेत्रमा १० फिटभन्दा बढी हिउँ जमेकाले उनीहरुको खोजी हुन सकेको छैन । यही वैशाख २२ गते च्याँखुलेकमा हिमपहिरोमा परी यार्सागुम्बा सङ्कलन गर्न गएका जुम्लाको पातारासी गाउँपालिका–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की ९४००, ३५ वर्षीय पुन्न सार्की र ३५ वर्षीय बीर बोहोरा बेपत्ता भएका थिए । उनीहरुको खोजीमा मङ्गलबारदेखि सुरक्षाकर्मी लागिपरे पनि बाक्लो हिउँ जमेकाले समस्या भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । नेपाली सेनाको हेलिकोप्टरमार्फत वैशाख २४ गते बेपत्ताको खोजीका…
Read More
प्रेस युनियन महोत्तरीमा सिंह सर्वसम्मत

प्रेस युनियन महोत्तरीमा सिंह सर्वसम्मत

२७ वैशाख, महोत्तरी ।  नेपाल प्रेस युनयिन महोत्तरीको सातौँ जिल्ला अधिवेशनले सन्तोषकुमार सिंहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार बर्दिबासमा सम्पन्न युनियनको अधिवेशनले वैद्यनाथ चौधरी, रीता सापकोटा, नवीन चौधरी, दिनेश्वर महतो र यशोदा बस्नेतलाई क्रमशः उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिव चयन गरिएको छ । यसैगरी धर्वेन्द्र यादव, शौरभराज सिंह, नवीनकुमार नवल, ललन मण्डल, रञ्जित कापर, लक्ष्मीकुमार साह र मञ्जितकुमार राम सदस्यमा चयन भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय प्रतिनिधि अजित तिवारीले शपथ गराउनुभयो । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क क्षेत्री, मधेस प्रदेश समिति सदस्य अजयकुमार साहलगायतको अधिवेशनमा सहभागिता…
Read More
अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

अनुसन्धानका लागि पूर्वगृहमन्त्री खाणलाई परिसर ल्याइयो

२७ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई आज जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । उक्त घटनाको अनुसन्धानका लागि खाणलाई उहाँकै निवासबाट नियन्त्रणमा लिएर परिसर ल्याइएको प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यो सँगै उक्त घटनामा आरोपित ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यसअघि मङ्गलबार काठमाडौँको टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव ९तत्कालीन गृहसचिव० टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश…
Read More
मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

२७ वैशाख, गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो । स्थानीय पाठ्यक्रम निर्माण निर्देशिकाअन्तर्गत रहेर निसीखोला गाउँपालिकाले कक्षा १ मा मगर भाषा समेटिएको पाठ्यपुस्तक पढाउने तयारी थालेको हो । जनजातिहरूको बाहुल्यता रहेको निसीखोला गाउँपालिकामा मगर ९खाम० भाषा समेटिएको पाठ्यपुस्तक छपाइको तयारीमा रहेको जनाएको छ । आदिमकालदेखि बोलीचालीमा प्रयोग गर्दै आएको भाषा, संस्कृतिको जगेर्ना गर्नका लागि गाउँपालिकाले विद्यार्थीलाई मगर भाषा सिकाउन थालिएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिनुभयो । पुस्तान्तरणको अभाव तथा पश्चिमा भाषा संस्कृतिको प्रभावका कारण मगर…
Read More
आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली

२७ वैशाख, काठमाडौँ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Read More
मनाङमा चार महिनामा आठ हजार पर्यटक

मनाङमा चार महिनामा आठ हजार पर्यटक

२७ वैशाख, मनाङ। हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय ९एक्याप० मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्याङ्क छ । कोभिड–१९ को…
Read More
Page 131 of 304
1 … 129 130 131 132 133 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.