समाज

उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

उपभोक्ता अधिकार : वस्तु तथा सेवाप्रदायक निकाय जिम्मेवार बन्नुपर्ने

२९ वैशाख, टीकापुर । टीकापुरकी सुशीला श्रेष्ठले सामान किन्दा कहिल्यै मूल्य र म्याद हेर्ने गर्नुभएको छैन । उहाँसँग व्यापारीले भनेकै दरमा किन्ने र सामान किन्दा कहिलेकाही ठगिएको अनुभव छ । उहाँले व्यापारीलाई विश्वास गर्दा सडेको चामल खानु परेको छ । “सडेको चामल दुई पटक खानुपरेको छ, घर लगेर खोलेपछि फिर्ता गरिएन”, उहाँले भन्नुभयो, “आफूलाई जानकारी नहुँदा ठगिने डर हुन्छ, हामी हेर्न जान्दैनौँ, व्यापारीले मनपरी गरे ठगिने जोखिम छ ।” लेखपढ गर्न नजान्ने भीमबहादुर विश्वकर्माले पनि कहिल्यै मूल्य र म्यादबारे जानकारी पाउनुभएको छैन । व्यापारीकै मुख हेरेर उहाँले सामान किन्नुहुन्छ । उहाँले अहिलेसम्म कहिल्यै बील समेत माग्नुभएको छैन । कोही उपभोक्ताले…
Read More
दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

दोधारा चादँनी सुक्खा बन्दरगाहः डेढ दशकपछि ‘ईआईए’ स्वीकृत

२९ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा सुक्खा बन्दरगाह प्रस्ताव भएको डेढ दशकपछि वातावरणीय प्रभाव मूल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत भएको छ । दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशङ्कर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुने सुक्खा बन्दरगाह यसअघि सोही नगरपालिकाको कञ्जभोजमा प्रस्ताव गरिएको थियो । स्थानीयको विरोधपछि महाकाली नदीमा निमार्णाधीन पुलको पश्चिमतर्फ बन्दरगाह निर्माणको प्रस्ताव गरी ईआईए स्वीकृत गरिएको हो । एकीकृत सुरक्षा जाँच चौकीसहित उक्त बन्दरगाह भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिनुभयो । सरकारले ईआईए स्वीकृत गरेसँगै भारतमार्फत हुने अन्र्तराष्ट्रिय व्यापार सहजीकरणका…
Read More
बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

२९ वैशाख, लुम्बिनी । सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ । बुटवलमा यस किसिमको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएकोे सम्भवतः पहिलो हो । सम्मेलनमा देशभरका करिब एक सय पार्कबाट एक सय ५० देखि एक सय ६० जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० को अगुवाइमा आगामी जेठ ६ र ७ गते आयोजना गरिने सम्मेलनको तयारीका लागि छलफल गरिएको सम्मेलनका सदस्य–सचिव अनन्त सिलवालले जानकारी…
Read More
आलेख :  पारवहन मार्ग सञ्चालनका २५ वर्ष

आलेख : पारवहन मार्ग सञ्चालनका २५ वर्ष

२९ वैशाख, झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बङ्गलादेशको सीमानाका बङ्गलाबन्ध रहेको छ । पच्चीस वर्षअघि नेपाल र बङ्गलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बङ्गलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । यसलाई नेपाल बङ्गलादेश पारवहन मार्गको रुपमा चिनिन्छ । भूगोलका हिसाबले नेपालभन्दा सानो बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बङ्गलादेशको अथाह बजारलाई भौगोलिकरुपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन ।…
Read More
स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

२९ वैशाख ,स्वर्गद्वारी । आधारभूत तहमा पठन पाठन हुने स्थानीय पाठ्यक्रम संस्कृति जोगाउने माध्यम बनेको छ । स्थानीय तह र जिल्लाका पर्यटन, संस्कृति, रीतिरिवाज र महत्वपूर्ण विषयका बारेमा समेटिएका पाठ्यक्रमले परम्परा, संस्कार र संस्कृति जोगाउने माध्यमका रुपमा लिन थालिएको छ । प्यूठानको गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम २०७९ को शैक्षिक सत्रबाट लागू गरेको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने गरी स्थानीय पाठ्यक्रम लागू गरेको हो । पहिलो चरणमा गाउँपालिकाले कक्षा ५ मा लागु हुनेगरी ‘हाम्रो गौमुखी’ पाठ्यक्रम लागू गरेको हो । एक वर्ष पाठ्यपुस्तकविना शिक्षकले खोज तथा समन्वयमा विषयवस्तुका बारेमा जानकारी लिइ पठनपाठन गराइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार…
Read More
खानेपानीको अभाव झेल्दै लखनावासी

खानेपानीको अभाव झेल्दै लखनावासी

२९ वैशाख, राँझा । बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताउनुभयो । “जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ”, उहाँले भन्नुभयो । वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुले आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको बताउनुभयो । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयलेसमेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उहाँको भनाइ छ । वडाको बजेटले खानेपानी योजना…
Read More
प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

२९ वैशाख, दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताउनुभयो । “कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भन्नुभयो । मन्दिरको पुनःसंरचना…
Read More
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ  : उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

२८वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । आज आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी०का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ । “यो भ्रष्टाचार…
Read More
‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

२८ वैशाख, बागमती । मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३ गाई तथा गोरु मरेको छ ।साथै तीन हजारभन्दा वढी गाई÷गोरु तथा वाछावाछी सो रोगवाट विरामी एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन गाई, र कैलाश गाउँपालिकामा तीन गाई मरेका छन् । एक्कासी गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको नमुना जाँचका…
Read More
कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

२८ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आउनुभएको छ । उहाँ श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्ने सुदूरपश्चिमकै पहिलो व्यक्ति हुनुहुन्छ । विसं २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गर्नुभएका पन्त अहिले सबै काम छाडेर श्रीखण्ड, रक्तचन्दन र अगरउडको बिरुवा उत्पादनमा सक्रिय हुनुहुन्छ । “कृषिमा आधारित कुनै नयाँ व्यवसाय गर्ने सोचअनुसार अघि बढ्दै जाँदा यसमा राम्रो हुने देखँे”, उहाँले भन्नुभयो । पन्तले २०७२ सालमा नेपाल चन्दन प्रालि फार्म खोल्नुभयो । वन विभागको अनुमति लिनुभएका पन्तले भन्नुभयो, “रक्तचन्दनको खेतीबारे यहाँका किसान जानकार छैनन ।” काठमाडाँैमा छँदा विभिन्न…
Read More
Page 129 of 304
1 … 127 128 129 130 131 … 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.