प्रेस स्वतन्त्रता सुनिश्चित गर्न गणतन्त्र सुदृढ हुनुपर्छ : मन्त्री शर्मा
२६ वैशाख,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता एकअर्कासँग जोडिएको बताउनुभएको छ । तिसौँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा युनेस्कोसँगको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग, नेपाल पत्रकार महासङ्घ र त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले राजनीतिक स्वतन्त्रताविना प्रेस स्वतन्त्रता सम्भव नहुने उल्लेख गर्नुभयो । नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतान्त्रिकको सुदृढीकरणबाट मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सम्भव छ, अहिलेको पुस्तालाई सुन्दा पनि कथाजस्ता लाग्छ, तर कुनै यस्तो जमाना थियो, जतिबेला लेख्ने बोल्ने स्वतन्त्रताकै लागि जनताले बलिदानपूर्ण सङ्घर्ष गर्नुपरेको थियो ।” लोकतान्त्रिक गणतन्त्रमा अधिकारको हनन गर्नु दण्डनीय…
