हराभरा मेघौली
२२ जेठ,चितवन । पश्चिम चितवनको मेघौलीको उच्च भाग विगत तीन वर्षअघिसम्म मरुभूमिजस्तै थियो । दिउँसोमा यहाँका बारीमा रुखो र फुस्रो धुलो उड्ने यस क्षेत्रका कृषकले हरियाली देख्न कि त निकुञ्ज जानुपथ्र्यो भने कि त बर्खानै कुर्नुपर्ने हुन्थ्यो । वर्षमा दुई खेती तोरी र तिल मात्रै लगाएर गुजारा गर्दै आएका भरतपुर महानगरपालिका–२७ बुद्धनगरका किसानहरु अहिले डिप ट्युबेलबाट सिँचाइ सुरु भएसँगै निकै उत्साहित भएका छन् । आर्थिक वर्ष २०७७–०७८ बाट जिल्लामा सञ्चालन गरिएको चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले काम गर्न थालेपछि भने यहाँका किसान हर्षित बनेका हुन् । डिप ट्युबेल जडानसँगै जनतामा खुसियाली छाएको छ । भरतपुर महानगरपालिका–२७ बुद्धनगरको नमूना कृषि तथा…
