समाज

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

भेरीखोला राष्ट्रिय प्रसारण लाइनको पहुँचमा

२१ जेठ, गण्डकी । जुम्लाको तातोपानी गाउँपालिकाको ग्रामीण भेगमा पर्ने भेरी खोलामा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगेको छ । पहिलोपटक गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ । नेपाल विद्युत् प्राधिरण वितरण केन्द्र जुम्लाका प्रमुख नरदेशदत्त रावलले तातोपानी गाउँपालिकाको सबैभन्दा दुर्गम वडा मानिने ७ र ८ मा राष्ट्रिय प्रसारण लाइन पुगेको जानकारी दिनुभयो । लामो समयदेखि अन्धकारमा रहेको भेरीखोला बस्ती राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । केही उद्योग गर्न चाहनेलाई पनि विद्युत्को समस्याले हैरानी बनाएको थियो । सदरमुकाम र आसपासका गाउँलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको प्राधिकरणले पछिल्लो समयमा जिल्लाका ग्रामीण गाउँका बस्तीमा समेत बिजुली सेवा विस्तार गरेको उहाँले…
Read More
मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

मिटरब्याजीविरुद्ध थुप्रै उजुरी

१९ जेठ,महेन्द्रनगर धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएसँगै मिटरब्याजीविरुद्ध थुप्रै उजुरी परेको छ । उजुरीका लागि सुरुमा वैशाख १७ गतेदेखि ३१ गतेसम्म समय तोकिएकामा उजुरी आउने क्रम जारी रहेकाले सात दिन म्याद थप गरी जेठ ७ गतेसम्मका लागि बढाइएको थियो । जेठ ७ गतेसम्म पनि उजुरी आउने क्रम नरोकिएकाले पुनः जेठ १४ गतेसम्म समय थपिएको थियो । जिल्लामा दुई हजार छ सय ११ वटा उजुरी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनुभयो । यसैगरी महोत्तरी जिल्लामा दुई हजार तीन सय ३६ उजुरी प्राप्त भएको त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र…
Read More
डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

डढेलोले पाइप जलेपछि खानेपानीको समस्या

१९ जेठ,रामपुर । डढेलोका कारण पाल्पाको निस्दी गाउँपालिका–४ द्वार्घामा खानेपानीको समस्या भएको छ । जङ्गलमा लागेको डढेलोले पाइप जलेपछि पिउने पानीको समस्या भएको हो । मोलोगैरा सामुदायिक वनमा लागेको आगोले खानेपानी ल्याइएको पाइपमा क्षति पुगेको छ । वन क्षेत्रभित्रको दुई सय ५० मिटर पाइप जलेपछि खानेपानीको समस्या निम्तिएको छ । यहाँका सोमै थर र थाम थरका १० घरपरिवारलाई पानीको समस्या भएको स्थानीय तिलबहादुर सुनारीले बताउनुभयो । उहाँका अनुसार करिब साढे दुई मिटरको पाइप जलेर नष्ट भएको छ । सडक निर्माणको क्रममा जमिनमुनि गाडिएको पाइप बाहिर निकालेका पाइपमा क्षति पुगेको छ । निस्दी गाउँपालिका–४ झ्याल्टुङको मुहानबाट ल्याएको पानी स्थानीयले वषौँदेखि पिउँदै…
Read More
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

१९ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यका बाहिर चल्ने सम्पूर्ण सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको छ । महानगरपालिकाले आज सूचना जारी गरी काठमाडौँबाट उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारीसाधन गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र सञ्चालन गर्नुपर्ने जनाएको हो । जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडकमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको उल्लेख गर्दै महानगरले व्यवसायीलाई सवारीसाधान गोँगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको हो । काठमाडौँ महानगरपालिकाले आगामी असार १ गतेदेखि नयाँ बसपार्क बाहिर रहेका टिकट काउन्टर हटाउन आग्रह गरेको छ । “काठमाडौँबाट उपत्यका बाहिर लामो, मध्यम…
Read More
ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

१९ जेठ,डुम्रे । निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ । निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन् । सङ्घीय सरकारको रु पाँच करोड २१ लाखमा उत्तम भट्टराई सञ्चालक रहेको ओम इन्फ्राटेक÷भीम ज्योति जेभीसित भवन निर्माणको सम्झौता भएको थियो । अठार महिनामा भवन निर्माण सम्पन्न गर्ने गरी २०७८ असोज २२ गते सो सम्झौता भएको हो । विसं २०७९ चैतमा भवन निर्माण सक्नुपर्ने थियो । ठेकेदार सम्पर्कविहीन भएपछि भवन निर्माणको काम अधेरै रहेको कार्यालयका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले जानकारी दिनुभयो । निर्माणको काम रोकिएपछि ठेकेदारलाई पटक–पटक सम्पर्क गर्दा सम्पर्कसमेत हुन नसकेको…
Read More
सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

१९ जेठ,झापा । नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो । अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो । झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस…
Read More
महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

१८ जेठ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना ३२ वटै वडाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौँ महानगरपालिका र छत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौता अनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई छत्रपाटी चिकित्सालयले सबै स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने सहमति भएको महानगर प्रमुख बालेन शाहले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त वृद्ध भत्ता परिचयपत्र वा कर्मचारी परिचयपत्र वा वडा कार्यालयको सिफारिसपत्र अनिवार्य गरिएको छ ।
Read More
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक

१८ जेठ,काठमाडौँ। निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु–त्रिशूली सडक सम्पन्न भएको छैन । निर्माणाधीन बालाजु–त्रिशूली ५५ किमी र त्रिशूली–छहरे ११ किमी मध्ये बालाजु–त्रिशूलीअन्तर्गत साँढे चार किमी मात्रै सडक निर्माण भएको छ । लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानुनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु–त्रिशूली–छहरे–बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताउनुभयो । उहाँका अनुसार विसं २०७०÷७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो । पटक–पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उहाँले बताउनुभयो…
Read More
कलङ्कीमाई मन्दिरको रजत जयन्ती

कलङ्कीमाई मन्दिरको रजत जयन्ती

१८ जेठ,काठमाडौैँ ।  कलङ्कीमाई मन्दिरको रजत जयन्तीका अवसरमा आठ महिनासम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने भएको छ । कलङ्की मन्दिर संरक्षण तथा समाज सुधार संस्थाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत वर्ष फागुन २५ देखि यही कात्तिक २५ गतेसम्म पदयात्रा, सरसफाइ, रक्तदानलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको हो । संस्थाका अध्यक्ष वीरबहादुर थापाले कलङ्की चोक जसरी प्रख्यात छ सोही अनुरुपले यहाँको कालिमाता मन्दिरको महिमा पनि सबैले बुझ्न जरुरी रहेकाले मन्दिरको प्रचारप्रसारका लागि विविध कार्यक्रम गरिने बताउनुभयो । कामपा–१४ का वडाध्यक्ष सुमन श्रेष्ठले हिजोका पुस्ताले जोगाएका धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षणका लागि आउने पुस्ताले निरन्तरता दिनुपर्ने बताउनुभयो । धार्मिक सम्पदाको संरक्षण गर्न…
Read More
अत्यधिक गर्मीले जनजीवन प्रभावित

अत्यधिक गर्मीले जनजीवन प्रभावित

१८ जेठ,धनुषा । धनुषासहित तराई(मधेसमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ दोस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछिे जनजीवन प्रभावित भएको हो । जनकपुरधामसहित तराई(मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ । घर बाहिर निस्कनै मुस्किल सूर्योदय भएसँगै साँझसम्म नै एकनासले टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । बेला–बेलामा सामान्य वर्षा भए पनि यस क्षेत्रमा गर्मी घट्न सकेको छैन । पानी परेर मौसम उघ्रिनासाथ गर्मी बढ्न थालेको छ । चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन्…
Read More
Page 119 of 304
1 117 118 119 120 121 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.