षडानन्द १२-तुर्के पुल-साम्पाङ-फाली दोबाटो सडक तीव्र गतिमा निर्माण
२३ जेठ,भोजपुर । भोजपुरको षडानन्द १२–तुर्के पुल– साम्पाङ–फाली दोबाटो २० किलोमिटर सडक निर्माण ५० प्रतिशत सम्पन्न भएको छ । कालोपत्र गर्ने लक्ष्यका साथ कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा सडक निर्माण थालिएको हो । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत यो सडक कालोपत्र गर्ने उद्देश्यले २०७७ सालबाट निर्माण थालिएको हो । सडकको ‘स्ट्रकचर’ निर्माण ८० प्रतिशत सम्पन्न भएको छ भने सब बेस र बेसलगायतको काम भइरहेको छ । हालसम्म सडक निर्माणको भौतिक प्रगति ५० प्रतिशत रहेको कार्यालयले जनाएको छ । निर्माण भइरहेको सडकको पूर्वाधार विकास कार्यालयले स्थलगत अनुगमन गरेको छ । सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउने गरी…
