समाज

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

मेलम्चीमा ‘बेलिब्रिज’ जडान हुने

२४ जेठ,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निर्माण हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्वाचनका समयमा जेठ मसान्तभित्र बेलिब्रिज निर्माण गर्ने प्रतिबद्धता गरे पनि केही समय ढिलो गरेर बेलिब्रिज जडान हुन लागेको बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ ९समीर०ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्छ ।” उहाँले वर्षायाममा यहाँका नागरिकहरुलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गर्नुभयो । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिनुभयो । मेलम्ची पारिको वडा नं ९ र १० तथा…
Read More
कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

कुलपानी हरित पार्क आन्तरिक पर्यटकको रोजाइ बन्दै

२४ जेठ,देउखुरी  । दाङ, गढवा गाउँपालिका–१ स्थित कुलपानी हरित पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै गएको छ । गर्मीका कारण जनजीवन प्रभावित भइरहेका बेला कुलपानी हरित पार्कमा घुम्न र वनभोजका लागि आउनेको भीड लाग्ने गरेको छ । घोराही– ६ का श्रीधर अधिकारीले बिदाको सदुपयोग गर्नका लागि परिवारसँग घुम्न कुलपानी आएको बताउनुभयो । “आफ्नै गाउँठाउँमा रहेका पर्यटकीयस्थल हेरौँ भनेर गाउँका दाजुहरूसँग यहाँ घुम्न आएको हुँ”, उहाँले भन्नुभयो । अधिकारीले पार्कमा बनाइएका बाघ, घोडा, गैँडा, जरायो, गरुड र मयुरका प्रतिमा निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको बताउनुभयो । घोराही–१५ का शरद आचार्यले पहिलो पटक…
Read More
कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

२४ जेठ,काठमाडौँ  । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कार्यसम्पादन चित्तबुझ्दो नभएका १६ ठेकेदार र एक आपूर्तिकर्ता कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना प्रकाशित गरी राजन गौतम नेतृत्वको नयाँ निर्माण सेवा भरतपुर–११ चितवन, राजाबहादुर झा नेतृत्वको नवनिर्माण बिल्डर्स प्रालि जनकपुर, सशक्त शरण गोले अभिषेक नेतृत्वको आर्भन कन्स्ट्रक्सन प्रालि भरतपुर–१ चितवन, राजु पोखरेल नेतृत्वको ब्लुबर्ड डिजाइन एन्ड कन्स्ट्रक्सन भक्तपुरसँग सातदिने स्पष्टीकरण माग गरिएको छ । यसैगरी, मिलन पन्त नेतृत्वको इपिक कम्प्युटर्स ट्रेडर्स काठमाडौँ, बबिन्द्रविक्रम बुढाथोकी नेतृत्वको बुढाथोकी निर्माण सेवा पाँचथर, शेरबहादुर लिम्बू नेतृत्वको माबोहाङ निर्माण सेवा ताप्लेजुङ, शोभा न्यौपाने नेतृत्वको समृद्ध निर्माण सेवा चितवन, डिल्लीराम तिवारी नेतृत्वको जय…
Read More
मनाङ रैथाने बालीमा आत्मनिर्भर

मनाङ रैथाने बालीमा आत्मनिर्भर

२४ जेठ,मनाङ ।  मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । तर, हिमाली जिल्ला मनाङ यिनै बालीमा नै आत्मनिर्भर छ । कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ । रैथाने बालीको प्रयोग कम गरी हाइब्रिड बाली लगाउने प्रचलन बढ्दो छ । कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन् । चामे गाउँपालिका–२ थानचोकका…
Read More
गर्मीबाट बालबालिका बिरामी पर्न थाले

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

२४ जेठ,जानकी  । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक ५० भन्दा माथिको सङ्ख्यामा बिरामी बालबालिका उपचारका लागि आउने गरेको बताउनुभयो । ती मध्ये चारदेखि पाँच बिरामी बालबालिका भर्ना हुने गरेका छन् । विशेष गरेर बालबालिकामा ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने समस्या देखिएको बालरोग विशेषज्ञ डा प्रतिमाको भनाइ छ । उहाँले यस मौसमी रुघाखोकी र भाइरल फ्लुबाट जोगिन बालबालिकालाई अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने, खाना खानुभन्दा अघि राम्री साबुनपानीले हात धोएर मात्र खाना खान सुझाव…
Read More
तनहुँमा कृषकलाई मौरीसहितको घार

तनहुँमा कृषकलाई मौरीसहितको घार

२४ जेठ ,तनहुँ  । कृषि ज्ञान केन्द्र तनहुँले समूहमा आबद्ध भएका कृषकलाई एक सय ५३ मौरीसहितको घार वितरण गरेको छ । आँबुखैरेनी, म्याग्दे, बन्दीपुर गाउँपालिकामा ४६ वटाका दरले र ऋषिङमा १५ वटा गरी कृषकलाई मौरीसहितको घार वितरण गरेको हो । आँबुखैरेनी–४ खस्राङ गाउँका कृषक समूहमा आबद्ध २६ कृषकलाई ९० प्रतिशत अनुदानमा ४६ वटा मौरीसहितको घार प्रदान गरेको हो । कृषकलाई मौरीसहित घार, स्ट्याण्ड, पन्जा, धुवादानी, टोपी, महदानीलगायतका आवश्यक पर्ने सामग्री प्रदान गरेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख कुलप्रसाद तिवारी जानकारी दिनुभयो । त्यसैगरी म्याग्दे गाउँपालिका–४ स्थित छिम्लीस्वाँरा कृषक समूहमा आबद्ध भएका कृषकलाई ४६ वटा मौरीसहितको घार वितरण गरिसकेको सो कार्यालयले…
Read More
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

२३ जेठ,नवलपुर ।  सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् । बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताउनुभयो । “ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ”, ४० वर्षीया आचार्यले भन्नुभयो, “यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन ।” पानी बोक्न एक जनाको पूरै दिन…
Read More
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल

२३ जेठ,खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताउनुभएको छ । खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले चार जिल्ला ९बझाङ, बाजुरा, अछाम र डोटी० को सङ्गमस्थल खप्तडलाई अब ‘खप्तड विकास प्रतिष्ठान’ वा ‘खप्तड विकास कोष’को रूपमा विकास गरिने उल्लेख गर्नुभयो । खप्तडको विकासका लागि लगानी बोर्डले विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० समेत तयार गरिसकेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “खप्तड लामो समयदेखि चर्चामा छ, तर यसको प्रचारप्रसार हुन सकेन । अब एकैपटक यसको विश्वव्यापी प्रचार हुन्छ । विभिन्न देशका राजदूतले पनि आफ्नो देशमा खप्तडको प्रचार गर्नुहुनेछ । त्यसपछि पर्यटकको ओइरो…
Read More
पुख्र्यौली पेसा छोड्दैछन् गन्धर्व

पुख्र्यौली पेसा छोड्दैछन् गन्धर्व

२३ जेठ ,दाङ  । गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वहरु अहिले पुख्र्यौली पेसा छोडेर जीविकोपार्जनका लागि अन्य पेसा अँगाल्न बाध्य भएका छन् । आधुनिक गीत, सङ्गीत एवम् प्रविधिको विकासका साथै समाजमा आफूहरूमाथि हुने हेयको दृष्टिकोणका कारण पुख्र्यौली पेसा छोडेर अरू पेसा अँगाल्न बाध्य भएको उनीहरु बताउँछन् । गन्धर्व समुदायको मुख्य बस्ती रहेको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरको गणेश टोलमा अहिले न्यून सङ्ख्यामा गन्धर्वहरु सारङ्गी बोकेर गीत गाउन हिँड्ने गरेका छन् । त्यो पनि चाडपर्वको समयमा मात्र । उक्त टोलमा बस्ने ७१ वर्षीय दिले गन्धर्व भन्नुहुन्छ, “हामीलाई समाजले हेला गर्ने र राज्यले पनि बेवास्ता गर्ने गरेकाले गाउने पेसाबाट खानलाउन नपुग्ने अवस्था…
Read More
ताप्लेजुङमा हाब्रे सेन्टर

ताप्लेजुङमा हाब्रे सेन्टर

२३ जेठ,फुङ्लिङ ।  प्रत्यक्षरूपमा रातो हाब्रे ९रेड पाण्डा० को बासस्थान तथा बसाइँको अवस्थाबारे अध्ययन तथा अनुसन्धानका लागि यहाँ एक अनुसन्धान केन्द्र खोलिएको छ । रेडपाण्डा का लागि उपयुक्त बासस्थान ताप्लेजुङ पनि हो । यहाँको धेरै स्थानमा रेड पाण्डा पाइन्छ रेडपाण्डा नेटवर्कको प्रविधिक तथा आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको सहजीकरणमा रेड पाण्डा संरक्षण कार्यक्रम हुँदै आएको हिमाली संरक्षण मञ्चका सचिव विवश केदेमले बताउनुभयो । रेड पाण्डा दसदेखि २५ डिग्री सेल्सियस तापक्रम र वाषिर्करूपमा कमै मात्र तापक्रम घटबढ हुने १८०० देखि ४८०० मिटर उचाईका क्षेत्रमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गलमा पाइन्छ…
Read More
Page 116 of 304
1 114 115 116 117 118 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.