समाज

उत्तिममानकाे पीडा- उपचारमै सकियो सम्पत्ति

उत्तिममानकाे पीडा- उपचारमै सकियो सम्पत्ति

१७ असार,जनकपुरधाम । उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया)सँग पनि थिए । तर, समय भने जस्तो कहाँ हुन्छ ? बाह्र छोरा, तेह्र नाती बुढाको धोक्रो काँधैमाथि बोलको गीतमा भने झैँ बुढेसकाल बढ्दै जाँदा जिम्मेवारी र दुःखको भारी मुखियाको काँधबाट हटेको छैन । लामो समयदेखिको यो गहुङ्गो भारी बिसाएर हलुङ्गो जीवन बाँच्ने उहाँको सपना केवल कल्पनामै सीमित छ । वंश धान्न तीन सन्तान…
Read More
विचार : आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

विचार : आर्थिक जटिलता : हाँक र प्रस्तावित सुधार

१७ असार,काठमाडौँ । विश्वसङ्कटको केही समय पहिलेदेखि नै आर्थिक मन्दीको दबाबमा नेपाल पर्न थालेको थियो । खासगरी कोभिड–१९ पछि भने विश्वले भोगेको आर्थिक मन्दीको प्रभावबाट नेपाल जोगिन सकेन । आर्थिक मन्दीबाट बच्न वस्तु आयातमा प्रतिबन्ध लगाइयो, मौद्रिक नीति कसिलो बनाइयो, मुद्रास्फीति भयावह बन्न पुग्यो, न्यून राजस्व सङ्कलनले सार्वजनिक खर्च खुम्चिन गयो । रूस–युक्रेन युद्धका कारण विश्वमा उत्पादनमा आएको शिथिलताले आधारभूत खाद्य सामग्रीमा पनि अत्यधिक प्रभाव पर्नुका साथै आपूर्तिमा आएको थप समस्याले खाद्यान्नको उपलब्धतामा उच्च निर्भरता बढ्न गयो । यसरी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा खाद्य वस्तुमा आएको अत्यधिक मूल्य वृद्धिका कारण सरकारले गरिब किसानलाई खास सहयोग पु¥याउन सकेको देखिएन । यसको…
Read More
पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

पाठकको रुचिमा इतिहास, संस्कृति र साहित्यका पुस्तक

१७ असार,काठमाडौँ । पुस्तक प्रदर्शनीमा आउने पाठकले इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी मन पराउन थालेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा जारी पुस्तक प्रदर्शनीमा इतिहास, संस्कृति र साहित्यका पुस्तक बढी बिक्री भएका हुन् । प्रदर्शनीमा प्रतिष्ठान र साझा प्रकाशनद्वारा प्रकाशित पुस्तक राखिएको छ । प्रदर्शनीमा इतिहाससम्बन्धी ‘सिञ्जाको ऐतिहासिक रुपरेखा’, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, सत्यमोहन जोशीको ‘नेपाली चाडपर्व’, एसपी आशाको ऐतिहासिक उपन्यास ‘हामीले कसरी प्रजातन्त्र ल्यायौँ’, प्रा नीलमणि ढुङ्गानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ विश्वेश्वरप्रसाद कोइरालाका उपन्यासलगायत पुस्तक बढी बिक्री भएको साझा प्रकाशनका प्रदर्शनी संयोजक पुण्य बखरेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा रु एकदेखि रु तीन हजार पाँच सयसम्मका पुस्तक राखिएको…
Read More
‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

१७ असार,काठमाडौँ । ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ कमला श्रेष्ठ, पेजेन्ट्रीतर्फ रूवि राना शाहलाई अर्पण गरिएको थियो भने ‘लेजेन्ट्री आर्टिस अवाडर्’बाट गायक दीपक बज्राचार्य, ‘मस्ट इन्फ्लुएन्सल पर्सनालिटी अवार्ड’बाट पूर्व बैंकर अनिल केसरी शाह, ‘स्टाइलिस फेसन आइकन अवार्ड’बाट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र चलचित्रतर्फ नायिका प्रियङ्का कार्कीलाई प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा ‘आउट स्ट्यान्डिङ अचिभमेन्ट अवार्ड इन फेसन’तर्फ मुना गौचन, प्रोमिनेन्ट नेसनल डाइरेक्टर अवार्ड’बाट मिस नेपालका निर्देशक नङ्मा श्रेष्ठलाई सम्मान गरिएको थियो भने ‘फेसन स्टाइलिस्ट अवार्ड’ अविनाश श्रेष्ठलाई सम्मान…
Read More
मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

१७ असार,गलकोट । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको १३ किमी सडक पाँचपटकसम्म म्याद थप गर्दा पनि काम गर्न नसक्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयल पर्वतले जनाएको छ । पाँचपटक म्याद थप भइसक्दासमेत असार मसान्तसम्म सडक कालोपत्र गर्नुको सट्टा सडक अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायीसँगको सम्झौता रद्द गरिएको हो । लोकमार्गअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटरमध्ये बागलुङ जिल्ला सदरमुकाम खण्डतर्फको जम्मा २५ किलोमिटर सडकखण्डमात्रै कालोपत्र गर्न बाँकी छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बागलुङको…
Read More
ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

१७ असार,पाँचथर ।ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन् । बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेट गरी ताप्लेजुङको टोलीले मानवीय सङ्कट उत्पन्न हुन लागेको जनाउँदै ध्यानाकर्षण गराएका हुन् । निरीक्षणका क्रममा पाँचथरको याङवरक गाउँपालिका–६ परेवाडाँडामा शनिबार मन्त्री ज्वालालाई भेट गर्दै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय सङ्कट आउनबाट रोक्न आग्रह गरेको हो । प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको…
Read More
पश्चिम चितवनमा बाढीको जोखिम घट्दै

पश्चिम चितवनमा बाढीको जोखिम घट्दै

१७ असार,चितवन । घरनजिकै बगिरहेको नारायणी नदीमा वर्षात्मा भेल आएसँगै स्थानीय घर छाडेर विद्यालय वा सार्वजनिक भवन खोज्दै हिँड्नुपथ्र्याे । वर्षात्का धेरै रात स्थानीयवासीले यसरी नै बिताएका छन् । यस वर्ष नारायणी नदीमा तटबन्धको काम थालिएपछि विगतका वर्षजस्तो समस्या नआउनेमा उनीहरु आशावादी छन् । निर्माण सम्पन्न भइनसकेकाले जोखिम नै छैन भन्नेमा ढुक्क नभए पनि विगतको जस्तो जोखिम नहुनेमा उनीहरू विश्वस्त छन् । भरतपुर महानगरपालिका–१६ र १७ को सिमानास्थित गणेश मन्दिरका विजय परियार यस वर्ष गएका वर्षहरूजस्तो बाढीको असर नहुनेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो, “धेरै जोखिम भएका ठाउँमा तटबन्ध बनेको छ, नारायणी नदी यस वर्ष बस्ती पस्छ जस्तो लाग्दैन ।”…
Read More
खुला व्यायमशाला सञ्चालनमा

खुला व्यायमशाला सञ्चालनमा

१७ असार,रत्ननगर । चितवनको कालिका नगरपालिका–१ मा खुला व्यायमशाला सञ्चालनमा आएको छ । स्थानीय चतुरमुखी सामुदायिक वन क्षेत्रमा रहेको ‘गडुवा चिल्ड्रेन पार्क’मा खुला व्यायमशाला निर्माण गरी सञ्चालनमा ल्याइएको हो । व्यायामशालाको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुभारम्भ गर्दै सार्वजनिक स्थानमा निर्माण गरिने भौतिक विकासले नगर क्षेत्रमा चहलपहल बढ्ने बताउनुभयो । वडा नं १ का वडाध्यक्ष शन्तवीर स्याङ्तानले वडाभित्र एउटा सुन्दर उद्यान बनाउने सपना पूरा हुँदै गएको बताउनुभयो । कार्यक्रममा स्थानीय धर्मगुरू पेमा लामाले उद्यानलाई थप आकर्षण बढाउन बुद्धको ठूलो स्तुपा बनाउनसकिएमा यसले पर्यटकीय चहलपहल बढाउने विश्वास व्यक्त गर्नुभयो । उद्यानमा निर्माण गरिएको बुद्धको स्तुपाको समेत अनावरण गरिएको छ । त्यसैगरी…
Read More
मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

१७ असार,वीरगन्ज । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगन्ज पर्साले यस वर्ष असार महिनासम्म चाहिने जति मल गोदाममा रहेको र अन्य मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने जनाएको छ । कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्ज पर्साका प्रमुख चन्द्रप्रसाद चम्लागाईँका अनुसार हाल युरिया छ हजार मेट्रिक टन र डिएपी तीन हजार मेट्रिक टन मल गोदाममा छ । गोदाममा मौज्दात रहेको मल असारसम्मका लागि पुग्ने र साउनको पहिलो साता थप मल आउने भएकाले…
Read More
दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बीमा

दलित परिवारले पालेका सबै पशुपक्षीको निःशुल्क बीमा

१७ असार,पर्वत । पर्वतको महाशिला गाउँपालिकाले सबै दलित परिवारले पालेका पशुपक्षीको निःशुल्क बिमा गरिदिने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरेको हो । दलित परिवारको अर्थावस्था सुधार गर्न तथा उनीहरूलाई व्यावसायिक कृषिमा आकर्षित गर्ने उद्देश्यले दलित परिवारले पालेका सबै पशुको बीमाको लागि रु आठ लाख विनियोजन गरिएको पालिकाका अध्यक्ष ईश्वरी भुसालले जानकारी दिनुभयो । दलित परिवारलाई व्यावसायिकरूपमा पशुपालनतर्फ आकर्षित गर्ने उद्देश्यले पनि यो कार्यक्रम गरिएको हो । यहाँका छवटै वडामा दलित समुदायको बाहुल्यता रहेको छ । तर उनीहरूले अहिलेसम्म निर्वाहमुखीरूपमा गाईभैँसी पाल्दै आएका छन् । यो कार्यक्रमले उनीहरूलाई व्यावासयिकरूपमा पशु पाल्न प्रेरित गर्नेे…
Read More
Page 105 of 304
1 103 104 105 106 107 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.