मोरङमा जोखिम कम गर्न पूर्वतयारी
१८ असार,बेलबारी । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपबाट क्षति पुग्ने गरेको छ । अविरल वर्षाबाट हुने जोखिम कम गर्न मोरङका सुरक्षा निकायको सहकार्यमा स्थानीय तह पूर्वतयारी जुटेका छन् । तीन दिन कोशी र मधेस प्रदेशको एक÷दुई स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले सडक तथा हवाई यातायात, कृषि तथा पर्यटनलगायत क्षेत्र प्रभावित हुने देखिएको जल तथा मौसम विज्ञान विभाग कार्यालयको बुलेटिनलाई उद्रित गर्दै मौसम विज्ञ रामबाबु मिश्रले बताउनुभयो । उहाँले ग्रेगान बहाव (खहरे खोलामा आउने) बाढीपहिरो, भूक्षयका कारण हुनसक्ने जोखिम बाँच्न र क्षति कम गर्न आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । सम्भावित हुनसक्ने क्षतिलाई…
