समाज

हलेसीमा भैँसी र बाख्रा वितरण

हलेसीमा भैँसी र बाख्रा वितरण

१७ असार,खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ । किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट…
Read More
आलेख : ओइल्याउँदै ओल : निरास किसान

आलेख : ओइल्याउँदै ओल : निरास किसान

१५ असार,महोत्तरी । “आब बुझाइय जे ओल सेहो जवाफ दरहल अई” (अब लाग्छ, ओलले पनि जवाफ दिँदैछ) यसपालि समयले कुनै बालीलाई राम्रो तुक (साथ) नदिँदा ओलमा मन अड्याउनुभएका महोत्तरीको भङ्गाहा–४ प्रेमनगरका किसान जवाहर महतोले ओइल्याउँदै गएका ओलका बोट देखाउँदै भन्नुभयो । कम चिस्यानमै लहलहाउने ओलसमेत खडेरीले ओइलिन थालेपछि यसपालि अब कुन बालीले गुजारा चलाउने भन्ने महतोको चिन्ता छ । एउटा बाली नभए यसले त केही होला कि भन्ने आश पालेका किसानलाई यसपलि ओलले पनि निरास बनायो । यसपालिको लामो खडेरीले ओलका बोट पहेंलिँदै गएर सुक्न थालेपछि महतोसहितका ओल किसान अहिले गुजाराको चिन्ताले पिरोलिएका छन् । “भदैया धानके बिया जैरगेल, लत्ती…
Read More
विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

१५ असार,ओखलढुङ्गा । विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् । यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो । अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । जिल्लामा वर्षाको समयमा च्याउ…
Read More
धान दिवस : दाङमा १० प्रतिशत मात्रै रोपाइँ

धान दिवस : दाङमा १० प्रतिशत मात्रै रोपाइँ

१५ असार,घोराही । दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ । यस वर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै छन् । गत वर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत रोपाइँ भइसकेको थियो । यस वर्ष वर्षा ढिला हुँदा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले बताउनुभयो । “जिल्लामा यस वर्ष अहिलेसम्म करिब १० प्रतिशतमात्रै धान रोपाइँ सकिएको छ”, उहाँले भन्नुभयोे, “वर्षा ढिला हुँदा यस वर्ष अझै पनि ९०…
Read More
अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

गण्डकी, १५ असार (रासस) : गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ । बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभयो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित हुनुहुन्छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री उपस्थित भने उपस्थित हुनुहुन्न ।
Read More
इच्छुमती सफाइ सुरु

इच्छुमती सफाइ सुरु

१५ असार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा नं २८ क्षेत्रमा पर्ने इच्छुमती (टुकुचा) नदी सफाइ गर्न सुरु गरेको छ । कमलादीबाट नेशनल ट्रेडिङसम्म सफाइ सुरु गरिएको हो । सफाइसँगै मन्त्रिपरिषद्को निर्णयअनुसार इच्छुमतीको दायाँबायाँ चार/चार मिटर खुला भाग छोड्नुपर्ने मापदण्ड कायम गराउन वडाले पहल सुरु गरेको वडासदस्य वीरेन्द्र महर्जनले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा यस क्षेत्रमा पर्ने इच्छुमती सफाइका लागि रू १० लाख बजेट विनियोजन गरिएको छ । वडाले स्काभेटर लगाएर नदी सफाइ गर्नुका साथै नदी वरपरका रुख र बिरुवाले नदी छोप्न लागेकामा त्यसलाई काटेर सफा गरिएको वडासदस्य मनिष तण्डुकारले बताउनुभयो । यस क्षेत्रमा पद्मकन्या क्याम्पस, शङ्करदेव क्याम्पस,…
Read More
हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज

१५ असार,फुङ्लिङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत असार २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सडक सञ्जालले टुटेको थियो । ताप्लेजुङबाट अन्य जिल्ला जानसमेत असहज भएकामा हेंवा खोलामा फड्के पुल सञ्चालनमा आएपछि यात्रुलाई केही राहत मिलेको छ । जिल्लाका जनप्रतिनिधि, प्रशासन, सुरक्षाकर्मी, व्यवसायी र युवाको सक्रियतामा फड्के पुल बनेको हो । मुख्य गरेर फिदिम ओदिनस्थित नेपाली सेनाको रणशेर गणका माउण्टेन वारफेयर विशेषज्ञ समूहको प्राविधिक सहयोगमा उक्त पुल…
Read More
नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै

१५ असार,काठमाडौँ  । पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए । यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन् । एकै महिनामा एक लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै यो उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार गएको चैत महिनामा एक लाख ४२ हजारले तथा वैशाख महिनामा एक लाख २५ हजारले राहदानी लिएका थिए । जसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको सङ्ख्या समावेश गरिएको छ । प्रत्येक १०…
Read More
मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

१५ असार,गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिनुभयो । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उहाँले भन्नुभयो, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए पनि संस्थानबाट कुनै सुनुवाइ नभएपछि धर्मशालाको भवनमा ताला लगाएका हौँ ।” धर्मशालामा व्यवसाय सञ्चालन गर्नुभन्दा सस्तो दररेटमा…
Read More
‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

१५ असार,पाटन । कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हो । “हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष…
Read More
Page 106 of 304
1 104 105 106 107 108 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.