समाज

आज धान दिवस मनाइँदै

आज धान दिवस मनाइँदै

१५ असार,काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो…
Read More
राष्ट्रिय कचहरी : ‘अन्तरसरकारी समन्वय बढ्दै गयो ’

राष्ट्रिय कचहरी : ‘अन्तरसरकारी समन्वय बढ्दै गयो ’

१५ असार,कर्णाली । संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरे पनि त्यसो हुन नसकेको सरोकारवालाले औँल्याएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुईदिने ‘राष्ट्रिय कचहरी’को पहिलो सत्रमा उठान गरिएको ‘अन्तरसरकारी समन्वयः चुनौती र अवसर’ शीर्षकमा सहभागी वक्ताहरूले सङ्घीय व्यवस्थामाथि प्रश्न उठ्नुमा सङ्घले प्रदेश सरकार र स्थानीय सरकारलाई संविधानतः अधिकार दिन नसकेको जिकिर गरेका हुन् । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भन्नुभयो ,“प्रदेश सरकार न आकाश, न त धर्तीमा जस्तो छ । न यसको आफ्नो जमिन छ न कुनै अन्य संरचना नै । प्रमुख सचिव कहाँ गयो भन्ने कुरा मुख्यमन्त्रीलाई थाहा छैन…
Read More
सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

सडक जत्तिकै चौडाइमा पुल निर्माण गरिने

१५ असार,काठमाडौँ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उपत्यकाको पुलको चौडाइ सडकको जत्तिकै चौडाइमा पुल निर्माण गर्ने भएको छ । विगतमा सडकमात्रै विस्तार भएकामा अहिले सडकजत्तिकै चौडाइमा पुल विस्तार गर्न लागिएको हो । अधिकांश सडकमा सडक निर्माणको थोरैमात्रै काम बाँकी हुँदा पुल निर्माण अघि बढाउन लागिएको आयोजनाले जनाएको छ । चावहिल–साँखु, जोरपाटी–सुन्दरीजल, कर्मनाशा खोला–गोदावरी, कलङ्की–थानकोटलगायतका सडकमा पुल बनाइने आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । थानकोट सडकमा बल्खु खोला, गोदावरीमा गोदावरी खोला, साँखुमा बागमतीसँगै मनोहरा र मनोमतामा पुल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “यी पुलमा निर्माणमा जाने क्रममा रहेका छन् ।” चावहिल–साँखु सडकमा यो वर्ष पुल निर्माणका लागि…
Read More
अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

अर्नाकोटमा फल्यो एकै वर्षमा स्याउ

१५ असार,ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटिलियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाउनुभयो । परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाउनुभएको छ । सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन् । स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन् । दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए । बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ । वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आउनुभएका…
Read More
रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

रसुवाको सडकमा उपकरण तयारी अवस्थामा

१५ असार,रसुवा  । वर्षायामलाई मध्यनजर राखी रसुवाको पासाङल्हामु मार्गमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएका छन् । वर्षायाम सुरू भइसकेको र ग्राङ, मूलखर्क, खोपाङ तथा स्याफ्रुबेँसी नजिक याङयाङ क्षेत्रमा आउन सक्ने पहिरो पन्छाउन डिभिजन सडक कार्यालय नुवाकोटले उपकरण तयारी अवस्थामा राखेको हो । सडक कार्यालयका डिभिजन प्रमुख अमृतमणि रिमालका अनुसार ग्राङमा स्काभेटर तथा धुञ्चेमा लोडर राखिएको छ । सबैखाले अवरोध हटाई सामग्री बोकेका ट्रक, कन्टेनर, रसुवागढी नाकाबाट नेपाल–चीन आवतजावत गर्ने पर्यटक तथा नियमितरूपमा चल्ने बस, एक्म्बुलेन्सलगायत सवारीसाधन सहजरूपले आवतजावत गराउन कर्मचारी उपकरणसहित खटिएको उहाँले बताउनुभयो । स्याफ्रुबेँसी–रसुवागढी १७ किमी सडकखण्डमा हुने वर्षायामको अवरोध भने निर्माणाधीन एक सय ११ मेगावाट रसुवागढी…
Read More
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

१५ असार,रामपुर (पाल्पा) । गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हँुदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । आज बिहान ५ः०० बजेदेखि सडक अवरुद्ध बनेको छ । छोटो र आरामदायी यात्राका लागि कालीगण्डकी करिडोर सडकखण्ड भएर धेरैले यात्रा गर्ने सडक बन्द हँुदा यात्रुले सास्ती खेप्नुपरेको छ । करिडोरको रामपुर पिपलडाँडा हँुदै तानसेन, बुटवल, नारायणगढलगायतका स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ ।…
Read More
पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

१५ असार,अन्नपूर्ण (कास्की) । कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उहाँ बताउनुहुन्छ । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही कारणले खर्च बढेको भट्टराईले बताउनुभयो । अहिले बढाएको रकमबाट प्याराग्लाइडिङ पाइलटले प्रतिउडानको रु छ हजार हाराहारीमा…
Read More
भूमिहीनलाई लालपुर्जा वितरण

भूमिहीनलाई लालपुर्जा वितरण

१५ असार,लुम्बिनी । रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गर्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सामाजिक तथा आर्थिकरूपमा पिछडिएका भूमिहीन सुकुम्बासी र दलित, अव्यवस्थित वसोबास, सीमान्तकृत वर्ग र समुदायको भूमिमा अधिकार र पहुँच स्थापित गर्ने, महिलाको…
Read More
भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग

भारतीय पक्षले नेपाली भूमि अनाधिकृत रुपमा गरेको जाँचबारे छानबिन गर्न माग

३ असार,काठमाडौँ  । सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद गैरेले आदिपुरुष सिनेमामा सीता भारतकी छोरी हुन् भन्ने अर्को भ्रमपूर्ण समाचार प्रवाह गर्नेसमेत गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “सिनेमाका लेखकले नेपाल भारतकै अङ्ग हो भनेर अत्यन्त गलत अन्र्तवार्तामार्फत अभिव्यक्ति दिइरहेका छन्, नेपाल सरकार के गर्दै छ ? के भारत सुघौली सन्धिबाट पछाडि हटेको हो ? सरकार स्पष्ट हुन जरुरी छ, यदि भातरले त्यसो गर्न खोजेको हो भने नेपालको रक्षाको निम्ति जुनसुकै मूल्य चुकाउन तयार छ ।” नेपालको…
Read More
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

३ असार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा रत्नमणि गजुरेलले आज जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यावस्था स्थिर रहेको जनाइएको छ । उहाँका अनुसार राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको छ । राष्ट्रपति पौडेल शनिबार बिहानदेखि सो अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्छ ।
Read More
Page 107 of 304
1 105 106 107 108 109 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.