समाज

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

हेवाखोलाको बाढीमा बेपत्ता सबैको पहिचान

३ असार,पाँचथर ।  पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचै जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ गाउँपालिका–७ का ४५ वर्षीय तिलकुमार तामाङ, फिदिम नगरपालिका–११ का २८ वर्षीय सञ्जोग लिम्बू र फिदिम–५ का ५५ वर्षीय राजकुमार राई सम्पर्कविहीन छन् । उनीहरुलाई हेवाखोलाले हेवाखोला पुल क्षेत्रबाट बगाएको प्रहरीको अनुमान छ । यस्तै फिदिम –४ र हिलिहाङ–७ को सिमाना माझीटार तमोर दोभानबाट दुई जना बेपत्ता भएका छन् । स्थानीयवासी २८ वर्षीय आशिष माझी र २५ वर्षीया एलिसा माझी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । बाढीले फिदिम–४ का…
Read More
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न

रानी जमरा कुलरिया सिँचाइ आयोजना : ६० प्रतिशत निर्माण सम्पन्न

१ असार,टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशतमात्र निर्माण सकिएको छ । आयोजना निर्माण सुरु भएको १३ वर्षमा ६० प्रतिशतमात्र निर्माण कार्य सकिएको आयोजनाले जनाएको छ । आर्थिक वर्ष २०६७÷६८ बाट निर्माण कार्य थालेको आयोजनाले २०८०÷८१ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० प्रतिशत काममात्र सकिएको जनाएको छ । आयोजनाको गुरुयोजनाअनुसार रु २७ अर्ब ७५ करोड लागत रहेकामा अहिलेसम्म रु १८ अर्ब खर्च भएको छ । त्यसबाहेकका रकम खर्च हुन बाँकी रहेको र काम सम्पन्न गर्न तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिनुभयो । “तोकिएकै समयमा…
Read More
गाँजासहित एक पक्राउ

गाँजासहित एक पक्राउ

१ असार,भक्तपुर । चार किलो पाँच सय २० ग्राम गाँजा बिक्रीका लागि बोकेर हिँडिरहेको अवस्थामा भक्तपुर प्रहरीले आज भक्तपुर नगरपालिका–४ मङ्गलाछेँबाट एक जनालाई पक्राउ गरेको छ । लागूऔषध गाँजासहित प्रहरीले काभे्रपलाञ्चोक रोशी गाउँपालिका–१० मङ्गलटार घरभई हाल भक्तपुर मङ्गलाछेँ बस्ने २३ वर्षीय अभि तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेका तामाङलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
Read More
‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो

‘एनआइयू इलेक्ट्रिक’ ८० हजार किमी गुड्यो

१ असार,काठमाडौँ ।  स्मार्ट अर्बन मोबिलिटीको अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको ‘एनआइयू इलेक्ट्रिक’ दुई पाङ्ग्रे सवारीसाधन नेपालमा ८० हजार भन्दा किलोमिटर गुड्न सफल भएको छ । इको इन्फिनिटी प्रालिले सन् २०१७ देखि सो ब्राण्डका सवारीसाधन नेपाल भित्र्याएको थियो । ‘एनआइयू इलेक्ट्रिक’का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको जनाइएको छ । ‘एनआइयू’को पोर्टफोलियोमा छ सिरिजका दुई पाङ्गे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका इको इन्फिनिटी प्रालिका व्यवस्थापन निर्देशक डा मौसम बोहराले आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिनुभयो । लिथियम पावर्ड इलेक्ट्रिक टु हिलर कम्पनीले विकसित गरेका ‘एनआइयू’ चौथो पुस्ताको ब्याट्री समेत नेपाल भित्रिसकेको छ । उहाँले…
Read More
अम्रिसो निकासीमा यथार्थ मूल्य कायम

अम्रिसो निकासीमा यथार्थ मूल्य कायम

१ असार,बनियानी । काँकरभिट्टास्थित मेची भन्सार कार्यालयले अम्रिसो निकासीमा यथार्थ मूल्य कायम गरेको छ । यसअघि व्यवसायीले अम्रिसोको कम मूल्य निर्धारण गरी निकासी गर्दै आएकामा हाल बजार मूल्यकै आधारमा निकासी गर्ने गरिएको भन्सार अधिकृत कमलप्रसाद कोइरालाले जानकारी दिनुभयो । यसअघि ‘अन्डर इन्भ्वाइसिङ’ गरेर अम्रिसो निकासी गर्दै आइएको उहाँले बताउनुभयो । “रु ७० मा कायम गरेर अम्रिसो निकासी गरिँदै आइएको थियो”, अधिकृत कोइरालाले भन्नुभयो, “अहिले बजारभाउ बुझेरमात्र निकासी मूल्य कायम गर्ने गरिएको छ ।” अम्रिसोको बजार मूल्य सरदर प्रतिकिलो रु एक सय २२ रहेको छ । यथार्थ मूल्य नराखे निकासी रोक्ने चेतावनी दिएपछि व्यवसायीले अहिले प्रतिकिलो रु एक सय २० मूल्य…
Read More
अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

१ असार,कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो । आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्नुहुदै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताउनुभयो । नागरिकको आवश्यकतानुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताउनुभयो । व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास व्यक्त गर्नुभयो ।…
Read More
पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता सुरु

 १ असार,गण्डकी । पोखरामा प्रदेशस्तरीय भारत्तोलन प्रतियोगिता आजदेखि सुरु भएको छ । पोखरा रङ्गशालामा आयोजित प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले व्यायाम र मनोरञ्जनमात्र नभई खेलकुदले देशको प्रतिष्ठा बढाउने र खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले सक्दो लगानी गर्ने उल्लेख गर्नुभयो । प्रदेश खेलकुद परिषद्को आयोजना र कास्कीस्थित जिल्ला भारत्तोलन सङ्घको व्यवस्थापनमा आयोजित प्रतियोगितामा कर्णालीबाहेक छ प्रदेशका ५७ खेलाडी सहभागी छन् । “स्थानीयस्तरमा रहेका खेलाडीको प्रोत्साहनका लागि यो प्रतियोगिता राखिएको हो, यसमा विभागीय टिमका खेलाडी सहभागी छैनन्”, सङ्घका अध्यक्ष राजन बडगामीले भन्नुभयो । प्रतियोगितामा महिलातर्फ ४९, ५९, ७१, ८१ किलो तौल…
Read More
शरणार्थी प्रकरण :  कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

शरणार्थी प्रकरण : कानुनी प्रश्नको जवाफी बहस सकियो, आजै आदेश

१ असार,काठमाडौँ  । नक्कली भूटानी शरणार्थी प्रकरणको मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरुले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गर्नुभएको छ । आज अदादलतले तोकको निर्धारित १ बजेभित्रै जिल्ला सरकारी वकिलको कार्यालयले जवाफी बहस सकेको हो । उहाँहरुले अभियुक्तका वकिलहरुले उठाएको कानुनी प्रश्नको जवाफ दिनुभएको थियो । काठमाडौँ जिल्ला अदालतमा न्ययाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने, जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यय घिमिरे, जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री र सहायक जिल्ला न्यायाधिवक्ता निर्मला मरासिनीले जवाफी बहस गर्नुभएको थियो । यस्तै, जाहेरी कर्ताका तर्फबाट पनि दुईजना वकिलले जवाफी बहस गर्नुभएको सहायक जिल्ला न्यायाधिवक्ता दधिराम बरालले राससलाई…
Read More
असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

असार लाग्यो, भक्तपुरमा सुरु भयो रोपाइँ

१ असार,भक्तपुर । यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । भक्तपुरका चारवटै नगरपालिकाका खेतमा यतिखेर धान रोप्ने किसानको लर्को देखिन्छ । गत जेठ ३२ गतेदेखि परेको ठूलो वर्षका कारण खेतमा पानी भरिएपछि किसानलाई यतिखेर धान रोप्ने चटारो परेको छ । जेठ महिनामा वर्षा नभएर धानको बीउ ब्याडमै मरेको र डढेपछि धानको बीउको अभाव भने भएको किसानको भनाइ छ । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भए पनि रोपाई भने नरोकिएको बताउनुभयो । उहाँले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई किसानले तीव्रता दिएको बताउनुभयो । धानखेतीका लागि नभई…
Read More
हुलाकी सडक : साढे छ वर्षमा पनि निर्माण सकिएन

हुलाकी सडक : साढे छ वर्षमा पनि निर्माण सकिएन

१ असार,महेन्द्रनगर । कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकको काम ३० महिनामा सक्नुपर्ने साढे छ वर्ष बित्न लाग्दा पनि उस्तै छ । कञ्चनपुरको पूर्व क्षेत्रमा पर्ने डोकेबजारबाट बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक विसं २०७३ फागुनमा सम्झौता भएर निर्माण सुरु भएको थियो । निर्माणाधीन योजनाअन्तर्गतको दोस्रो र तेस्रो चरण९प्याकेज०को काम अझै सकिएको छैन । हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर दीपक सुनारले कुल ६२ किलोमिटर सडकमध्ये २५ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताउनुभयो । “पहिलो प्याकेज सकिए पनि दोस्रो र तेस्रो प्याकेजको काम अझै बाँकी छ”, उहाँले भन्नुभयो, “बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो प्याकेजको २० किलोमिटरमा साढे नौ किलोमिटर मात्रै कालोपत्र भएको…
Read More
Page 109 of 304
1 107 108 109 110 111 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.