समाज

विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ ः महासचिव चापागाईं

विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ ः महासचिव चापागाईं

३१ जेठ,काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्वगतिविधि र विपद् पूर्वजानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।” मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई भिडियो सम्बोधन गर्दै महासचिव चापागाईंले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पूर्वानुमानमा आधारित पूर्वकार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।”…
Read More
भूमिहीनलाई निस्सा वितरण

भूमिहीनलाई निस्सा वितरण

३१ जेठ,पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार ललितपुरमा पहिलो पटक बागमती गाउँपालिकाका उनीहरुहरुलाई निस्सा वितरण गरिएको हो । निस्सा वितरण भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ । संयोजक महर्जनले भन्नुभयो, “अहिलेसम्म चारवटा पालिकामा लागत सङ्कलन सम्पन्न भएको छ । हाल तथ्याङ्क प्रविष्टको कार्य जारी छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले भने सम्झौतामा नै आनाकानी गरिरहेका छन् ।” राष्ट्रिय भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले उपलब्ध गराएको तथ्याङ्कअनुसार ललितपुरमा हालसम्म एक सय सात परिवार भूमिहीन दलित, पाँच सय…
Read More
आलेख : ‘रगत अभावमा कोही मर्न नपरोस्’

आलेख : ‘रगत अभावमा कोही मर्न नपरोस्’

३१ जेठ,काठमाडौँ ।  वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् ।…
Read More
बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

बोराभित्र मृत भेटिएकी महिलाको सनाखत

३१ जेठ,दमौली  । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले मृतक महिला व्यास नगरपालिका–१४ छाब्दी निवासी रहेको जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले एक जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “लगभग सनाखत भएको छ, एक जनालाई अनुसन्धान गरिरहेका छौँ । पूरा विवरण आज दिउँसोसम्ममा सार्वजनिक गर्छौँ ।” अनुसन्धान प्रक्रियाका कारण मृतक महिलाको नाम र पक्राउ…
Read More
काभ्रेमा बर्सेनि अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम

काभ्रेमा बर्सेनि अमेरिकन दूतावासको ‘बुक बस’ कार्यक्रम

३१ जेठ,काभ्रे । अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ । शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताउनुभयो । उहाँका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल,…
Read More
बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

बोकोर्लोक ताल र बसपार्क निर्माण गर्न स्थानीयवासी सहमत

३१ जेठ,गोरखा । गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा बोकोर्लोक ताल र बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउन स्थानीयवासी सहमत भएका छन् । ताल र बासपार्क निर्माणका लागि गठित स्थानीय समितिको पहलमा त्यस क्षेत्रका स्थानीयवासीले जग्गा उपलब्ध गराउन सहमत भएको स्थानीय समितिका संयोजक होमसिंह बस्न्यातले जानकारी दिनुभयो । गोरखाको गौरवका योजनाका रूपमा बोकोर्लोक ताल निर्माणका लागि स्थानीयवासी तयार भएको उहाँले बताउनुभयो । ताल निर्माणका लागि प्रस्ताव गरिएको स्थानमा करिब दुई सय जनाभन्दा बढी घरपरिवारको जग्गा पर्ने भए पनि उनीहरू जग्गा दिन तयार रहेको संयोजक बस्न्यातले जानकारी दिनुभयो । “बोकोर्लोक ताल निर्माणका लागि पञ्चायतकालमा नै एकपटक डिपिआर भएको थियो तर त्यो त्यत्तिकै हरायो”, उहाँले…
Read More
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

३१ जेठ,काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षण तथा उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षण तथा उपचार गरी २४ घण्टा अवलोकनमा रहनुभएका उहाँ आज बिहान डिस्चार्ज हुनुभएको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो । डा अधिकारीका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
Read More
राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

३० जेठ,काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ । राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ उपसचिव र २५ अधिकृतको पद रिक्त हुँदा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेका हुन् । कोषमा ३५० जनाको दरबन्दी रहेकामा हाल ज्यालादारीसमेत १८२ मात्र कर्मचारी कार्यरत रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । स्वीकृत दरबन्दीअनुसारका कर्मचारी नभएपछि कोषका महाशाखा एवं शाखाहरू निमित्तका भरमा सञ्चालन भइरहेका छन् । प्राविधिक जनशक्ति त कोषमा अहिले शून्यमै झरेको छ । विगतमा कोषका प्राविधिकले पशुपतिक्षेत्र भित्र बनाएका सडकमा…
Read More
इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

३० जेठ,झापा । इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ । लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०बाट लिएको निःशुल्क तीन महिने सिलाइबुनाइ तालिमले व्यवासय सुरु गर्न सक्ने गरी सक्षम बनाएको हो । इभेन्टसँगको सहकार्यमा दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सिलाइ बुनाइसम्बन्धी ‘लेभल १’ को तालिम सञ्चालन गरेसँगै सोही तालिममा सहभागी बन्नुभएकी राईले सीप सिकेसँगै अहिले घरमै सिलाइबुनाइ व्यवसाय सञ्चालन गर्नुभएको छ । जसबाट उहाँ आफैंँ स्वरोजगार बन्दै मनग्य आम्दानी गरिरहनुभएको छ । “निःशुल्क तालिम नलिएको भए म यतिबेला…
Read More
टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो

टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो

३० जेठ,सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गर्नुभयो । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको हो । ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताउनुभयो । स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर…
Read More
Page 111 of 304
1 109 110 111 112 113 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.