समाज

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

३० जेठ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो ।
Read More
बोराभित्र महिलाको शव

बोराभित्र महिलाको शव

३० जेठ,दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताउनुभयो । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।” व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भन्नुभयो । उक्त बाटो हिँड्डुल…
Read More
‘नेसनल सोसल वेलफेयर अवार्ड’ सम्पन्न

‘नेसनल सोसल वेलफेयर अवार्ड’ सम्पन्न

३० जेठ,काठमाडौँ । काठमाडौँ सिजन मिडियाको आयोजनामा हुने ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ समाजसेवीलाई अवार्ड वितरण गर्नुभएको थियो । देश तथा विदेशमा रही सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्डमार्फत उक्त अवसरमा यसपटक वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउन्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रहनुभएका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एन्ड अल्कोहल रिह्याब सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेस प्रदेशका सामाजिक अभियानकर्मी…
Read More
मुग्लिन–पोखरा सडक स् तनहुँ खण्डमा डेढ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक स् तनहुँ खण्डमा डेढ किमी कालोपत्र

३० जेठ,दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ, यो आवमा सात किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।” उहाँका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले…
Read More
कला प्रदर्शनीमा विशिष्ट व्यक्तिको अभिरुचि

कला प्रदर्शनीमा विशिष्ट व्यक्तिको अभिरुचि

३० जेठ,काठमाडौँ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय ललितकला प्रदर्शनी अवलोकनमा विशिष्ट व्यक्तिहरूको चासो र अभिरुचि देखिएको छ । विगतका वर्षमा गरिएका कला प्रदर्शनीमा सीमित व्यक्तिले अभिरुचि देखाउने गरेका गुनासाका बीच यसपालि भने पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्री, नेता, कूटनीतिज्ञ, कलाकार तथा सामाजसेवीको अवलोकनमा अभिरुचि देखिएको हो । कला प्रदर्शनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनन भ्रमण गर्नुभएको थियो । गणतन्त्र दिवसका अवसर पारेर यही जेठ १५ गतेदेखि आज ३० गतेसम्म आयोजना गरिएको प्रदर्शनीमा सोमबारमात्रै अर्थमन्त्री डा प्रकाशशरण महत र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पनि अवलोकन गर्नुभएको थियो । उहाँहरूले कलाले आर्थिक विकाससँगै संस्कृति…
Read More
धनकुटामा रोजगार मेला हुँदै

धनकुटामा रोजगार मेला हुँदै

३० जेठ,धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको…
Read More
झोलुङ्गे पुलले फेरियो दैनिकी

झोलुङ्गे पुलले फेरियो दैनिकी

३० जेठ,ढोरपाटन । पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् । बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ ।…
Read More
सबैका रोजाइमा राराताल

सबैका रोजाइमा राराताल

३० जेठ,मुगु  । राराताल घुम्न देशभरका विद्यार्थी आउने क्रम बढ्दै गएको छ । रारातालसम्म सडक जोडिएसँगै विभिन्न विद्यालयबाट शैक्षिक भ्रमणमा आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो । सुदूरपश्चिम प्रदेशको बाजुरा र मुगुको खत्याड गाउँपालिका सडक सञ्जालमा जोडिएसँगै सुदूरपश्चिम सहित अन्य अन्य प्रदेशबाट घुम्न आउनेको सङ्ख्या पनि बढिरहेको छ । बाजुराको ज्ञानोदय माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा आएका शिक्षक मदन पौडेलले खत्याड गाउँपालिकाको मसानेसम्म सडक सञ्जाल जोडिएपछि एकै दिनमा रारा आउन सफल भएको बताउनुभयो । पहिला पनि शैक्षिक भ्रमणमा राराताल आएको स्मरण गर्दै उहाँले भन्नुभयो, “तीन वर्ष पहिले रारामा शैक्षिक भ्रमण हिँडेर आउजाउ गर्दा पाँच दिन लागेको थियो, अहिले गाडीमा दुई दिनमै…
Read More
हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

३० जेठ,मुग्लिन । तपाईँलाई पत्यार नलाग्न सक्छ १ चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले काम नगरेपछि यहाँका स्थानीय विद्युत् सेवाबाट बञ्चित हुन पुगेका हुन् । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार चार वर्षअघि ठेक्का लागे पनि ठेकेदार कम्पनीले काम नगर्दा विद्युत् सेवा विस्तार गर्न ढिला भएको हो । उहाँका अनुसार विद्युतीकरणका लागि वडा नम्बर १ र २…
Read More
धनकुटामा रोजगार मेला हुँदै

धनकुटामा रोजगार मेला हुँदै

३० जेठ,धनकुटा  । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो । नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो । कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको…
Read More
Page 112 of 304
1 110 111 112 113 114 304
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.