३० जेठ,धनकुटा । धनकुटा नगरपालिकाले एकदिने वृत्ति परामर्श तथा रोजगार मेलाको आयोजन गर्ने भएको छ । नगरमा रहेका बेरोजगार युवालाई रोजगारी दिन गहयोग गर्ने उद्देश्यले उक्त मेलाको आयोजन गर्न लागिएको हो ।
नगरपालिकाले आज पत्रकार सम्मेलन गरेर अगामी असार २ गते नरपालिकाको प्राङ्गणमा मेलाको आयोजना गर्ने जानकारी दिएको छ । मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसायलगायत १५ प्रदर्शनी कक्ष रहनेछन् । मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो ।
कार्यक्रम नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत हुन लागेको हो ।
Facebook Comments Box
Related posts:

पाल्पा बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी धन्दा, थापा प्रहरी फन्दामा

पूर्वाधार निर्माणमा महानगर र एनआरएनबीच हातेमालो

त्रिदेशीय टी–२० क्रिकेटमा आज नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै

