समाज

‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनको नाम दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी राखिएको छ। तर प्रदर्शनस्थलमा रहेका पुस्तकहरू हेर्दा यो चिनिया पुस्तक प्रदर्शनी जस्तै देखियो। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा चिनिया भाषाका पुस्तकहरू अत्यधिक देखिए। दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत विभिन्न देशसँगै चीन, अमेरिका, इजिप्ट लगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक प्रदर्शनमा सहभागी रहेको आयोजकको दाबी अनुसारका पुस्तक प्रदर्शनीमा देखिएनन्। प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथि बनाइएको थियो। त्यसको प्रभाव प्रदर्शनीभरि देखियो।  
Read More
उत्तरी रसुवागढी नाका सुन तस्करी हव बन्दै

उत्तरी रसुवागढी नाका सुन तस्करी हव बन्दै

रसुवा । पछिल्ला केही दिनयता रसुवागढी नाकाबाट सुन तस्करी बढीरहेको छ । सुन तस्करी गरेको आरोपमा आज तीन जना पक्राउ परेका छन् । केरुङबाट ल्याइएको १२ तोला सुनका औँठी रसुवागढी नाकामा तैनाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीसहितको गस्तीले पक्राउ गरेको हो । यसरी पक्राउ पर्नेमा रसुवा जिल्ला आमाछोदिङ्मो गापा–५ गोङगाङ बस्ने २९ वर्षका सुरेश तामाङ, आमाछोदिङ्मो गापा–५ तातोपानी निवासी ३७ वर्षका निमाटासी तामाङ र गोसाइँकुण्ड गापा–३ बृद्धिम बस्ने २३ वर्षका ङवाङ लोप्चन तामाङ रहेको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उनीहरूको साथबाट रु १३ लाख ८८ हजार चार सय बराबरको सुन बरामद गरी कानुनी कारबाहीका लागि…
Read More
नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

नमुना वडा बनाउन अहोरात्र खटिरहनुभएक छाै :अध्यक्ष बाेहाेरा

६ मंसिर,काठमाडाैँ । नेपालको संविधान २०७२ अनुसार प्रदेश नं ५ अन्तर्गत पर्ने यो नगर दाङ जिल्ला का २ वटा उपमहानगरपालिका सहित तेश्रो नगरपालिका हो । दाङ जिल्लाको देउखुरी उपत्यकाको वीच भागमा पर्ने यो नगरपालिकाको केन्द्र लमही वजार जिल्ला सदरमुकाम घोराही वाट करिव २५ किलोमिटरको दुरीमा पर्छ । नयाँ संरचना अनुसार यस नगरपालिकामा ९ वटा वडाहरू रहेका छन् । वि.सं. २०७८को जणगणना अनुसार यस नगरपालिकामा १२,४८२ घरपरिवार वसोवास गर्दछन् । यो क्षेत्र समुद्र सतह देखि सरदर २४६ मिटरको उचाइमा छ । यस लमही नगरपालिका लार्इ पूर्व पश्चिम राजमार्गले करिव करिव वीच भागवाट छेडेर गएको छ । हाल यस नगरपालिकाको पूर्वमा राप्ती गाउँपालिका,…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष गिरी

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छु : अध्यक्ष गिरी

६ मंसिर,काठमाडाैँ । कर्णाली प्रदेशको राजधानीबाट करिब १९२ कि. मि. उत्तरमा रहेको यस बारेकोट गाउँपालिकाको प्राय अधिकांश भाग उच्च पहाडी भूभागले ढाकेको छ । बारेकोट गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा अवस्थित उच्च पहाडी विशेषता बोकेको गाउँपालिका हो । साविकका रामिडाँडा, नायकवाडा¸ सक्ला र रोकाया गाउँ गा वि स मिलेर बनेको यस गाउँपालिकाको नाम यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय संभावना बोकेका यहाँका ऐतिहाँसिक बाह्र (१२) वटा कोट (डाँडा वा थुम्का) हरु क्रमश : सिनाकोट¸धौलकोट¸रानाकोट¸ सुवाकोट¸ तलकोट¸ चिमकोट¸ रतनकोट¸ उनीकोट¸ दुनीकोट¸ लम्तीकोट¸ नयरकोट र चुत्रीकोट को नामबाट नामाकरण गरिएको हो ।  यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । कर्णाली प्रदेश जाजरकाेट  जिल्लामा अवस्थित…
Read More
भूकम्प प्रभावित श्रमदान गर्न गएको कांग्रेसको पहिलो टोलीले १०० अस्थायी घर बनाउने

भूकम्प प्रभावित श्रमदान गर्न गएको कांग्रेसको पहिलो टोलीले १०० अस्थायी घर बनाउने

६ मंसिर काठमाडौं । भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले पठाएको पहिलो टोलीले अस्थायी टहरा बनाउन सुरु गरेको छ । सोमबार बेलुकी जाजरकोट पुगेको टोलीले मंगलबारदेखि निर्माण कार्य सुरु गरेको कांग्रेसले जनाएको छ । केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वको टोलीले भूकम्पले सर्वाधिक प्रभावित जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ४ र ५ मा अस्थायी टहरा बनाइरहेको छ । पौडेलसँगै टोलीमा गएका नेविसंघका पूर्व नेता सुशील भट्टका अनुसार मंगलबार २० वटा अस्थायी घर निर्माण गरिएको छ । श्रमदानका लागि एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरि गरि १०÷१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा…
Read More
पोखरामा होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

पोखरामा होटलमा अचेत भेटिएकी महिलाको मृत्यु, ६ जना पक्राउ

६ मंसिर, पोखरा । पोखराको नागढुंगास्थित एक होटलमा मंगलबार अचेत अवस्थामा फेला परेकी महिलाको मृत्यु भएको छ । तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक नागढुंगास्थित युनिक होटलमा मंगलबार साँझ करिब ७ बजेको अचेत अवस्थामा फेला परेकी थिइन् । प्रहरी स्रोतका अनुसार २ वर्षदेखि सोही ठाउँकै शिला रेस्टुरेन्टमा काम गर्दै आएकी विकको अचेत अवस्थामा होटलबाट उद्धार गरेर चरक मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, उपचारकै क्रममा साँझ करिब साढे ७ बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको खुलेको छ । ‘घटना अलि शंकास्पद नै छ ।…
Read More
दधिराज सुवेदी पुरस्कार कथाकार श्रेष्ठ र पत्रकार झालाई प्रदान गरिने

दधिराज सुवेदी पुरस्कार कथाकार श्रेष्ठ र पत्रकार झालाई प्रदान गरिने

६ मङ्सिर,काठमाडौँ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०८०’ वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठलाई प्रदान गरिने भएको छ । त्यस्तै, ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको बैठकले राष्ट्रिय भाषा साहित्यतर्फ श्रेष्ठलाई र राष्ट्रिय पत्रकारितातर्फको पुरस्कार झालाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको दुवै पुरस्कारको राशि क्रमशः रू ५१ हजार र रू २५ हजार तथा प्रमाणपत्र रहेको छ । नेपाली साहित्यको आख्यान विधामा पाँच दशकभन्दा बढी समयदेखि दिइएको…
Read More
साढे पाँच करोडमा ललितपुर महानगरले किन्यो दुइटा दमकल

साढे पाँच करोडमा ललितपुर महानगरले किन्यो दुइटा दमकल

६ मंसिर, काठमाडाैँ । ललितपुर महानगरपालिकाले अत्याधुनिक प्रविधिका दुई वटा दमकल किनेको छ। बुधबार एक कार्यक्रम गर्दै महानगरपालिकाले विपद् व्यवस्थापन न्यूनीकरण तथा व्यवस्थापनका लागि इसुजी कम्पनीका दुइटा अत्याधुनिक प्रविधिको दमकल किनेको जानकारी गराएको हो। महानगरले उक्त दमकल‍ ५ पाँच करोड ६५ लाखमा किनेको हो। महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले अहिले महानगरपालिकामा भएकाभन्दा राम्रा र अत्याधुनिक प्रविधिका दमकल ल्याएको जानकारी दिए। 'पहिले भएका दमकललाई सानो बाटोमा लैजान गाह्रो हुन्थ्यो, ती दमकल पानीले मात्र चल्थे,' उनले भने, 'पेट्रोल पम्पमा आगलागी भयो भने बाहिरबाट फोम भएको दमकल मगाउनुपर्ने अवस्था थियो।' अहिले ल्याइएको दमकलमा २ हजार ५ सय लिटर पानी ट्या‌ंकीको क्षमता रहेको छ भने तीन सय लिटर फोम ट्यांकी। यी दमकलले विपद्…
Read More
दाङमा धान उत्पादन बढ्यो

दाङमा धान उत्पादन बढ्यो

६ मङ्सिर,देउखुरी (दाङ)। दाङमा यसवर्ष धान उत्पादन वृद्धि भएपछि खुसी भएका छन् । समयमै वर्षा भएकाले धान समयमा नै रोप्न पाउँदा जिल्लामा धान उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ । यस वर्ष गत वर्षको तुलनामा नौ दशमलव ७५ प्रतिशत धान उत्पादन बढेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गतवर्ष एक लाख ५३ हजार चार सय ६३ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष एक लाख ५८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिका–६ का मङ्गल चौधरीले समयमा पानी परेकाले धान समयमै रोप्न पाएपछि विगत भन्दा यस पटक धान उत्पादनमा बढेको बताउनुभयो ।…
Read More
शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक : मन्त्री शर्मा

६ मङ्सिर,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा आज आयोजना गरेको कार्यक्रममा उहाँले पद्मरत्न तुलाधर जीवित भएको भए शान्ति प्रक्रिया टुङ्गिसक्ने दाबी गर्नुभयो । उहाँले परिवर्तनका लागि लड्ने नेताका रूपमा शङ्खधर साख्वाःलाई आफूले चिनेको र देशमा सङ्घीयता आउनु पनि शङ्खधरले देख्नुभएको सपना रहेको बताउनुभयो । मन्त्री शर्माले सम्पूर्ण सरकारी दस्तावेजमा नेपाल संवत्लाई उल्लेख गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि जानकारी दिनुभयो । उहाले भन्नुभयो, “बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक पहिचानका लगि गणतन्त्र आवश्यक छ ।” काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले…
Read More
Page 50 of 452
1 … 48 49 50 51 52 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.