‘दक्षिण एसियाली कि ‘चिनिया’ अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी !

Share Icon

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनको नाम दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी राखिएको छ। तर प्रदर्शनस्थलमा रहेका पुस्तकहरू हेर्दा यो चिनिया पुस्तक प्रदर्शनी जस्तै देखियो।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा चिनिया भाषाका पुस्तकहरू अत्यधिक देखिए।

दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत विभिन्न देशसँगै चीन, अमेरिका, इजिप्ट लगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक प्रदर्शनमा सहभागी रहेको आयोजकको दाबी अनुसारका पुस्तक प्रदर्शनीमा देखिएनन्।

प्रदर्शनी कार्यक्रममा चाइना इन्टरनेसनल बुक ट्रेडिङ कर्पोरेसनलाई विशेष अतिथि बनाइएको थियो। त्यसको प्रभाव प्रदर्शनीभरि देखियो।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.