समाज

जग्गा वर्गीकरणबारे स्थानीय तह अलमलमै

जग्गा वर्गीकरणबारे स्थानीय तह अलमलमै

१३ पाैष,दोधारा चाँदनी । गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गते भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन छुट्टयाउन सकेका छैनन् । मन्त्रालयले दिएको समयसीमा सकिएको महिना दिन पुग्न लाग्दा समेत कञ्चनपुरका नौवटै स्थानीय तहले हालसम्म जग्गा वर्गीकरण गर्न सकेका छैनन् । भीमदत्त नगरपालिकाले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाए पनि कार्यान्वयनमा आउन भने अझै केही महिना लाग्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीले जग्गा वर्गीकरणको काम अन्तिम चरणमा रहेको बताउनुभयो । “स्थानीय भू–उपयोग परिषद्बाट मापदण्ड स्वीकृत गरिसकेका छौँ”, उहाँले भन्नुभयो– “केही…
Read More
चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

१३ पाैष,काठमाडौँ । भारतको मथुरामा घरजम गरेर उतै व्यस्त रहेकी अभिनेत्री विपना थापाले नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छिन् । अभिनेत्री नीता ढुङ्गानाले निर्माण गर्ने चलचित्र ‘ह्स्व दीर्घ’मा उनले अभिनय गर्ने तय भएको छ । चलचित्र निर्माण टोलीले अभिनेत्री थापालाई चलचित्रसँग पुनः जोड्न पाउँदा खुसी लागेको जनाएको छ । “हामीले प्रस्ताव गर्दा नायिका थापा चलचित्रमा अभिनय गर्न तयार भएकी छिन् । कथाको काम सकिएसँगै छिट्टै छायाङ्कन थाल्छौँ”, निर्मात्री ढुङ्गानाले भनिन् । चलचित्र ‘अपहरण’बाट अभिनय थालेकी नायिका थापा ‘जन्मभूमि’ मार्फत स्थापित भएकी थिइन् । झण्डै ७० वटा चलचित्रमा अभिनय गर्नुभएकी नायिका थापाले पछिल्लो पटक २०६७ सालमा चलचित्र ‘सङ्घर्ष जिन्दगीको’ मा अभिनय गरेकी…
Read More
काकीको हत्या आरोपमा भतिज पक्राउ

काकीको हत्या आरोपमा भतिज पक्राउ

१३ पाैष,जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ । रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो । दिलीप शङ्कास्पद…
Read More
‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’

१२ पाैष, सुर्खेत-भेरीगङ्गा । ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरको’ कार्यक्रममार्फत कर्णाली प्रदेश सरकारले हालसम्म प्रदेशका १४ हजारभन्दा धेरै छोरीका बैंक खाता खोलिदिएको छ । वि.सं.२०७६ साउनदेखि जन्मिएका छोरीहरूको बैंक खाता खोलिदिएकामा पछिल्लो समय कतिपय पालिकाहरुले आधिकारिक तथ्याङ्क नपठाउँदा समस्या भएको प्रदेश सरकारले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारलाई पालिकाले बैंक खाता खोलेको आधिकारिक तथ्याङ्क उपलब्ध नगराउँदा गत वर्षदेखि उक्त खातामा जम्मा गर्नुपर्ने रकम अझै दिइएको छैन । उक्त मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले अर्थ मन्त्रालयले बजेट छुट्याएर पालिकाहरुमा रकम नबुझाउँदा सम्बन्धित मन्त्रालय नै अन्योलमा रहेको बताउनुभयो । गत वर्षदेखि नै रकम पालिकामा नपठाउँदा यो कार्यक्रम र आगामी कार्याक्रम…
Read More
‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

‘मानव बेचबिखन नियन्त्रणमा तीनै तहको सरकारको सहकार्य जरुरी’

१२ पाैष, विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मानव बेचबिखन रोकथाम र नियन्त्रणका लागि तीन वटै तहका सरकारबीच समन्वय हुनु आवश्यक रहेको बताउनुभएको छ । माइती नेपाल मोरङले आज महानगरकै सभाकक्षमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रमुख कोइरालाले तीनै तहको सरकारसँगै सरकारी र गैरसरकारी सङ्घसंस्थाहरुको सामूहिक प्रयासले मानव बेचबिखन रोकिने धारणा राख्नुभयो । महिला तथा बालबालिकाहरुका क्षेत्रमा काम गर्न खुलेका संस्थाबीच पनि समन्वय जरुरी रहेको उहाँले बताउनुभयो । कार्यक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले खुला सिमानाका कारण मानव बेचबिखन नियन्त्रण र रोकथाममा चुनौती देखिएको बताउनुभयो । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको…
Read More
निकुञ्जका खोर बाघले भरिए

निकुञ्जका खोर बाघले भरिए

१२ पाैष,चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ राख्नका लागि बनाइएका खोर बाघले भरिएका छन् । निकुञ्जमा खोरमा पाँच वटा बाघ छन् । निकुञ्जको मुख्यालय कसरामा तीन वटा र सौराहामा दुई वटा बाघ खोरमा छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सौराहामा मेघौली र कुमरोजबाट मानिसलाई आक्रमण गरेपछि उद्धार गरिएका बाघ राखिएको हो । कसरामा बाँकेबाट दुई वर्षअघि ल्याएको एउटा बाघ छ । त्यस्तै देवनगर र माडीबाट ल्याइएका दुई बाघ छन् । ती बाघ आठ वर्षदेखि १५ वर्षसम्मका रहेको तिवारीले जानकारी दिनुभयो । यसवर्ष माडीमा एक जनालाई बाघले आक्रमण गरेपछि उद्धार गरी ल्याइएको हो । अन्य बाघ अघिल्ला वर्ष…
Read More
वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले तालिम लिनुपर्ने

१२ पाैष, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागबुद्धनगर, काठमाडौँले आग्रह गरेको छ । वैदेशिक रोजगारीमा जानेका लागि अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको विभागले जनाएको छ । अभिमुखीकरण तालिम मापदण्डअनुसार सञ्चालन नभएको भन्दै विभागले देशका विभिन्न ठाउँमा रहेका तालिम प्रदायक संस्थामा अनुगमन गरेको थियो । काठमाडाँै उपत्यकासहित देशका विभिन्न जिल्लामा अनुगमन गर्दा मापदण्डअनुसार अभिमुखीकरण तालिम सञ्चालन नभएको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा अभिमुखीकरण तालिम लिनुपर्ने सरकारी नियम छ । जसअनुसार तालिम प्रदान गर्न वैदेशिक रोजगार विभागसँग अनुमति लिएर…
Read More
कांग्रेस बागमती संसदीय दलमा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा को हुन् ?

कांग्रेस बागमती संसदीय दलमा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा को हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेताका लागि कांग्रेस नेता बहादुर सिंह लामाले उम्मेदवारी दिने भएका छन् । नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नम्बर २ को ख बाट प्रदेश सभामा निर्वाचित भएका लामाले संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका हुन्। यस्तो छ बहादुर सिंहको राजनीतिक इतिहास बागमती प्रदेशको संसदीय दलको नेतामा उम्मेदवारी दिन लागेका बहादुरसिंह लामा विकास प्रेमी नेताको रूपमा चिनिन्छन्। प्रदेश विकास निर्माणमा होस् या पार्टीमा स्पष्ट कुरा राख्न सिधै केन्द्रमा पहुँच भएका नेता हुन् लामा। प्रदेश सांसद भएर मात्रै प्रदेशको विकास सम्भव नभएकोले उहाँलाई प्रदेश संसदीय दलको नेतामा जिताए मात्रै समग्र प्रदेशको विकास हुने कांग्रेस नेताहरू बताउँछन्।प्रदेशको…
Read More
बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

बालविवाह रोक्न रणनीति कार्यान्वयन गर्दै लुम्बिनी सरकार

१२ पाैष, रुपन्देही । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले बनाएको रणनीति कार्यान्वयन प्रक्रिया सुरु भएको छ । सन् २०३० सम्म बालविवाह मुक्त लुम्बिनी प्रदेशको निर्माण गर्ने लक्ष्यका साथ लुम्बिनी प्रदेश सरकारले बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति तयार गरेको हो । रणनीति कार्यान्वयनका लागि प्रदेशका १२ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनीले जनाएको छ । रणनीति कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन कुुन संस्थाले कसरी काम गरिरहेका छन् भन्ने जानकारी लिने र नक्साङ्कन गर्ने कामको थालनी गरिएकोे मन्त्रालयका उपसचिव शारदा बस्याल बताउनुहुन्छ । “पहिलो चरणमा प्रदेशका सबै जिल्लामा रणनीति सम्बन्धमा अभिमूखीकरण गरिसकेका छौँ, अब दोस्रो…
Read More
काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौँमा यो वर्षकै बढी चिसो

१२ पाैष, काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उहाँले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक…
Read More
Page 444 of 452
1 … 442 443 444 445 446 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.