समाज

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

उदयपुरको ताप्लीका किसान सुन्तला खेतीतर्फ आकर्षित

१४ पाैष, उदयपुर । लामो समयसम्म अवैध गाँजा खेती हुँदै आएको उदयपुरको पश्चिमी पहाडी गाउँपालिका ताप्लीमा किसानले सुन्तला खेती अभियान सञ्चालन गरेका छन् । किसानले व्यावसायिकरुपमा सुन्तला खेती थालेपछि केही वर्षयता उनीहरुले यसबाट मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष पनि ताप्लीको ओख्ले, पिपलभन्ज्याङ, रुपाटार, इनामे, मादले र ठानागाउँ क्षेत्रमा रु दुई करोडभन्दा बढीको सुन्तला उत्पादन भएको ताप्ली सुन्तला जोन क्षेत्रका संयोजक तथा व्यावसायिक सुन्तला उत्पादक कृषक टोपबहादुर ठकुरीले जानकारी दिनुभयो । विसं २०५० देखि नै ताप्लीमा सुन्तला खेती थालिए पनि २०६० सालदेखि व्यावसायिक रुपमा सुन्तला उत्पादन गर्न थालिएको ओख्लेका ज्ञानबहादुर ठकुरी बताउनुहुन्छ । “अहिले ताप्ली जिल्लाकै उत्कृष्ट सुन्तला…
Read More
आजको मौसम ः हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

आजको मौसम ः हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

१४ पाैष, काठमाडाैँ । पश्चिमी वायुको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्का हिमपात हुने भएको छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीका साथै प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टा देशको प्रदेश नं १ को हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका केही स्थानमा हुस्सु÷कुहिरो लाग्ने, दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने…
Read More
नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

नारच्याङको सुन्तला चिस्यान गृहमा भण्डारण

१४ पाैष, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृषकले जिल्लामै पहिलो पटक चिस्यान गृहमा सुन्तला भण्डारण गरेर राखेका छन् । मौसमअनुसार कृषिउपज उत्पादन गर्ने कृषकले बजार र मूल्य नपाउने समस्या हटाएर बेमौसममा बिक्री गरी पर्याप्त आम्दानी गर्नका लागि चिस्यान गृहमा सुरक्षित भण्डारण गरेका हुन् । चिस्यान गृहमा सुन्तला भण्डारण गरेर सहज बजार र उचित मूल्य पाउने कृषकको अपेक्षा छ । नारच्याङ, बाँसबोट, गाडपार र घरापका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरेर राखिएको न्यू अन्नपूर्ण कृषि तथा पशु मल्टी एग्रोका सञ्चालक प्रेम गुरुङले बताउनुभयो । “स्थानीय कृषकबाट खरिद र आफ्नै बगैचाको दश हजार किलो सुन्तला टिपेर चिस्यान गृहमा राखेको…
Read More
‘गोकर्ण देशे’बाट बिदा भयो नवदुर्गा गण

‘गोकर्ण देशे’बाट बिदा भयो नवदुर्गा गण

१४ पाैष, काठमाडाैँ । गोकर्णेश्वर नगरपालिकामा रहेको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वको ‘गोकर्ण देशे’ भक्तपुरबाट आएको नवदुर्गाका गणलाई बिदाइ गरिएको छ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर गोकर्णेश्वर क्षेत्रमा देखाइने गरेको नवदुर्गा नाच ३३ वर्षपछि गोकर्ण देशेका विभिन्न टोलका साथै त्यहाँस्थित मठ मन्दिर क्षेत्रमा तीन दिनसम्म प्रदर्शन गरिएको थियो । नवदुर्गा नाच प्रस्तुत गर्ने समूहलाई बुधबार बिदाइ गरिएको वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । ३३ वर्षपछि ऐतिहासिक महत्वको बस्तीमा नाच प्रस्तुत भएपछि स्थानीयवासी खुसी भएका छन् । स्रोत अभावमा ३३ वर्षपछि यो जात्रा गोकर्ण देशे गाउँमा पुनरागमन भएको हो । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा…
Read More
आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा

१४ पाैष, काठमाडाैँ । आयात नरोकिँदा नेपाली औषधि उद्योग मारमा परेका छन् । नेपाललाई आवश्यक पर्ने ७० प्रतिशत औषधि यही उत्पादन गर्न सकिने भए पनि आयात नरोकिँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नेपालमा एक सय २५ औषधि उद्योग दर्ता भएका छन् । जसमध्ये ८३ उद्योगका औषधि बजारमा आइसकेका छन् । नेपाल औषधि उत्पादक सङ्घका महासचिव विप्लव अधिकारीका अनुसार नेपालमा एउटा औषधि पाँच उद्योगले उत्पादन गरेकालाई आयात रोक्दा मात्रै पनि दुई सयभन्दा बढी प्रकारका औषधि रोकिन्छन् । उहाँको भनाईमा २० वर्षअघि बङ्गलादेशले दुई कम्पनीले उत्पादन गरेका औषधि विदेशबाट आयातमा रोक लगाएको थियो । जसको नतिजास्वरुप अहिले बङ्गलादेश आत्मनिर्भर…
Read More
सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा सुनुवाइ हुँदै

सन्दीपलाई थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालतमा सुनुवाइ हुँदै

१४ पाैष, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदैछ । नाबालिग जबरजस्ती बलात्कार मुद्दामा जेल चलान भएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते दर्ता गरेका मुद्दाको पेशी आजका लागि तोकिएको हो । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको उनका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले जानकारी दिए । यसअघि गत ७ पुसका लागि पेशी तोकिएको थियो। तर, सर्वोच्च बारको अधिवेशनमा वरिष्ठ अधिवक्ताहरु व्यस्त भएपछि पेशी सरेको थियो। नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए।…
Read More
विदेशबाट फर्किएका युवाको सहकारी ः एक वर्षमा ४४ लाखको दूध बिक्री

विदेशबाट फर्किएका युवाको सहकारी ः एक वर्षमा ४४ लाखको दूध बिक्री

१३ पाैष,बलेवा । वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध किसानले एकै वर्षमा रु ४४ लाख बढीको दूध बिक्री गरेका हुन् । साविक कुश्मीशेरा गाविस–३ र ४ बाट वैदेशिक रोजगारीबाट फर्केका युवाको सहभागितामा सहकारी सुरु गरिएको थियो । यस वर्ष मात्रै सहकारीले दूध निर्यातबाट रु ४१ लाख ६२ हजार आम्दानी गरेको छ । गाउँमै दूध बिक्री गरेर झण्डै रु तीन लाख आम्दानी गरेको संस्थाका अध्यक्ष विकास पौडेलले बताउनुभयो । अधिकांश शेयर सदस्य वैदेशिक रोजगारीबाट फर्केका युवा रहेको…
Read More
गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ

गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ

१३ पाैष,गण्डकी । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल पर्वतको प्रदेशसभा(ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म वि.सं. २०१४ भदौ ५ गते पर्वतमा भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ । शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ…
Read More
मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउँदा दिइने लेबी टुङ्ग्याउने तयारी

१३ पाैष काठमाडाैँ । मेलम्ची नदीबाट खानेपानी ल्याए बापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुङ्गाउन तयारी अघि बढाइएको छ । खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुङ्गो लाउने उहाँले बताउनुभयो । प्रवक्ता पौडेलले भन्नुभयो, “मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।” राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र सङ्घलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय…
Read More
बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

बजार नभएपछि सुन्तलाको जुस बनाइँदै

१३ पाैष रूकुम पूर्व । रूकुम (पूर्व)को सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरिएको छ । यहाँ मौसममा सुन्तला प्रशस्त पाइएपनि बजार नहुँदा किसान समस्यामा पर्ने गरेका छन् । जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा किसानले उत्पादन गरेको सुन्तला, स्याउ लगायतका फलफूल कुहिएर खेर जाने गरेका छ । यतिबेला सो क्षेत्रका किसानको बारीमा लटरम्म सुन्तला देखिन्छन् । ती सुन्तला टिपेर राख्न शीत भण्डार छैन् । यत्तिकै राख्दा कुहिने डर र बजारमा पनि बिक्री नहुँदा रुखमै छन् । मेहनत गरेर लगाएको सुन्तलाको बोटमा लोभलाग्दो…
Read More
Page 442 of 452
1 … 440 441 442 443 444 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.