समाज

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

पर्यटकको रोजाइमा घोराहीको ज्यामिरे दह

२९ माघ,घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ स्थित ज्यामिरे दह पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । दहलाई ठूलो बनाएपछि दैनिक आन्तरिक पर्यटक यहाँ घुइँचो लाग्ने गरेको छ । अन्य दिनको तुलनामा बिदामा यहाँ अत्यधिक पर्यटक घुम्नका लागि पुग्ने गरेको दहमा डुङ्गा सञ्चालन गर्दै आउनुभएका वीरजङ पुनले बताउनुभयो । जिल्ला बाहिरबाट पनि सर्वसाधारण घुम्न आउने गरेको उहाँको भनाइ छ । दैनिक सरदर ४० जना यहाँ आउने गरेका छन् । मङ्सिरदेखि वैशाखसम्म बढी भीड हुन्छ । पुनले तीन वर्षदेखि दहमा डुङ्गा चलाइरहनुभएको छ । मासिक रू १५ हजारसम्म आम्दानी हुने गरेको उहाँ बताउँनुहुन्छ । एक सय २० मिटर गहिरो…
Read More
बाँदर खानेकुरा खोज्न राजमार्गमा

बाँदर खानेकुरा खोज्न राजमार्गमा

२९ माघ,सर्लाही । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले बिस्कुट, पाउरोटी चाउचाउ, फलफूल, मुरहीलगायत खानेकुरा दिने गरेकाले बाँदर कन्दमूल खोज्न छाडेर राजमार्गमा कुरेर बसेका देखिन्छन् । वनमा जामुन, कुसुम, हर्रो, बर्रो, भलायो, खन्यु, कुरिलो, निहुुरो, तरुल, फलफूलजस्ता कन्दमूल मासिँदै गएपछि राजमार्ग र बस्तीमा बाँदर आउन थालेको फुलजोर बाबा सामुदायिक वन समूहका अध्यक्ष पशुपति खड्काले बताउनुभयो । उहाँका…
Read More
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२९ माघ,तनहुँ । पृथ्वीराजमार्ग सडकखण्डको आबुँखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकमा आज बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग १ ख ६३०७ नं को बसले ठक्कर दिँदा सोही वडा निवासी पैदलयात्री ४० वर्षीय मीनबहादुर विकको मृत्यु भएको हो । ठक्करबाट सख्त घाइते विकलाई उपचारका लागि तत्कालै चितवन मेडिकल कलेजमा लगिएको र उपचारका क्रममा उहाँको मृत्यु भएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भानु शर्माले जानकारी दिनुभयो । उक्त घटना पछि ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।
Read More
घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

२९ माघ,गलेश्वर । पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम । धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ । घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन् । यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्नुहुन्छ । उहाँले रु एक लाखमा घोडा किन्नुभएको छ । करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किन्नुभएको हो । घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा…
Read More
महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रमा विशेष सफाइ

२९ माघ,काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिनुभयो । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उहाँको भनाइ थियो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गर्नुभएको थियो । पशुपति क्षेत्रलाई सधैँ…
Read More
सडक ढलानको काम अलपत्र

सडक ढलानको काम अलपत्र

२९ माघ,खोटाङ । जिल्लाकै पुरानो बजार मानिने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काम छ महिनादेखि अलपत्र परेको छ । धुलिखेल निर्माण सेवाले विसं २०७८ असार ३० गतेसम्ममा सक्नेगरी विसं २०७७ असार ३० गते खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लिएको थियो । निर्माण कम्पनीले गत असारदेखि सडक ढलान तथा डिबिएसटी पिच (कालोपत्र)को काम रोकेर अलपत्र पारेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । “प्रदेश सरकारको रु दुई करोड ६९ लाख २५ हजार ७९७ को लागतमा खोटाङबजारको सडक ढलान तथा डिबिएसटी पिचको ठेक्का लगाइएको थियो”, उहाँले भन्नुभयो, “गुणस्तहीन काम भयो भन्ने गुनासो आएपछि अनुगमन गरेर ढलानको काममा रोक लगाएका थियौंँ । त्यसको…
Read More
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित

२९ माघ,कावासोती । उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ । मिर्गौला रोगीका लागि अस्पतालले २०७९ मङ्सिर १३ गतेदेखि सो सेवा निःशुल्क थालनी गरेको थियो । अस्पतालमा हाल चार डायलायसिस गर्ने उपकरण रहेका छन् । तीमध्ये एक उपकरण ‘रिजर्भ’मा राखेर तीन मात्रै उपकरण सञ्चालनमा रहेर हाल नौ जनाले नियमित डायलायसिस सेवा लिइरहेका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जितेन्द्र कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मिर्गौला रोगीले हप्तामा कम्तीमा दुईपटक डायलायसिस गर्नुपर्ने हुन्छ । हाल अस्पतालले नौ जनालाई प्रदान गरेको सेवा आन्तरिक स्रोतबाट भर्पाइ भइरहेको र डायलायसिस सेवा सूचीकरण नहुँदा उक्त खर्चको सरकारबाट भर्पाइ हुन नसकेको…
Read More
‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

‘ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ’

२७ माघ,काठमाडौँ । विगत १० वर्षदेखि सङ्घीय संसद् सचिवालय भित्रको काम छोडेर फूलबारीको स्याहार सुसारलाई रोज्नुभयो वसन्त गिरीले । चावाहिल स्थायी ठेगाना भएका उहाँले फूलबारीको मोहले आफूखुसी काम परिवर्तन गरेको बताउनुभयो । तीन वर्षसम्म कार्यालय सहयोगीका रुपमा सेवारत उहाँ सचिवालयमा करार सेवाको कर्मचारी हुनुहुन्छ । वातावरण अनुकूलको फूलहरुको विरुवा माग गरी केही बिरुवा नर्सरीबाट त केही फूलबारीकै परिसरमा हुर्काउने गरेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “ ढकमक्क फूलको बगैँचाले आनन्द दिन्छ । ” उहाँका साथमा अन्य नौजना कर्मचारी सेवारत छन् । बगैँचाले सचिवालय परिसरको शोभालाई आकर्षण बनाइरहेको छ । जाडोयाममा पिटुनिया, बाघमुखी, डेन्थस, सिनोरिया लगायतका फूल र गर्मीयाममा जिनिया, पिताम्बर,…
Read More
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो। सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको पर्यटन मन्त्रालले बतायो । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।
Read More
‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

‘बालबालिका शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन्’

२७ माघ,टीकापुर । बालबालिकाले शिक्षकसित साथीजस्तै व्यवहार खोज्छन् । विद्यार्थीलाई पढाइसँगै उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई उजागर गरी क्षमता विकास गर्ने काम शिक्षकबाटै हुने भएकाले परिवारका सदस्यसँग गरिने व्यवहार शिक्षकसँग खोजिरहेका हुन्छन् । कालिका आधारभूत विद्यालयकी शिक्षिका शान्ति काफ्ले साना बालबालिकाले अझ बढी स्नेह खोज्ने बताउनुहुन्छ । “बालबालिकालाई असल मार्ग देखाउने, सपना देखाउने काम परिवार, साथी, विद्यालय, आफन्त सबैले गर्छन्”, उहाँ भन्नुहुन्छ, “शिक्षकले त भविष्य देखाउनुपर्छ । आमाको काखबाट विस्तारै विद्यालय आउने बालबालिका शिक्षक पनि आमाजस्तै माया गरुन भन्ने चाहन्छन् ।” काफ्लेले साना नानीबाबु काखमै निदाउने, घरजस्तै वातावरणमा खान र खेल्न खोज्ने बताउनुभयो । “आजभोलि तीन वर्ष पार नगर्दै बालबालिकालाई विद्यालय…
Read More
Page 412 of 452
1 … 410 411 412 413 414 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.