बुटवलमा पशु बधशाला सञ्चालनको तयारी
१ फागुन,बुटवल । बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको पशु बधशाला सञ्चालनमा आउने भएको छ । बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीचमा सहमति भएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । बधशाला सञ्चालनको जिम्मेवारी सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा अनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई दिइनेछ । यसका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने उहाँको भनाइ छ । बधशाला निर्माण र सञ्चालनमा बाख्रापालक किसानदेखि व्यवसायीसम्म साझेदार छन् । कानुनी हिसाबलेसमेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसबाट…
