समाज

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

२८ फागुन,नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल)ले जानकारी दिनुभयो । करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा विभिन्न प्रयोजनका लागि २५ कोठा रहने जनाइएको छ । जिसस प्रमुख यादवले कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न भएपछि कार्यालयबाट हुने सेवा प्रवाह सहज पुग्ने विश्वास लिनुभएको छ । करिब एक वर्ष छ महिनाभित्र प्रशासनिक भवन निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको हो । उक्त…
Read More
एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

एक्यापको क्षेत्र स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने माग

२८ फागुन,अन्नपूर्ण (कास्की) । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को क्षेत्र स्थानीय पालिकाले उपयोग गर्न पाउनुपर्ने एक्यापभित्रका पालिकाहरूले माग गरेका छन् । शनिबार कास्कीको माछापुच्छ«े गाउँपालिकामा आयोजित समन्वयात्मक कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्षहरूले यस्तो माग गरेको हुन् । माछापुच्छ«े गाउँपालिकाको संयोजनमा एक्यापभित्र पर्ने १५ पालिका प्रमुख र उपप्रमुखहरू भेलाले छ बुँदे माग गरेका छन् । माछापुच्छे«का अध्यक्ष मीनबहादुर गुरुङले एक्यापको म्याद थप्न नहुने बताउनुभयो । उहाँका अनुसार दुई वर्षदेखि एक्यापको म्याद थपिएको छैन । अब एक्यापको क्षेत्र स्थानीय तहले प्रयोग गर्न पाउनुपर्ने उहाँले बताउनुभयो । स्थानीय सरकारको प्रमुख आयस्रोत नै प्राकृतिक क्षेत्र भएको लमजुङको क्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताउनुभयो । तर…
Read More
‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

२८ फागुन,सुदूरपश्चिम । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ । सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ । फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा…
Read More
धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुुरस्कृत

धवल पुरस्कारबाट साहित्यकार पन्थी र गैरे पुुरस्कृत

२८ फागुन,रामपुर (पाल्पा) । धवल पुस्तकालय तानसेन पाल्पाले प्रदान गर्दै आएको धवल दीर्घ साधना पुरस्कार वरिष्ठ साहित्यकार शशि पन्थी र धवल सिर्जना पुरस्कार कृष्ण उपन्यासका लेखक डा शङ्करप्रसाद गैरेलाई अर्पण गरिएको छ । सो पुरस्कारको राशी नगद रु २५ हजारसहित सम्मानपत्र रहेको छ । सांसद ठाकुरप्रसाद गैरे, सो पुस्तकालयका अध्यक्ष युवराज पौडेल, महासचिव राजेशकुमार अर्याललगायतले शनिबार आयोजित कार्यक्रममा संयुक्त रुपमा साहित्यकारद्वयलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा पुस्तकालयको उन्ननयमा अतुलनीय योगदान दिनुभएका शिक्षाविद् बुद्धिप्रसाद शर्मा र पुस्तकालयमा कार्यरत द्वारिकाप्रसाद शर्मालाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रममा सांसद गैरेले धवल पुस्तकालय नेपालकै पुरानै पुस्तकालय भएकाले युग सुहाउँदोरूपमा आधुनिकीकरण गर्दै…
Read More
ब्यक्तिगत खर्चमा बालविकास कक्षा सञ्चालन

ब्यक्तिगत खर्चमा बालविकास कक्षा सञ्चालन

सागर परियार २६ फागुन, राजपुर । बर्दियाको राजापुर नगरपालिका वडा न ७ बाजुरा टोलमा व्यक्तिगत खर्चमा बालविकास कक्षा सञ्चालन गरिएकाे छ । बालविकास कक्षा आशमानी चौधरीले व्यक्तिगत खर्चमा सञ्चालन गरी राख्नु भएकाे छ । उहाँले भन्नुभयाे, 'आफुले यो जिम्मेवारी लिनुभन्दा पहिले एक जना महिला दिदीले बालविकास कक्षा सञ्चालन गरी राख्नु भएकाे थियाे।' उहाँले थप्दै भन्नुभयाे, यहाँ केही पनि थिएन, आफैँ केही दिन सडकमा राखेर बालबालिका पढाएको र पछि सत्तार फारममा भएको बेवारिसे गौशालाको जस्तापात तथा फलामका खम्बा त्यहीबाट ल्याएर भित्ता बेर्ने खरिया, माटो पटानी ज्याला मजदुरी आफैँले दिएर यो भवन निर्माण गरेकाे छु।' आफुले २ वर्ष देखि पढाउदै आउँदा सुरु…
Read More
पातारासीका आलु किसानलाई राहत

पातारासीका आलु किसानलाई राहत

२६ फागुन,जुम्ला ।  सहकारी संस्थाले गाउँमै पुगेर आलु खरिद गरेपछि जुम्ला पातारासी गाउँपालिका किसानलाई बजारीकरणमा सहज भएको छ । आलु उत्पादनका लागि राम्रो ठाउँ मानिने पाताराासीमा हिमालयन सहकारी संस्थाले किसानका घरै पुगी आलु खरिद गरेपछि बजारीकरणमा सहज भएको हो । सडक सञ्जाल जोडिनुपूर्व यहाँका महिला पैदलयात्राबाट जुम्ला सदरमुकाम खलङ्गा पुगेर धानसँग आलु साट्ने गर्दथे । तर अहिले भने गाउँमै प्रतिकेजी रू २५ मा आलु धमाधम बिक्री भइरहेको स्थानीय मायादेवी बुढाले बताउनुभयो । घरबाटै आलु बिक्री गर्न पाउँदा किसानलाई सहज भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाको भनाइ छ । “सहकारी संस्थाले गाउँसम्म पुगेर आलु खरिद गरेपछि महिलालाई डोको बोकेर बजार खोज्नुपर्ने…
Read More
मासिँदै सिमल, लोप हुँदै गिद्ध

मासिँदै सिमल, लोप हुँदै गिद्ध

२६ फागुन,गलेश्वर । हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ । विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो । सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए । “वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै सिमल सखाप भए’’, म्याग्दी डिभिजनल वन कार्यालयका निमित्त अधिकृत चन्द्रमणि सापकोटाले भन्नुभयो, “अहिले सिमल कमै मात्र देख्न पाइन्छ ।” सिमल बहुउपयोगी वनस्पति हो । समुद्री सतहबाट एक हजार चार सय मिटरको उचाइमा पाइने यो रुखलाई अङ्ग्रेजीमा सिल्क–कटन ट्री, रेड–कटन ट्री, कटन ट्री पनि भनिन्छ । औषधीय गुण भएको…
Read More
कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

कालीकोटमा उत्पादन हुने कृषि बाली पहिचानसहित बजारीकरण गरिने

२६ फागुन,मान्म । कालीकोटमा उत्पादन हुने अर्गानिक कृषि बालीलाई पहिचान दिइने भएको छ । जिल्ला कृषि विकास कार्यालय कालीकोटले यहाँ उत्पादन हुने कालोमार्सी चामल, बेसार, स्याउलाई छुट्टै पहिचानसहित बजारीकरणमा सहयोग गर्ने भएको हो । पहिचानसहित बजारीकरण गर्दा सहज हुने कार्यालय प्रमुख बालकराम देवकोटाले बताउनुभयो । “कालीकोटमा उत्पादन हुने कृषि वस्तुको एकद्वार प्रणालीमा बिक्री वितरण नहुँदा पहिचानसमेत हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँ उत्पादन हुने कृषि उपजका वस्तु पहिचान दिएर बिक्री वितरण गर्ने व्यवस्था मिलाउँदै छौँ ।” किसानले उत्पादन गरेका वस्तुको उत्पादनस्थलदेखि तीन किलो मिटरसम्म लागि ढुवानीको व्यवस्था कार्यालयले गर्ने प्रमुख देवकोटाको भनाइ छ । “ढुवानीसँगै उच्च मूल्यका कृषिजन्य वस्तु ठूला…
Read More
एक्काइस हजार महिलालाई हस्तकला सीप

एक्काइस हजार महिलालाई हस्तकला सीप

२६ फागुन,गण्डकी । हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । संस्थाले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएको छ । महिलाको सशक्तीकरण, आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । “अहिलेसम्म २१ हजार बढी महिलालाई सीप सिकाएर घरघरमा पठाएका छौँ, कोही आफैँ उद्योग खोलेर…
Read More
अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

अमरगढी नगरपालिकालाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

२६ फागुन,डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिकालाई विपत्का बेला आवश्यकपर्ने २७ प्र्रकारका खोज तथा उद्धारका सामग्री हस्तान्तरण गरिएको छ । भूकम्पीय जोखिममा रहेको जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई आगो नियन्त्रण, खोज तथा उद्धारका लागि आवश्यक सामग्री उपलब्ध गराइएको हो । आगो नियन्त्रणका लागि आवश्यक २७ प्रकारका सेफ्टी उपकरण र अमरगढीका वडा नं ५ र ७ लाई खोज तथा उद्धारमा आवश्यक ४५ प्रकारका सामग्री उपलब्ध गराइएको हो । अमरगढी नगरपालिका वडा नं ५ र ७ मा सञ्चालित युएसआइडीको सुपर परियोजनाले रू २९ लाख ७५ हजार पर्ने आगो नियन्त्रक र खोज तथा उद्धारका सामग्री उपलब्ध गराएको हो । आगो नियन्त्रणका लागि फाइयर फाइटिङ सुट,…
Read More
Page 368 of 452
1 … 366 367 368 369 370 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.