रोकिएन डढेलो र लाथ्रा काटिने क्रम
१६ चैत,महोत्तरी । फागुन मध्यदेखि नै महोत्तरीका वनक्षेत्रमा सुरु भएको डढेलो रोकिएको छैन । वनक्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा देखिन्छन् । लगातारको डढेलो र भर्खरका लाथ्रा (कलिला रुख) काटिने क्रम नरोकिँदा वनमा नयाँ बिरुवा देखिन छाडेका छन् । “डढेलोको पहिलो चपेटामा पर्ने नयाँ बुट्यान (भर्खरका बोट, लाथ्रा) हुन्, अनि रुख काट्न वन पस्नेको निशानामा पनि यिनै लाथ्रा पर्छन्” वनक्षेत्र नजिकको गौशाला–८ बेलगाछीका सामाजिक कार्यकर्ता मीन रहपालले भन्नुभयो, “वनमा नयाँ र भर्खरका लाथ्रा देखिन छाडेका छन् ।” वनक्षेत्रमा धेरैजसो नयाँ बिरुवा साल (साखु) का रुख हुने भएकाले यिनै रुख तथा बिरुवा विनाश हुने गरेका छन् । यहाँका…
