समाज

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

दन्त चिकित्सामा पारोको प्रयोग घट्यो

१६ चैत,काठमाडौँ । दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त (पारोमुक्त) दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको प्रयोग घटेको उल्लेख गरेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आज यहाँ गैरसरकारी संस्था स्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका निर्देशक रामचरित्र साहले दन्त चिकित्समा पारो अमलमको प्रयोग उल्लेखमात्रामा घटेको जानकारी दिनुभयो । उहाँले प्रयोग घट्नु सकारात्मक भए पनि छ दशमलव ३८ प्रतिशत दन्त चिकित्सा स्वास्थ्य संस्थाले अझै पनि पारोको प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “९३ दशमलव ६२ प्रतिशतले पारोको प्रयोग गर्ने गरेका छैनन्, जुन निकै सकारात्मक परिणाम हो ।…
Read More
चार हजार तीन सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

चार हजार तीन सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

१६ चैत,काबुल । इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी घर फर्किएका छन् । दुई साताअघि छिमेकी राष्ट्र पाकिस्तानबाट पनि तीन हजार अफगान शरणार्थी घर फर्किएका थिए । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले आज जारी विज्ञप्तिअनुसार बितेका छ महिनमा तीन लाख शरणार्थी इरानबाट स्वदेश फर्केका छन् । अफगानिस्तानमा शरणार्थी फिर्तीको प्रक्रिया जारी छ । इरान र पाकिस्तानमा दर्ता भएका २५ लाखभन्दा बढी अफगान शरणार्थीले आश्रय लिँदै आएका छन् । अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कन आह्वान गरिरहेको छ । देशको शासन सम्हालेपछि तालिवान सरकारले मातृभूमिको सेवामा आउन उनीहरूलाई आग्रह पनि गर्दै आएको छ…
Read More
करेन्ट लागेर मृत्यु

करेन्ट लागेर मृत्यु

१६ चैत,सिन्धुली । सुनकोशी गाउँपालिका–४ फलामेचौरमा करेन्ट लाग्दा आज एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । करेन्ट लागेर १२ वर्षीय दिपेश श्रेष्ठको मृत्यु भएको र उनका बाबु ४० वर्षीय फत्तबहादुर श्रेष्ठ गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो । गम्भीर घाइते हुनुभएका श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको…
Read More
सर्वसाधारणका लागि पौडी पोखरी खुला

सर्वसाधारणका लागि पौडी पोखरी खुला

१६ चैत,काठमाडौँ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको ‘आउटडोर’ पौडी पोखरी सर्वसाधारणका लागि खुला गरिएको छ । आजदेखि सुरु भएको उक्त पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जानकारी दिनुभयो । दैनिक तीन सेवामा पौडी पोखरी सञ्चालन हुनेछ । पहिलो सेवा बिहान १०–१२ बजे, दोस्रो अपराह्न १–३ बजे र तेस्रो ४–७ बजेसम्म सञ्चालन हुनेछ । व्यक्तिगतका लागि प्रति सिफ्ट रू दुई सय, मासिक रू चार हजार, त्रैमासिक रू १० हजार, प्रशिक्षणसहित प्रतिमहिना रू पाँच हजार र प्रशिक्षणसहित त्रैमासिक रू १३ हजार शुल्क तोकिएको छ । गत वर्ष सिजनमा करिब ५० हजारले पौडी खेलेका थिए…
Read More
तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

१६ चैत,गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो । चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गर्नुभएका उहाँले अहिले रू तीन करोडभन्दा बढी सम्पत्ति आर्जन गरिसक्नुभएको छ । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको…
Read More
वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल

वन्यजन्तुबाट बालीनाली जोगाउनै मुश्किल

१६ चैत,काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पु¥याउँदै आएको छ । जङ्गल छेउका खेतमा एक रातमै करिब दुई-तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि स्थानीय कृषक चिन्तित बनेका छन् । केही दिनदेखि बँदेल आतङ्कका कारण राति खेत कुर्नुपर्ने बाध्यता आउन थालेको स्थानीय बुद्धिबहादुर थापाले बताउनुभयो । “राति बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पु¥याइएसके, अब रातभर पाले बस्नुपर्ने जस्तो देखियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार नगर तथा जिल्लास्थित निकायमा बालीमा क्षति पु¥याएको तथा रोकथामका लागि मौखिक जानकारी गराइएको छ । पीडित कृषक अब लिखितरुपमा माग गर्ने तयारीमा छन्…
Read More
कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

कालिका भगवती मन्दिर परिसरमा भजनगृह निर्माण

१६ चैत,खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढीस्थित कालिका भगवती मन्दिर परिसरमा धर्मशाला निर्माण थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा पर्ने उक्त चारतले धर्मशालामा २० कोठा र एउटा सभाकक्ष बनाइने छ । विसं २०७४ चैत१५ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको महापुराणबाट सङ्कलन भएको रु ६० लाखमध्ये खर्च गरेर बाँकी रहेको रु ४२ लाख बैंकमा जम्मा गरिएकोे र सोको ब्याजसहित रु ५६ लाखको लागतमा धर्मशालाको निर्माण थालिएको भवन निर्माण उपभोक्ता समितिले जनाएको छ । धर्मशाला बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले शिलान्यास गर्नुभएको थियो । धर्मशालाका लागि अपुग बजेट नगरपालिका र प्रदेश तथा सङ्घीय सरकारबाट जुटाइने मझुवागढी…
Read More
‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

‘मिटरब्याजीको पीडामा मलहम लगाउ सरकार’

१६ चैत,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मिटरब्याजी पीडितहरु साहुको ऋणको भारका साथै शारीरिक र मानसिक रुपमा पीडित रहेको भन्दै उनीहरुको पीडालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले पीडितहरुलाई चाँडो न्याय दिलाउन वार्तामार्फत समाधान खोज्न सरकार समक्ष आग्रह गर्नुभएको हो । सांसद जयन्तीदेवी राईले मिटरब्याजी पीडितको समस्यालाई गम्भीरतापूर्वक लिँदै वार्ता र संवादका माध्यमबाट तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद नन्दा चपाइले जनताको विकास निर्माणको चाहनालाई दलहरुले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो । उहाँले जनचाहना अनुरुप गणतन्त्रको संस्थागत विकास र विसकास र समृद्धिको आभाष दिलाउन नेताहरुले गम्भीरता देखाउनुपर्नेमा जोड दिनुभयो ।…
Read More
राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

राष्ट्रियसभा : रासायनिक मल कारखाना स्थापना गर्न माग

१६ चैत,काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा मिटर ब्याजपीडितको समस्या समाधान गर्न र पीडकलाई अपराधी घोषणा गर्दै फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ । राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर सांसद मायाप्रसाद शर्माले मिटरब्याजको विषय सामन्ती राज्यप्रणालीको अवशेषका रुपमा रहेकाले त्यसलाई कानुनी र व्यावहारिक दुवै तवरले हल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिटरब्याजीलाई कारबाही कहिले गर्ने भन्दै सरकारसँग प्रश्न गर्नुभयो । सांसद शर्माले केशर पुस्तकालयमा रहेका पुराना र महत्वपूर्ण पुस्तक संरक्षणमा सम्बद्ध निकायले ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो । सांसद कमला पन्तले सहकारी संस्थाको ज्यादतीका कारण मानिसले अकालमा ज्यान फाल्नुपरेको तथ्य प्रस्तुत गर्दै समस्या समाधानका लागि आग्रह…
Read More
पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

पाटेबाघले मार्‍यो आधा दर्जन पशुचौपाया

१६ चैत,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ । निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिनुभयो । पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भैँसी मारेको थियो ।
Read More
Page 321 of 452
1 … 319 320 321 322 323 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.