समाज

प्लास्टिकजन्य सामग्री पशुपतिमा नलैजान अनुरोध

प्लास्टिकजन्य सामग्री पशुपतिमा नलैजान अनुरोध

१५ चैत,काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाएको छ । उक्त सरसफाइ अभियान शनिबार बिहान ८ देखि १० बजेसम्म चल्दै आएको र उक्त अभियानमा…
Read More
प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

प्राङ्गारिक मल प्रयोग गर्न सुझाव

१५ चैत,तुलसीपुर । तुलसीपुरमा माटोको जाँच गर्दा पिएच अम्लिय छ दशमलव तीन भन्दा कम रहेको पाइएकाले बालीमा प्राङ्गारिक मल प्रयोग गर्न सुझाव दिइएको छ । उपमहानगरपालिकाका विभिन्न स्थानको करिब सात सय ५० नमूनाको परीक्षण गर्दा माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेको पाइएको हो । तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले अहिले तुलसीपुरका माटोको अम्लियपन छ दशमलव तीन भन्दा कम रहेकाले उत्पादन घटिरहेको भन्दै प्राङ्गारिक मल हाल्न सुझाव दिएको बताउनुभयो । “अहिले तुलसीपुरको माटोको अम्लियपन घटिरहेको छ । यसले उत्पादन पनि घटिरहेको छ”, उहाँले भन्नुभयो । प्रमुख गौतमले माटोमा नाइट्रोजन, प्राङ्गारिक पदार्थ, फसफोरसको मात्रा कमी रहेको पाइएको बताउनुभयो…
Read More
मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

मेलम्चीको पानी वितरण हुने पाइपको परीक्षण आधा सकियो

१५ चैत,काठमाडौँ । मेचम्ची खानेपानी वितरणका लागि विच्छ्याइएको नयाँ पाइपमध्ये आधाभन्दा बढीमा परीक्षण सकिएको छ । कूल एक हजार १० किमी पाइपमध्ये हालसम्म पाँच सय ७६ किमीमा परीक्षण सकिएको र बाँकीको परीक्षण भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । आगामी असार मसान्तसम्ममा सबै परीक्षण सकाउने लक्ष्य रहेको निर्देशनालयका सूचना अधिकारी चन्द्रकुमार पन श्रेष्ठले बताउनुभयो । “काठमाडौँको भित्री भागमा अहिले परीक्षण भइरहेको छ”, उहाँले भन्नुभयो, “बिष्णुमतिबाट पूर्व र टुँडिखेलबाट पश्चिम क्षत्रेमा टेकुदेखि माथिल्लो भागमा परीक्षण बाँकी छ ।” उहाँका अनुसार गौशाला, कोटेश्वर क्षेत्रमा परीक्षण भइसकेको छ भने बानेश्वर क्षेत्रमा, कलङ्की–बल्खु क्षेत्रमा पनि परीक्षण भइरहेको निर्देशनालयले जानकारी दिएको…
Read More
सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु

१५ चैत,काठमाडौँ । काठमाडौँको बौद्धमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको छ । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा मङ्गलबारदेखि बौद्धको तारागाउँ सङ्ग्रहालयमा सप्ताहव्यापी ‘नेपाल–भारत कला प्रदर्शनी’ सुरु भएको हो । उक्त कला प्रदर्शनीको भारतीय राजदूतावास, काठमाडौँका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले कला प्रदर्शनीले नेपाल भारतबीचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । सो प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतको मित्रता झल्काउने तथा दुई देशका स्मारकसम्बन्धी तयार पारिएका ३८ कलाकृति राखिएका छन् । उक्त कला प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।
Read More
अनुदानमा पाएको मकैको बिउ उम्रिएन

अनुदानमा पाएको मकैको बिउ उम्रिएन

१५ चैत,झापा । मेचीनगर नगरपालिकाले किसानलाई अनुदानमा वितरण गरेको मकैको बीउ नउम्रिएपछि किसान आक्रोशित बनेका छन् । पालिकाको कृषि शाखाले १५ दिनअघि ११ टन रामपुर कम्पोजिट जातको मकैको बिउ नगरका १५ वटै वटाका किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । मेचीनगर नगरपालिकाका कृषि शाखा प्रमुख टेकेन्द्र प्रधानले एकाध किसान मकैको बिउ नम्रिएको गुनासो लिएर आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै किसानले लैजानु भएको बिउ नम्रिएको होइन, विभिन्न लटमा बिउ वितरण गरिएको थियो । त्यसमध्ये एक लटको मकैको बिउमा उमार शक्ति नभएको पाइयो ।” नगरमा गुनासो लिएर आउने किसानलाई पुनः बिउ दिएर पठाइने गरेको उहाँको भनाइ छ । उहाँले…
Read More
चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

१५ चैत,गलकोट । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ । चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी यहाँ आउने समितिले जनाएको छ । मन्दिरमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । गुठी व्यवस्थापन समितिले…
Read More
चैतेदशैँमा दर्शनार्थी घुइँचो

चैतेदशैँमा दर्शनार्थी घुइँचो

१५ चैत,बैतडी । चैतेदशैँको अवसरमा बैतडीका धार्मिक तथा पर्यटकीयस्थल आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । यहाँका शक्तिपीठमा बलिसहित विषेश पूजाआजा हुने गरेकोले बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको स्थानीय दीपेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । यहाँको प्रसिद्ध निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती मन्दिरमा पशु बलिसहित पूजाआजा भइरहेको छ । यस्तै डिलाशैनी, कफलाशैनी सिगास, महारुद्र, अनिरुद्र, शिवनाथ, दोगडाकेदार, वासुलिङ, भूमिराजलगायतका मन्दिरमासमेत जात्रा लाग्ने गर्दछ । नवरात्र सुरु भएदेखिनै यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी पुग्ने गरेका थिए । चैतेदशैँका दिन आज बलिसहित जात्रा हुने भएकाले बिहानैदेखि भक्तजनको भिड रहेको निङग्लाशैनी मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । बसाइँसराइ गरेर गएका पनि चैतेदशैँमा पूजापाठका…
Read More
स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

स्कुलमा ‘खेल्दै पढ्दै’ विद्यार्थी

१५ चैत,भरतपुर । चितवनको न्यू होराइजन स्कुलले विद्यार्थीका लागि ‘खेल्दै पढ्दै’ कार्यक्रम सञ्चालन गरेको छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित स्कुलका विद्यार्थीलाई ‘कार्यमा आधारित सिकाइ’(एक्सन बेस लर्निङ) मा पठनपाठन सुरु गरिएको हो । ‘एक्सन बेस लर्निङ’को अवधारणाबाट विद्यार्थीले धेरै छिटो सिकेको र लामो समयसम्म सम्झन सक्ने भएकाले यो सिाइ पद्धति प्रभावकारी देखिएको स्कुलका अध्यक्ष श्रीधर घिमिरले बताउनुभयो । यस सिकाइ पद्धतिलाई स्कुलेले वर्षभरि नै नियमित क्रियाकलापका रूपमा अघि बढाउने उहाँले जानकारी दिनुभयो ।टाक्स नेपालका प्रमुख अर्जुन भट्टले विद्यार्थीहरु परम्परागत शैलीमा पढाउँदा खुसी नभएको पाएपछि रमाइलो तरिकाले पढाउने अवधारणा ल्याइएको बताउनुभयो । कक्षामा विद्यार्थीलाई शारीरिक रूपमा निष्क्रिय बनाइ मानसिक रूपमा मात्र सक्रिय…
Read More
भारतीय तरकारीमा निर्भर भान्सा

भारतीय तरकारीमा निर्भर भान्सा

१५ चैत,काठमाडौँ । कुनै समय थियो हामीलाई आफ्नै खेतबारीमा उत्पादित तरकारीले पुग्थ्यो । मकै, चामल, गहुँदेखि मौसमी तरकारी र फलफूल सायदै किन्न पर्दथ्यो । भान्सामा केही सीमित वस्तुबाहेक कृषिजन्य उत्पादनको आयात आवश्यक थिएन ।तर पछिल्लो समय कृषि प्रधान देश नेपालमा कृषिजन्य उत्पादन घट्दो र आयात बढ्दो अवस्थामा गएको देखिन्छ । फलस्वरुप हाम्रो भान्सामा भारतीय तरकारीले हिस्सा बढाउँदै लगेको तथ्याङ्ले देखाउँछ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा करिब एक वर्षको अवधिमा भित्रिएको तरकारी तथा फलफूलको हिस्सा हेर्ने हो भने हामी पूर्णरुपमा भारतीय बजारमा निर्भर हुँदै गरेको प्रष्ट हुन्छ । हामीले दैनिक खाने तरकारी तथा फूलफूलमा भारतीय बजारको तरकारी र…
Read More
कर्णालीमा भोलि बिदा

कर्णालीमा भोलि बिदा

१५ चैत,कर्णाली । कर्णाली प्रदेश सरकारले प्रदेशमा भोलि सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैत १६ गते बिहीबार शुक्ल नवमी (राम नवमी)का अवसरमा कर्णाली प्रदेशका दशवटै जिल्लामा सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताउनुभयो । कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।
Read More
Page 324 of 452
1 … 322 323 324 325 326 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.