समाज

अकला गुफाको संरक्षणमा चासो

अकला गुफाको संरक्षणमा चासो

२५ चैत,त्रिवेणी । जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्नसक्ने अकला गुफाको संरक्षणमा चासो दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रअन्तर्गत पर्ने बौदीकाली गाउँपालिका–२ डेढगाउँमा रहेको अकला गुफाको संरक्षणमा अकलादेवी गुफा तथा मन्दिर व्यवस्थापन समितिले हालैमात्र पहुँचमार्गका रुपमा बाटो निर्माण गरेको छ । पर्यटनको सम्भावना बोकेको अकला गुफाको संरक्षण नहुँदा यसै ओझेलमा परेको थियो । हाल समितिको पहलमा अकला मन्दिरदेखि अकला गुफासम्म जाने करिब एक सय ५० मिटर लम्बाइको बाटो निर्माण गरिएको समितिका अध्यक्ष टङ्क पुलामीले बताउनुभयो । गुफासम्म पुग्ने बाटो नै हराउँदै जाँदा मन्दिरमा आएका पर्यटक सहजरुपमा गुफासम्म जान सकिरहेका थिएनन् । यसले गर्दा अकला गुफा ओझेलमा पर्दै आएकोमा…
Read More
बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

२५ चैत,बेदकोट । कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो । “पछिल्लो केही दिनयता बाघको बिगबिगी भयो, बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले बाघ देखिएको ठाउँमा क्यामेराले निगरानी गरिरहेका छौँ, एक साता हेर्छौं कस्तो नतिजा आउँछ, नभएपछि अर्को ठाउँमा क्यामेरा सार्छौं ।” उहाँका अनुसार पुर्नर्वास–११ को गङ्गा जमुना सामुदायिक वन क्षेत्र, सोहीसँग जोडिएको धनगढी उपमहानगरपालिका–३…
Read More
व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

२५ चैत,भोजपुर । व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । विदेशमा १५ वर्ष बिताउनुभएका राउतले स्वदेश फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभएको हो । उहाँले टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बाख्रा फार्म सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सञ्चालन गरेको हितेश बाख्रा फार्ममा एक सय ५० बाख्रा छन् । विदेशमा लामो समय बिताउँदा पनि जीविकोपार्जनमा समस्या भएपछि स्वदेश फर्केर १० वर्षदेखि बाख्रा पालन गर्दै आएको राउतले बताउनुभयो । “तीन देशमा गरी मैले १५ वर्ष विदेशमा बिताए । धेरै मेहनत गर्दा पनि सोचेजस्तो आम्दानी गर्न सकिनँ । विदेशमा दुःख गर्नु भन्दा स्वदेशमै गर्छु भनेर…
Read More
नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

नुवाकोटमा सिन्दुरे जात्रा मनाइँदै

२५ चैत,त्रिशूली । नुवाकोटको ऐतिहासिक भैरवी वर्ष बन्धन–२०७९ को विशेष दिन आज सिन्दुरे जात्रा मनाउन लागिएको छ । जात्राको मुख्य एवं विशेष दिन आज अपराह्न ३ बजेपछि विदुर नगरपालिका–२ भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाउन लागिएको हो । गत बिहीबार मध्यरातमा देवीघाटस्थित जालपादेवी मन्दिर नुवाकोटका ८५ वर्षीय धामी हरिमानसिंह डङ्गोल र ८३ वर्षीया धमिनी ज्ञानुमायाँ डङ्गोल आज बिहान धरमपानी पुग्नुभएको छ । ्भैर रवी वर्षबन्धन–२०७९ को सिन्दुरे जात्राका लागि लच्याङका ३२ नोले, ६० डोकेको नेतृत्वमा स्थानीय, जात्रालु, तीर्थालु एंव सुरक्षाकर्मीसहितले जालपादेवी मन्दिर देवीघाटमा पु¥याइएको भैरवीदेवीको रथ शुक्रबार साँझ ‘फिर्ती सवार’ गराएर आज बिहानीपख धरमपानीमा पु¥याइएको…
Read More
घरपायक सरकारी सेवाले गाउँले खुसी

घरपायक सरकारी सेवाले गाउँले खुसी

२५ चैत,पाँचथर । याङवरक गाउँपालिका र गाउँपालिका–३ कार्यालयले बिहीबार वडाको सामाङ्खुमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा गाउँपालिकाका सबै सेवा पाउँदा सेवाग्राही दङ्ग देखिन्थे । आफ्नो स्वास्थ्य परीक्षण, सिफारिससहित कागजात निर्माण, बालीनाली र पशुपंक्षीका समस्या समाधान गर्न सेवाग्राहीलाई चटारो थियो ।निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गले जोडेको स्थान भए पनि यहाँका सेवाग्राही करिब एक घण्टाको दूरीमा रहेको गाउँपालिकाको केन्द्र थर्पु पुगेर सेवा लिन नसकेको घुम्ती शिविरको भीडले देखाउँथ्यो । सामाङ्खुका हङ्शबहादुर सेलिङले एकैसाथ सागसब्जीको बीउविजन, गाई र बाख्रालाई भिटामिन, औषधि र आफ्ना लागि सामान लिनुभयो । सडकसँगै घर रहे पनि थर्पु पुगेर सेवा लिन हङ्शबहादुर अझै तयार हुनुभएको थिएन । “सबै सेवा यसरी…
Read More
बागमती पुल निर्माण आगामी वर्षबाट

बागमती पुल निर्माण आगामी वर्षबाट

२५ चैत,काठमाडौँ । पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत प्रक्रिया अघि बढाइएको तीनकुनेस्थित बागमती पुलको काम आगामी आर्थिक वर्षबाट सुरु हुने भएको छ । झण्डै एक दशकपछि पुनः नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन लागिएको हो । चालु आवमा डिजाइन सकाएर अर्काे वर्ष लाग्नासाथ निर्माणमा जाने योजना बनाइएको हो । केही समय पहिले ‘होल’ खोपेर माटो परीक्षण गरिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कस्तो पोल राख्ने भनेर माटो जाँच भएको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । कस्तो पुल बनाउने, कुन कुन संरचना कहाँ र कसरी गर्ने भनी डिजाइन भइरहेको उहाँले बताउनुभयो । काम सुरु गर्नुअघि यसअघि सो पुल…
Read More
महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

महिला सक्रियतामा भजन : हट्दै अल्छीपन, हलुङ्गिदै मन

२५ चैत,रामपुर (पाल्पा) । अधिकांश भजनकिर्तनमा पुरुषको वर्चस्व पाइन्छ । पुरुष समूहमा सहभागी भएर विभिन्न स्थानमा भजन गाउने गर्छन् । महिला सहभागिता कमै देखिन्छ । वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ । मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउछन् । महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउनुहुन्छ । यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उहाँले बताउनुभयो । “भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै कामकाज सबेरै सकाएर भजनलाई छुट्टै समय दिइरहेको छु, वाद्यवादनको तालमा गाइएको राधेश्याम, राधेकृष्ण भजनले…
Read More
हल्का वर्षाको सम्भावना

हल्का वर्षाको सम्भावना

२५ चैत,काठमाडौँ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण देशका अधिकांश भेगमा बदली हुनका साथै अपराह्नतिर हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका कर्णाली, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँमा बिहानैदेखि आंशिक बदली रहेको छ, अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ । दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का-क्षणिक वर्षाको सम्भावना रहेको छ ।…
Read More
विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो जिन्दगी

२५ चैत,गलेश्वर । बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्नुहुन्छ । उहाँमा युवाको जस्तै जोस र जाँगर कायमै छ । करिब ३५ वर्ष अघि मलेशिया जानुभएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताउनुभयो । मलेशिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उहाँ गाउँ फर्किनुभयो । म्याग्दीको बेनीनगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उहाँको जीवनमा खुशीयाली…
Read More
आजबाट हरवाचरवाको अधिकार यात्रा

आजबाट हरवाचरवाको अधिकार यात्रा

२५ चैत,जनकपुरधाम । मधेस प्रदेशका मुक्त हरवाचरवाले न्यायिक पुनःस्थापनाको माग गर्दै आजदेखि पाँच दिने अधिकार यात्रा सुरु गर्दैछन् । सरकारले मुक्तिको घोषणा गरेको नौ महिना भइसक्दा पनि पुनःस्थापनाका कार्यक्रम सुरु नगरेको भन्दै सरकार र सरोकारवालाको ध्यानाकर्षणका लागि आजदेखि २९ गतेसम्म प्रदेश राजधानी जनकपुरधाम लक्षित अधिकार यात्रा सुरु गर्न लागिएको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदाले जानकारी दिनुभयो । प्रदेशका आठ जिल्लामध्ये सप्तरी, सिरहा, सर्लाही, धनुषा क्षेत्रलाई समेटेर सप्तरीको राजविराज र बारा, पर्सा, रौतहट तथा महोत्तरी क्षेत्रलाई समेटेर वीरगञ्जबाट दुई समूहमा यात्रा सुरु भई जनकपुरधाम पुग्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । “सरकारले यही वर्ष साउन २ गते मुक्तिको घोषणा ग¥यो,…
Read More
Page 304 of 452
1 … 302 303 304 305 306 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.