गण्डकी प्रदेशमा घुम्ती चलचित्र कार्यक्रम
२५ चैत,काठमाडौँ । चलचित्र विकास बोर्डले दोस्रो चरणमा गण्डकी प्रदेशका गोरखा, लमजुङ, कास्की, पर्वत र बाग्लुङ जिल्लामा सञ्चालन गरेको घुम्ती चलचित्र तथा साक्षरता अभियान कार्यक्रम सम्पन्न भएको छ । चैतको १२ देखि २० गतेसम्म सञ्चालन गरिएको कार्यक्रम चलचित्र भवन नभएका क्षेत्रलाई लक्षित गरिएको थियो । स्थानीयवासी, समाजसेवी, जनप्रतिनिधि, व्यवसायीको उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शन गरी जागरण ल्याउन बोर्डमाफत शिक्षा र सन्देशमूलक, सामाजिक विषयवस्तु समेटिएको चलचित्र प्रदर्शन गरिएको बोर्डका अधिकृत हरिसिंह रैखोलाले जानकारी दिनुभयो । सातै प्रदेशमा चलचित्र घर नभएका स्थानीय निकाय र टोल बस्तीमा राष्ट्रियताका विषय तथा अन्य विशेष प्रकारका चलचित्र विद्यालय, कलेज तथा समुदायमा प्रदर्शन गरीएको हो । “चलचित्र…
