समाज

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

बुटवलमा राष्ट्रिय पार्क सम्मेलन आयोजना हुँदै

२९ वैशाख, लुम्बिनी । सार्वजनिक स्थानको संरक्षण हुनेगरी सुन्दर बनाइएका पार्कको व्यवस्थापनमा देखिएका नीतिगत समस्या र कानुनी जटिलताका विषयमा बहस गरी स्पष्ट कानुन बनाउनका लागि राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले बुटवलमा राष्ट्रिय पार्क सम्मेलन गरिने भएको छ । बुटवलमा यस किसिमको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएकोे सम्भवतः पहिलो हो । सम्मेलनमा देशभरका करिब एक सय पार्कबाट एक सय ५० देखि एक सय ६० जनासम्म प्रतिनिधि सहभागी हुनेछन् । बुटवलको मणिमुकुन्द सेन उद्यान र तिलोत्तमाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनवाटिका० को अगुवाइमा आगामी जेठ ६ र ७ गते आयोजना गरिने सम्मेलनको तयारीका लागि छलफल गरिएको सम्मेलनका सदस्य–सचिव अनन्त सिलवालले जानकारी…
Read More
आलेख :  पारवहन मार्ग सञ्चालनका २५ वर्ष

आलेख : पारवहन मार्ग सञ्चालनका २५ वर्ष

२९ वैशाख, झापा । नेपालको नजिकको तेस्रो मुलुक बङ्गलादेशलाई व्यापारले जोड्ने काँकडभिट्टा–फूलबारी–बङ्गलाबन्धस्थल पारवहन मार्ग खुलेको २५ वर्ष पूरा भएको छ । यस अवधिमा नेपालले बङ्गलादेशसँगको व्यापारमा रु ४५ अर्ब घाटा व्यहोरेको छ । पूर्वी नाका काँकडभिट्टाबाट ५४ किलोमिटरको दक्षिण–पूर्वमा बङ्गलादेशको सीमानाका बङ्गलाबन्ध रहेको छ । पच्चीस वर्षअघि नेपाल र बङ्गलादेशले भारतको फूलबारी नाका हुँदै काँकडभिट्टालाई बङ्गलाबन्धसँग पारवहन मार्गले जोड्ने ऐतिहासिक सम्झौता गरेको थियो । यसलाई नेपाल बङ्गलादेश पारवहन मार्गको रुपमा चिनिन्छ । भूगोलका हिसाबले नेपालभन्दा सानो बङ्गलादेशको जनसङ्ख्या भने नेपालको भन्दा चार गुणा ठूलो छ । बङ्गलादेशको अथाह बजारलाई भौगोलिकरुपमा नजिक भएर पनि नेपालले आफ्नो अनुकूल बनाउन सकेको छैन ।…
Read More
वायु प्रदूषण पुनःबढ्दै

वायु प्रदूषण पुनःबढ्दै

२९ वैशाख, काठमाडौँ । पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ । हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडाँै कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ । एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ । पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ एक सय ५० भन्दामाथि छ । स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन्…
Read More
स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

स्थानीय पाठ्यक्रमः संस्कृति जोगाउने माध्यम

२९ वैशाख ,स्वर्गद्वारी । आधारभूत तहमा पठन पाठन हुने स्थानीय पाठ्यक्रम संस्कृति जोगाउने माध्यम बनेको छ । स्थानीय तह र जिल्लाका पर्यटन, संस्कृति, रीतिरिवाज र महत्वपूर्ण विषयका बारेमा समेटिएका पाठ्यक्रमले परम्परा, संस्कार र संस्कृति जोगाउने माध्यमका रुपमा लिन थालिएको छ । प्यूठानको गौमुखी गाउँपालिकाले स्थानीय पाठ्यक्रम २०७९ को शैक्षिक सत्रबाट लागू गरेको छ । गाउँपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयमा लागू हुने गरी स्थानीय पाठ्यक्रम लागू गरेको हो । पहिलो चरणमा गाउँपालिकाले कक्षा ५ मा लागु हुनेगरी ‘हाम्रो गौमुखी’ पाठ्यक्रम लागू गरेको हो । एक वर्ष पाठ्यपुस्तकविना शिक्षकले खोज तथा समन्वयमा विषयवस्तुका बारेमा जानकारी लिइ पठनपाठन गराइएको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार…
Read More
खानेपानीको अभाव झेल्दै लखनावासी

खानेपानीको अभाव झेल्दै लखनावासी

२९ वैशाख, राँझा । बाँकेको कोहलपुर नगरपालिका–७ लखना क्षेत्रका बासिन्दा खानेपानीको अभाव झेल्दै आएका छन् । कोहलपुरको दुर्गम भनेर चिनिने लखना क्षेत्रमा जमिनको सतहबाट पानी नआउँदा किनेर खानुपर्ने बाध्यता छ । लखना गाउँमा खानेपानीको जोहो गर्ने सर्वसाधारणलाई सास्ती हुने गरेको स्थानीय सुरेश चौधरीले बताउनुभयो । “जमिनभन्दा पानीको सतह धेरै तल घट्दै गएकाले नल्कामा पानी नआउँदा खानेपानीको ठूलो समस्या भएको छ”, उहाँले भन्नुभयो । वडा नं ७ का वडाध्यक्ष ठग्गा थारुले आफ्नो वडामा मुख्य समस्या खानेपानीको रहेको बताउनुभयो । जमिनको सतहबाट पानी नआउँदा वडा कार्यालयलेसमेत जारको पानी खरिद गरेर प्रयोग गर्न बाध्य भएको उहाँको भनाइ छ । वडाको बजेटले खानेपानी योजना…
Read More
प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण

२९ वैशाख, दमौली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरको पुनःनिर्माण सुरु भएको छ । छाब्दीवाराही विकास कोषले मन्दिरको पुनःनिर्माण गर्न लागेको हो । नयाँ संरचनास्वरुप सहितको मन्दिर र तामाको छानो छाउन काम सुरु भएको विकास कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट मन्दिरको छानो तामाले छाउनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ । सोही बजेटबाट काम सुरु भएको थापाले बताउनुभयो । “कोषको सक्रियतामा मन्दिरलाई नयाँ संरचनामा निर्माण गर्न लागिएको छ, नयाँ संरचनासहितको मन्दिर र तामाको छानो छाउनका लागि रु ८० लाख बजेट अनुमान गरिएको छ”, थापाले भन्नुभयो । मन्दिरको पुनःसंरचना…
Read More
चीनले वर्षाैदेखि नाका नखाेल्दा सीमावर्ती जिल्लामा खाद्य सङ्कट

चीनले वर्षाैदेखि नाका नखाेल्दा सीमावर्ती जिल्लामा खाद्य सङ्कट

काठमाडाैं । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य सङ्कटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो । सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न सङ्कट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ । उक्त चामल सङ्कट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो । यसपछि पनि लगत्तै खाद्यान्न आवश्यक पर्ने भएकाले…
Read More
मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

मेरो सपनाको हत्याराका कारण पत्रकारिताबाट पलायन हुँदैछु

इन्दु धामी सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मिएकी म । मेरो बालापन भने भारतको उत्तराखण्डस्थित पिथौरागड जिल्लामा बित्यो । सानोमा आफ्नो हजुरबुवा र हजुरआमासँग बसेकाले होला म रेडियोतिर निकै आकर्षित थिएँ । उहाँहरु धेरै नै रेडियो सुन्नुहुन्थ्यो । म त्यही हुन्थें, अनि रेडियो सुन्दै गर्दा मनमा विभिन्न प्रश्नहरु आउँथे । यति सानो डब्बाभित्र कसरी मान्छे अटाएको होला भनेर जान्न मन लाग्थ्यो । म पनि यसरी बोल्न सकुँला र भन्ने सोचहरु आउँथे । समय बित्दै गयो । म ६ कक्षामा पुगें । त्यसपछि आफूसँगै बसाएर छोरीको पढाइ राम्रो होला भनेर बुवाले आफू भएकै ठाउँमा अर्थात कञ्चनपुर लिएर आउनुभयो । जिल्ला सदरमुकाममै बसेर…
Read More
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ  : उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

२८वैशाख, काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । आज आफूसँग भेट गर्न आएका नेकपा ९एकीकृत समाजवादी०का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो । “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी छुट्ने छैनन्”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले यस प्रकारको ठगी सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको उल्लेख गर्नुभयो । अझ त्योभन्दा बढी यो राज्यविरुद्धकै अपराध भएको पनि उहाँको भनाइ छ । “यो भ्रष्टाचार…
Read More
‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

‘लम्पी स्कीन’बाट पशुचौपाया प्रभावित

२८ वैशाख, बागमती । मकवानपुर जिल्लामा केही दिनदेखि देखापरेको ‘लम्पी स्कीन’ रोगबाट हालसम्म ७३ गाई तथा गोरु मरेको छ ।साथै तीन हजारभन्दा वढी गाई÷गोरु तथा वाछावाछी सो रोगवाट विरामी एवम् प्रभावित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ । कार्यालयका अनुसार गत पुस १० गतेदेखि एक्कासी गाई र गोरुमा देखापरेको लम्पी स्कीन रोगबाट मकवानपुर हालसम्म जिल्लाको गढी गाउँपालिकामा ६७ गाई, इन्द्र सरोवर गाउँपालिकामा तीन गाई, र कैलाश गाउँपालिकामा तीन गाई मरेका छन् । एक्कासी गाई गोरु तथा बाछाबाछीमा ज्वरो आउने, घाउखटिरा हुने, शरीरभरि फोका हुने, खान नरुचाउने र थलापर्ने जस्तो देखिएपछि त्यसको नमुना जाँचका…
Read More
Page 242 of 452
1 … 240 241 242 243 244 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.