मध्यरातमा महिलाहरुलाई लखेट्ने को हुन् ?
६ मंसिर, काठमाडौं । महिलाहरुको समूहलाई राति बास बसेको ठाउँबाट पुरुषहरुको समूहले हटाएको एउटा भिडियो सामाजिक सन्जालमा भाइरल छ । रातिको कल्याङमल्याङ सुन्दा ती महिलाहरु इटहरीबाट काठमाडौंमा सात गतेको कार्यक्रममा सहभागी हुन आएको बुझिन्छ र पुरुषहरु बस चढाएर इटहरी नै फर्काइदिने कुरा गरेको सुनिन्छ । भिडियो सेयर गर्नेहरुले युवा संघले राति सुतिरहेका महिलाहरुलाई दुर्व्यवहार गरेको लेखेका छन् । तर युवा संघले भने त्यसको खण्डन गरेको छ । अनलाइनखबरको जिज्ञासामा युवा संघका प्रवक्ता निरोज पौड्यालले आफूहरुभित्र पनि मानवता रहेको भन्दै यस्तो खालको अराजकता युवासंघले नगर्ने बताएका छन् । ‘हामी आफैं अराजकताविरुद्धको अभियानमा छौं, यो खालको अराजक काम हामीबाट हुँदैन,’ उनले भने…
