समाज

रसुवाका संस्कृति देखाउन सांस्कृतिक समूह तयार

रसुवाका संस्कृति देखाउन सांस्कृतिक समूह तयार

२४ पाैष,रसुवा । तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रको भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई स्थानीय कला र संस्कृतिको झलक देखाउन संस्कृतिक समूह तयार गरिएको छ । यस्ता समूहले पाहुनालाई स्थानीय परिकारका स्वाद तथा नाच दुबै पस्किने छन् होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका जिल्ला सचिव फुर्पुसिङ्गी तामाङका अनुसार पाहुनालाई समूहले गतलाङको रायोसाग, मुला, सिमी, फर्सी, आलु, सिस्नुजस्ता सागसब्जीको तरकारी अनि मकै, कोदो, फापर, जौँको पिठोबाट तयार परिकार तयार गर्नेछन् । साथै तामाङ संस्कृति पाहुनामाझ देखाउने छन् । यसका देखाउन १० देखि २० जना समूहमा नाचटोली तयार गरिएको उहाँले बताउनुभयो । आगन्तुक पाहुनाको बासस्थानका लागि ११ घरबास (होमस्टे) रहेको र घुमाउनका…
Read More
सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा

सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा

२४पाैष, काठमाडाैं ।   नेपालमा पछिलो समयमा बिभिन्न अभियानहरू चलिरहेका छन् । जस मध्य एक हो,”निशुल्क सेनिटरी प्याड अभियान”। करिब डेढ बर्ष अघि देखी नेपालमा प्याड निःशुल्क देश बनाउनु पर्छ भनेर युग बृद्ध नेपालको टिम लागि परिरहेको छ। यो टिमले कहिले सडक त कहिले मन्त्रालयको ढोका ढकढकाईरहेको छ। सुरुवाति चरणमा सरकारले माग सम्बोधन गरेर विद्यालयलाई प्याड निःशुल्क बनायो। केहि बर्ष देखी स्थानिय तहमा सरकारले प्याड खरिदको लागी बजेट पठाएपनि त्यसको अन्यत्र खर्च भईरहेको थियो तर पछिलो समय यस अभियानले माहोल तताएपछि सबै स्थानिय तहले प्याड खरिद गर्न र विद्यालयलाई पठाउन थालेको छ। युग बृद्ध नेपालको टिमले अभियानलाई निरन्तरता दिदै गर्दा पछिल्लो…
Read More
एक लाख तीन हजार तीन सय पुग्यो सुनको मूल्य

एक लाख तीन हजार तीन सय पुग्यो सुनको मूल्य

२४ पाैष,काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार तीन सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले बढेर प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ ।…
Read More
खानेपानीमा मापदण्डभन्दा बढी आइरन

खानेपानीमा मापदण्डभन्दा बढी आइरन

२४ पाैष,भरतपुर । माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो । गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्रनारायण देवले बताउनुभयो । “राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढीमा शून्य दशमलव तीन एमजी आइरन हुनुपर्ने मापदण्ड छ”, उहाँले…
Read More
गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान

२४ पाैष,गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ९एन-एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसने उडान गर्न लागेको हो । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । “डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ”, उपप्रमुख अमृतादेवी कुँवरले भन्नुभयो, “विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन…
Read More
‘विसङ्गत अभिरुचि’ सार्वजनिक

‘विसङ्गत अभिरुचि’ सार्वजनिक

२४ पाैष,गण्डकी । म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ । शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुरस्कार गुठीका संस्थापक प्रेम छोटाले विमोचन गर्दै बानियाँको कृतिले नेपाली वाङ्मयको श्रीवृद्धिमा इँटा थप्ने धारणा राख्नुभयो । उहाँले सरल र कथात्मक लेखनले पुस्तकलाई पठनीय बनाएको बताउनुभयो । टिप्पणीकार रामप्रसाद सुवेदीले बानियाँको कृतिले कर्मचारी प्रशासनको विसङ्गतिलाई पर्दाफास गरेको उल्लेख गर्नुभयो । सत्यतामा आधारित र पत्यारिला घटना शृङ्खलाको रोचक प्रस्तुतिले बानियाँको लेखकीय ओज झल्काएको उहाँको भनाइ छ । मदन पुरस्कार विजेता साहित्यकार चन्द्रप्रकाश बानियाँले लेखकले संस्मरणमा निर्भिकता र इमान्दारिता प्रदर्शन गरेको बताउनुभयो ।…
Read More
शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

२४ पाैष,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८-७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबाट उपभोक्ता समितिमार्फत सडक कालोपत्र सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष घनकुमारी आलेले बताउनुभयो । कुल रु ७० लाख तीन हजार तीन सय ५६ को लागतमा सम्पन्न सडक कालोपत्र योजनामा नगरपालिकाबाट रु ४९ लाख र स्थानीय उपभोक्ताबाट रु २१ लाख तीन हजार तीन सय ५६ को साझेदारी गरेका छन् । मोटरमार्गको एक किलोमिटर सडक कालोपत्र भएपछि स्थानीयवासीलाई…
Read More
५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

५३ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप

२२ पाैष,काठमाडौँ  । बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको हो । पुस १९ सम्म वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीसँग रु ५२ खर्ब ९५ अर्ब निक्षेप रहेकोमा पुस २० गते रु ५३ खर्ब २ अर्ब पुगेको हो । गत मङ्सिरको अन्तिमसम्ममा रु ५२ खर्ब हराहारीमा रहेको निक्षेप सङ्कलन पछिल्लो समय बढ्न थालेको हो । राष्ट्र बैंकको तथ्याङ्कअनुसार वाणिज्य बैंकमा मात्रै रु ४६ खर्ब ७५ अर्ब निक्षेप सङ्कलन भएको छ । पुस २०…
Read More
क्रिकेट मैदान निर्माण अलपत्र

क्रिकेट मैदान निर्माण अलपत्र

२२ पाैष,महेन्द्रनगर । दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अघि बढाइए पनि अहिले अलपत्र अवस्थामा छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन । क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको बताउनुभयो । “त्यसपछि सोही आवमा रु ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो”, इञ्जिनीयर जोशीले भन्नुभयो, “कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै…
Read More
दार्चुलामा लोप हुनथाले भैँसी

दार्चुलामा लोप हुनथाले भैँसी

२२ पाैष,खलङ्गा । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा पछिल्लो समय भैँसी लोप हुँदै गएका छन् । कुनैबेला दार्चुलाका गाउँघरमा व्यावसायिकरुपमा भैँसीपालन गर्ने किसानले पनि अहिले पाल्न छाडेका छन् । केही वर्षअघिसम्म प्रत्येक किसानका घरमा कम्तीमा पनि दुईदेखि तीन भैँसी हुन्थे तर अहिले आएर तिनै गाउँमा भैँसी पाइन छाडेको छ । भैँसी दूध, दही, मही र मल उत्पादनका लागि राम्रो मानिए पनि पछिल्लो समयमा किसानले भैँसी पाल्न छाड्दा खेतबारीमा प्रयोग गरिने मलको अभावमा अन्नबालीमा समेत कमी आउन थालेको छ । भैँसीपालनका लागि धेरै परिश्रम चाहिने भएकाले यसप्रति किसानको आकर्षण घट्दै गएको शैल्यशिखर नगरपालिका–५ का मदनसिंह रावलको भनाइ छ । दार्चुलाका अधिकांश किसानले…
Read More
Page 434 of 452
1 … 432 433 434 435 436 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.