बोका वितरण
१५ फागुन,ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दै आएको छ । चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोक तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिनुभयो । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उहाँको भनाइ छ । नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो । तेइस जनाको निवेदन आरेकोमा १५ जनाले बाख्रा…
