ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा
१५ फागुन,गण्डकी । बागलुङको ताराखोला गाउँपालिकाले शहीद सप्ताहको अवसर पारेर आइतबार जनयुद्धका शहीद र बेपत्ताजनका २७ परिवारलाई मासिक भत्ता वितरण गरेको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले प्रति परिवारलाई मासिक रु एक हजारका दरले आठ महिनाको एकमुष्ठ भत्ता रु आठ हजार प्रदान गर्नुभएको हो । शहीद र बेपत्ताजनका परिवारलाई भत्तासँगै ‘हटकेस’ पनि वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सोही समारोहमा गाउँपालिकाभित्रका ४० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिकलाई उपहारस्वरुप ‘थर्मस’ पनि प्रदान गरिएको थियो । शहीद सप्ताहकै अवसरमा जनयुद्धका बेला बन्दी जीवन बिताएका गाउँपालिकाका १७ जनालाई सम्मान गरिएको छ ।…
