Share Icon

१५ फागुन,काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरुआत हुने आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै अब पपुवा न्युगिनीले पहिला ब्याटिङ गर्नेछ ।

लिग–२ मा २८ खेलमा १२ मा जित तथा १४ खेलमा हार बेहोरेको नेपाल २६ अङ्का साथ छैटाँै स्थानमा छ । त्यस्तै पपुवा न्युगिनी २८ खेलमा दुईमा जित र २५ खेलमा हारसहित पाँच अङ्कका साथ अन्तिम स्थानमा छ ।

लिग–२ मा स्कटल्याण्ड पहिलो स्थानमा छ भने ओमन दोस्रो स्थानमा छ । त्यस्तै नामिविया तेस्रो, अमेरिका चौथो र युएई पाँचै स्थानमा छन् ।

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल आसिफ शेख, करण केसी, आरिफ शेख, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र प्रतिश जिसी छन् ।

Facebook Comments Box

Share Icon