समाज

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, सात घाइते

२५ फागुन,रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो । सडकमा काम गर्ने मजदुर सवार रा१त १७२५ नम्बरको ट्र्याक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा परी घाइते सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ…
Read More
चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

चामलसहितका कन्टेनर एक महिनादेखि भन्सारमै

२५ फागुन,खजुरा । विश्व खाद्य कार्यक्रमले नेपाल–भारत नेपालगन्ज जमुनाह नाकाबाट भित्र्याउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले रोकिदिएको छ । समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट तीन कन्टेनरमा नेपालगञ्जसम्म ल्याइँदै थियो । चामल लिएर गत माघ १५ गते नाकामा आइपुगेका डब्लुबी ०३ डिओ १०७, डब्लुबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका भारतीय कन्टेनर एक महिनादेखि नेपालगञ्ज भन्सार कार्यालयमा थन्किएका छन् । प्रज्ञापनपत्र नम्बर २२१५ बाट ल्याइएको उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गतका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याइएको बताइएको छ । नाकामा पुगेपछि गुणस्तर जाँच गर्न चामलको नमूना…
Read More
राससका पूर्वसमाचारदाता श्रेष्ठको निधन

राससका पूर्वसमाचारदाता श्रेष्ठको निधन

२५ फागुन,काठमाडौँ । सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति (रासस) का पूर्वसमाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उहाँको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो । दुर्घटनामा शङ्खरापुर नगरपालिका–७ साँखुका ५० वर्षीय पत्रकार श्रेष्ठ र सोही नगरपालिका–९ का २२ वर्षीय हरि खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते पत्रकार श्रेष्ठको नेपाल मेडिकल…
Read More
पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल

पोखरा आउने पर्यटकको बसाइँ लम्बाउन पहल

२५ फागुन,म्याग्दी । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)द्वारा आयोजित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत बुधबार बेनीमा आयोजित कार्यक्रमका वक्ताले पोखरा आउने पर्यटकको बसाइँ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए । एक सय १३औँ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रर्वद्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताउनुभयो । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल…
Read More
ढोरपाटन पुगे नौ हजार पर्यटक

ढोरपाटन पुगे नौ हजार पर्यटक

२५ फागुन,गलकोट । यस वर्ष नौ हजार पर्यटक ढोरपाटन पुगिसकेका छन् । पर्यटकीय गन्तव्य ढोरपाटन घुम्न आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९-८० को फागुन तेस्रो सातासम्म नौ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन भ्रमणमा आइसकेको ढोरपाटन शिकार आरक्षका सूचना अधिकारी मन्दिप पङ्गेनीले जानकारी दिनुभयो । नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र अवलोकनका लागि आउने विदेशी तथा स्वदेशी पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि हुँदै गएको छ । ढोरपाटन क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदा शिकार आरक्ष कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको हो । ढोरपाटन शिकार आरक्षले विदेशी तथा नेपाली पर्यटकको आगमनको तथ्याङ्कलाई व्यवस्थित गर्दैगएको छ…
Read More
मन्त्रालयको नाम परिवर्तन

मन्त्रालयको नाम परिवर्तन

२४ फागुन,विराटनगर । कोशी प्रदेशका सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयको नाम परिवर्तन भई ‘भौतिक पूर्वाधार विकास’ मन्त्रालय कायम भएको छ । मन्त्रालयहरुको सङ्ख्या थप घट हुँदा उक्त मन्त्रालयको नाम लामो र अप्ठ्यारो भएको भन्दै पहिलेकै नाम कायम गर्न मन्त्री दुर्गाप्रसाद चापागाईंद्वारा स्वीकृत गरी प्रदेश सरकार कार्यसम्पादन नियमावलीबमोजिम मुख्यमन्त्री कार्यालयमा पत्राचार गरिएको थियो । प्रदेश सरकार (मन्त्रिपरिषद्)को मिति २०७८ साल माघ २३ गतेको निर्णयबमोजिम तत्कालीन प्रदेश नं १ को मन्त्रालय सङ्ख्या पनि विस्तार भएको थियो । त्यसैबेला साबिकको भौतिक, पूर्वाधार विकास मन्त्रालय, सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र यातायात तथा सञ्चार मन्त्रालय गरी तीनवटा…
Read More
राजस्व परामर्श समितिले थाल्यो काम

राजस्व परामर्श समितिले थाल्यो काम

२४ फागुन,काठमाडौँ । सरकारी राजस्व व्यवस्थापनबारे सुझाव दिने संयन्त्रका रुपमा रहेको राजस्व परामर्श समितिले आफ्नो काम थालेको छ । समितिले आगामी आर्थिक वर्ष २०८०-८१ को आर्थिक विधेयकमा समावेश गर्नुपर्ने राजस्वसँग सम्बन्धित नीति तथा कार्यक्रमबारे सरकारलाई सुझाव दिनेछ । राजस्व सचिवको संयोजकत्वमा राजस्व परामर्श समिति तथा विभिन्न क्षेत्रगत विधालाई समेट्ने गरी आठ उपसमितिसमेत बनाइएको अर्थ मन्त्रालयका सहसचिव एवं राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रितेश शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले आफ्नो काम सुरु गरिसकेको र चैत मसान्तभित्र सरकारलाई सुझाव प्रतिवेदन बुझाउने भएको छ । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारी, निजी क्षेत्रका छाता सङ्गठनका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय…
Read More
वन अतिक्रमण बढ्यो

वन अतिक्रमण बढ्यो

२४ फागुन,अत्तरिया । कैलालीको अत्तरिया, गोदावरी क्षेत्रमा जमिन अतिक्रमण बढेको छ । सडक किनारमा जमिन अतिक्रमण गरी बनेका टहरा भएका स्थानमा यतिबेला पक्की घर निर्माण हुन थालेका छन् । अत्तरियामा जनघनत्व बढेसँगै अतिक्रमण पनि बढेको स्थानीयको आरोप छ । कैलालीमा अत्तरिया क्षेत्रमा वन अतिक्रमण बढेको स्वीकार गर्दै धनगढी डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले अतिक्रमण रोक्ने काम वन कार्यादय एक्लैको प्रयासले मात्र सम्भव नहुने बताउनुभयो । “सो क्षेत्रमा वनको खाली जमिन अतिक्रमण गरिन थालिएको छ, यसलाई कसरी हटाउने भन्ने विषयमा योजना बनाइहेका छौँ”, उहाँले भन्नुभयो, “छिट्टै कुन क्षेत्रमा कति वन अतिक्रमण भएको छ । सत्यतथ्य बाहिर ल्याउने छौँ ।” सुदूरपश्चिम…
Read More
तराई मधेसमा आज होली मनाइँदै

तराई मधेसमा आज होली मनाइँदै

२४ फागुन,वीरगञ्ज । पर्सासहित तराई मधेसका जिल्लामा आज रङगैरङ्गको पर्व फागु अर्थात् होली पर्व मनाइँदैछ । तिथिमा घटबढका कारण हिजो तराई मधेसमा मनाउनुपर्ने होली आज मनाउन लागिएको हो । कतिपयले भने आफ्नो इच्छाअनुसार हिजै होली मनाए पनि अधिकांशले आज मनाउन लागेका छन् । तराई मधेसमा यस वर्ष पनि तीन दिन नै होली मनाइने भएको छ । तराई मधेसमा होलिका दहन मङ्गलबार बिहानै सम्पन्न भए पनि तिथिमा घटबढका कारण होली आज मात्र मनाइने वीरगञ्जका स्थानीयवासी लक्ष्मण साहले बताउनुभयो । मङ्गलबार बेलुका ५ बजेपछि मात्रै एकम अर्थात् प्रतिपदा सुरु हुने भएकाले आज होली पर्व मनाउन लागेको उहाँको भनाइ छ । तर कतिपयले…
Read More
सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

सामाजिक सञ्जालमार्फत बढ्दै छ हिंसा

२४ फागुन,काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालबाट पीडा भोग्नेहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले मङ्गलबार आयोजना गरेको ‘सूचना प्रविधि र महिला अधिकारका सवाल’ विषयक अन्तरक्रियामा सञ्चारकर्मी बबिता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालबाट हिंसा हुने गरेको तथ्य सुनाउनुभयो । उहाँका अनुसार फेसबुक म्यासेन्जरबाट सबैभन्दा बढी ६२ दशमलव ३ प्रतिशत हिंसामा पर्ने गरेको देखिएको छ । त्यस्तै, फेसबुकबाट ६१ दशमलव २ प्रतिशत हिंसा हुने गरेको छ । सामाजिक सञ्जाल ट्विटरबाट १५ दशमलव ३ प्रतिशत र ह्वाट्सएपमा १२ दशमलव ८ प्रतिशत र भाइबरमा ११ दशमलव ७ प्रतिशत हिंसा हुने गरेको छ । त्यसैगरी, इमेलमार्फत ६ प्रतिशत र इन्स्टाग्राममार्फत…
Read More
Page 373 of 452
1 … 371 372 373 374 375 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.