समाज

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

धार्मिक पर्यटन प्रवर्द्धन गर्न महायज्ञ

२५ फागुन,राँझा । बाँकेको खजुरामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न श्रीमदभागवत ज्ञान महायज्ञ तथा सङ्गीतमय कथा प्रवचन थालिएको छ । खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारमा रहेको लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा यही फागुन ३० गतेसम्म महायज्ञ सञ्चालन हुने महायज्ञ आयोजक मूलसमिति संयोजक एवम् लक्ष्मीनारायण मन्दिर व्यवस्थापन समिति अध्यक्ष शिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ पुस्तामा धर्मको प्रचार गर्न महायज्ञले सहयोग गर्नेछ । महायज्ञबाट सङ्कलन भएको रकमबाट लक्ष्मीनारायण मन्दिर परिसरमा ६० फिट अग्लो संरचना निर्माण गरी उक्त संरचनामाथि विद्युतीय चक्रसहितको लक्ष्मी र नारायणको मूर्ति स्थापना गरिनेछ । यसले खजुरा क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने छ । “करिब रु चार करोडको लागतमा पाँच…
Read More
भक्तपुरमा श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव

भक्तपुरमा श्रीकृष्ण प्रणामी धर्म जागनी अन्तर्राष्ट्रिय महोत्सव

२५ फागुन,भक्तपुर । भक्तपुरमा अन्तर्राष्ट्रिय श्रीकृष्ण प्रणामी धर्म जागनी महोत्सव २०७९ सुरु भएको छ । सूर्यविनायक नगरपालिका-६, कटुञ्जेस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको महोत्सवमा आजदेखि दैनिक १० हजार बढी भक्तजनको उपस्थिति रहने मूल आयोजक समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । उहाँले आध्यात्मिक क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन महोत्सवका रुपमा सुरु गरिएको बताउनुभयो । महोत्सवको पहिलो दिन कलश यात्राका साथै गजुर अनावरण गरिएको छ । महोत्सव अवधिभर मन्दिरमा दैनिक १०८ ब्रह्ममुनी (बटुक)ले श्री एक सय आठ तारतमसागर पाठपारायण गरिएको छ । महोत्सवमा दैनिक विभिन्न गुरु महाराजबाट प्रवचन हुनेछ । महोत्सवमा दैनिक सेवा पूजा आरती, योग ध्यान, चितवनी, पाठपारायण, ध्यान जप, धार्मिक…
Read More
गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला पर्‍यो

गुल्मीको धुर्कोटमा नयाँ गुफा फेला पर्‍यो

२५ फागुन,गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नयाँ गुफा फेला परेको छ । गत छ दिनअघि हाडहाडेको बर्दबासस्थित धाराखोलामा करिब एक सय मिटर लामो गुफा फेला परेको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयो । दुम्सीको दुलो भनेर चिनिएको उक्त ठाउँमा मान्छे छिर्नसक्ने प्वाल थियो । गुफाभित्र शिवलिङ्ग, गाईको थुन, मूर्ति, मानिसको आकार, रक्त धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको, नाग, खेतबारी जस्ता देखिने विभिन्न आकर्षक आकृति रहेको उहाँले बताउनुभयो । नयाँ गुफा फेला परेको जनाकारी पाएपछि यतबेला दैनिक सयौँ मानिस अवलोकनका लागि गुफा पुग्ने गरेका छन् । पाँच दिनको अवधिमा छ सयभन्दा बढी व्यक्तिले अवलोकन गरिसकेको वडाध्यक्ष विष्टले बताउनुभयो ।…
Read More
तुलसीपुर उपमहानगरको जग्गा खोजी

तुलसीपुर उपमहानगरको जग्गा खोजी

२५ फागुन,तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो नाममा रहेको जग्गा खोजी गरेको छ । केही समयअघि सूचना प्रकाशन गरेर आफ्नो नाममा भएको जग्गामा बनेका घर हटाउने जानकारी गराइएको र त्यसका लागि जग्गाको विस्तृत विवरण तयार गर्न अध्ययन गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो । “हामीले जग्गा खोजी गर्न अध्ययन पूरा गरेका छौँ”,उहाँले भन्नुभयो, “अबको केही समयमा प्रतिवेदन आउछ, त्यो प्रतिवेदन आएपछि जग्गा व्यवस्थापनको काम हुन्छ ।” प्रवक्ता वलीले उपमहानगरको नामको जग्गामा बनेका घरलाई तीन किसिमले विभाजन गरेर काम अघि बढाउने बताउनुभयो । कोही जानाजान बसेको, केहीले २०५३ सालमा जग्गा बेचेको र केही जग्गा उपमहानगरपालिकाको भएको भन्ने थाहा नभएर बसेको पाइएको उहाँको…
Read More
ब्याजदर घटाउँदै बैंक

ब्याजदर घटाउँदै बैंक

२५ फागुन,काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको हो । आगामी चैत १ गतेदेखि निक्षेपमा शुन्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले जानकारी दिनुभयो । उहाँले आफूहरु ऋणको ब्याजदर क्रमशः घटाउनमा केन्द्रित भएको बताउनुभयो । हाल बैंकहरुले आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब १ प्रतिशत घटेपछि आधारदरमा ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् । यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम…
Read More
मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

मध्यभोटेकोसीको बिजुली खेर गए ठेकेदारबाटै असुल्ने प्राधिकरणको चेतावनी

२५ फागुन,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन बाह्रबिसे सवस्टेसन निर्माण सम्पन्न नभइ मध्यभोटेकोसीको विद्युत् खेर जाने अवस्था आएमा मध्यभोटेकोसी जलविद्युत् आयोजनाको विद्युत् बिक्रीबाट दैनिक रुपमा प्राप्त गर्ने आम्दानी ठेकेदारबाट असुलउपर गर्ने चेतावनी दिएको छ । कूल एक सय दुई मेगावाट क्षमताको सो आयोजना निर्माणको अन्तिम चरणमा छ । आयोजना सम्पन्न भएर सवस्टेशनका अभावमा बिजुली खेर गएको अवस्थामा निर्माण व्यवसायीबाट असुलउपर गर्ने चेतावनी प्राधिकरणले दिएको हो । प्राधिकरणले तामाकोसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी…
Read More
भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा विमानस्थलबाट पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु

२५ फागुन,काठमाडौँ । देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आजदेखि पुनःनियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण भन्दै उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर ७ बजेर १५ मिनेटमा अवतरण गरेको जजिरा एअरको विमानले आजै बिहान त्यहाँबाट ८ बजेर १५ मिनेटमा ९९ यात्रु लिएर उडेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार…
Read More
वयस्क भाले गैँडा मृत फेला

वयस्क भाले गैँडा मृत फेला

२५ फागुन,नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ । निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिनुभयो । दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गर्नुभयो । मृतक भाले गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा १३ वटा गैँडा मरेका छन्…
Read More
बडघर–भलमन्सा ऐन कार्यान्वयनमा

बडघर–भलमन्सा ऐन कार्यान्वयनमा

२५ फागुन,कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनमा आएसँगै नगरपालिकाको वडावडामा बडघर–भलमन्सा चयनको कार्य गरिएको छ । वडामा चयन भएका वडघर–भलमन्साको भेलाले नगरस्तरीय समितिलाई पूर्णता दिएका छन् । नगरस्तरीय समितिले बडघर–भलमन्सा प्रथाको संस्थागत विकास, क्षमता अभिवृद्धिलगायतलाई अगाडि बढाउनका लागि कार्ययोजना तयार गरेको बडघर–भलमन्सा समितिको सचिवालय व्यवस्थापन संयोजक हवलदार चौधरीले बताउनुभयो । “जिल्लामै वडघर–भलमन्सा प्रथालाई संरक्षण गर्न ऐन निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “ऐन निर्माण भएपछि थारु समुदायको सामुदायिक सङ्गठन तथा परम्परागत बडघर–भलमन्सा प्रणालीलाई अभिलेखीकरण, संरक्षण, प्रवद्र्धन विकास र अभ्यासलाई अगाडी बढाउन सहज हुने भएको छ ।” बडघर–भलमन्सा प्रणालीमा आदिवासी जनजातिभित्र रहेका खुना, चौधरी र…
Read More
श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण

२५ फागुन,काठमाडौँ । काठमाडौँबाट भैरहवातर्फ उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगोको सङ्केत देखिएपछि आकस्मिक अवतरण गरिएको छ । विमानस्थलका प्रवक्ता टेकनाट सिटौलाका अनुसार श्री एयरलाइन्सको उडान नं ८२१ को जहाजको इन्जिनमा ‘फायर वार्निङ’ देखिएपछि जहाज बिचबाटै काठमाडौँतर्फ फर्काइएको हो । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि सकुशल अवतरण गराइएको र अहिले विमानस्थलको उडान अवस्था सामान्य रहेको उहाँको भनाइ छ । काठमाडौँबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएपछि धादिङमाथिको आकाशबाट जहाज फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकस्मिक अवतरण गरिएको हो ।
Read More
Page 372 of 452
1 … 370 371 372 373 374 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.