समाज

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन

मालवाहक सवारीलाई अनिवार्य भारमापन गर्न निर्देशन

५ वैशाख,काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो । विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् । गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि…
Read More
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द

५ वैशाख,म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले २०८० वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिनुभयो । यसअघि २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल…
Read More
सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

सडक दुर्घटनामा पाँच जनाको मृत्यु, पच्चीस घाइते

५ वैशाख, इस्लावाद ।    पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आज बिहान भएको सवारी दुर्घटनमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् । प्रान्तको सुक्कुर जिल्लामा यात्रीबाहक दुई वटा एकापसमा ठोक्किदा उक्त हताहति भएको हो । पूर्वी पञ्जाब प्रान्त गइरहेका एसटा बस र पञ्वाबबाट आइरहेको अर्को बस राष्ट्रिय राजमार्गमा ठोक्किएका प्रहरी तथा उद्धारकर्मीले बताएका छन् । घाइतेहरूलाई नजिकैको अस्पताल पु¥याइएको तथा तीमध्ये धेरैको अवस्था गम्भीर रहेको उनीहरूले बताएका छन् । द्रुत गतिमा पञ्जावतर्फ हुइँकिएको बसका चालकले नियन्त्रण गुमाउँदा विपरीत दिशाबाट आएको बससँग उनको वाहन ठोक्किएको प्रहरीले जनाएको छ । मर्मतसम्भार नगरिएका सडक, सडक सुरक्षा तथा नियमको…
Read More
सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी

सडक स्तरोन्नतिपछि मुहार फेर्दै धनगढी

 ५ वैशाख, सुदूरपश्चिम ।  सडक सञ्जालको विकास एवम् स्तरोन्नतिसँगै धनगढी उपमहानगरपालिकाको सहरी क्षेत्रको मुहार फेरिन थालेको छ । विकासका लागि पहिलो पूर्वाधार मानिने सडक स्तरोन्नति तीव्ररुपमा हुन थालेपछि सहजता भएको छ । उपमहागरको सहरी वडाका मुख्य र शाखा सडक फराकिलो पारी स्तरोन्नति धमाधम भइरहेको छ । नगरपालिका घोषणा भएको झण्डै ४६ वर्षपछि धनगढीमा छुट्टाछुट्टै योजनामार्फत् पहिलो पटक ठूलो बजेट रकमको लागतसहित सडक स्तरोन्नति भएको हो । यस क्रममा मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको दुई किलोमिटर लम्बाइमा सडकको दायाँबाँयाको क्षेत्र मिचेर बनाइएका झण्डै चार सय २८ घर संरचना घर संरचना भत्काइएको छ । स्तरोन्नतिका लागि प्रदेश सरकारको रु ६०…
Read More
प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

प्रहरीको बदनाम गराएको अभियोगमा एक पक्राउ

४ वैशाख,लुम्बिनी । रुपन्देही प्रहरीले समाचारका झुटो विवरण दिई विभिन्न सञ्चारमाध्यममार्फत नेपाल प्रहरीको बदनाम गराउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्पिअनुसार सिद्धार्थनगर नगरपालिका–१२ स्थित जिल्ला प्रहरी कार्यालयको गेटअगाडि स्टेसनरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी भानबहादुर अधिकारीलाई सरकारी छाप कीर्ते अभियोगमा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ । प्रहरीले एकथान ल्यापटप र जिल्ला प्रहरी कार्यालयको सरकारी छाप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले विज्ञप्तिमा जनाउनुभएको छ । अभियुक्त अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो व्यक्तिगत इमेल आइडीबाट विभिन्न सञ्चारमाध्यममा जिल्ला प्रहरी कार्यालयको…
Read More
जुम्लामा मार्सीधानको खेती घट्दै

जुम्लामा मार्सीधानको खेती घट्दै

४ वैशाख,जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा कालीमार्सीधानको खेती घट्दै गएको छ । कालीमार्सीधान रोप्दा रोग, किरा लाग्नुका साथै उत्पादन पनि कम हुने भएकाले यहाँका किसानले जौ, गहुँ, मकै, आलु रोप्न थालेपछि मार्सीधानको खेती घट्दै गएको हो । कालीमार्सी धान फल्ने विश्वको उच्च स्थान मानिएको छुमचौर जिउलोमा कतिपय किसानले जौ, गहुँ, मकै, आलु रोपेका छन् भने कतिपयले खेत बाँझै राखेका छन् । मार्सीधानको खेती गर्दा रोग किरा लाग्ने, पानी प्रशस्त चाहिने र मेहनत बढी लाग्ने तर उत्पादन कम हुने भएकाले किसानले विकल्प खोज्न थालेका पातारासी गाउँपालिका–३ का मुनबहादुर एडीले बताउनुभयो । “धान खेतीका लागि प्रशस्त पानी तथा सिँचाइ…
Read More
जिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

जिरकोटमा शैक्षिक सुधारका लागि विद्यालय गाभिए

४ वैशाख,गोरखा । अजिरकोट गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय समायोजन र योग्यताका आधारमा विद्यालयमा प्रधानध्यापक नियुक्त गरेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन तथा विद्यालयको खस्किँदो शैक्षिक अवस्था सुधारका लागि पालिकाभित्रका पाँच विद्यालय एकैमा गाभेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो । “गाउँपालिकाले पनि शिक्षा क्षेत्रमा ठूलो धनरासी खर्च गरेको हुन्छ”, उहाँले भन्नुभयो, “राज्यले लगानी गरिसकेपछि शैक्षिक गुणस्तर राम्रो हुुनुपर्छ, सामुदायिक विद्यालय राम्रो बनाउन मुख्य कुरा विद्यालयको नेतृत्व राम्रो हुनपर्ने तथा आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्छ भन्ने उद्देश्यका साथ नीति बनाएर विद्यालय गाभेर र योग्यताका आधारमा प्रधानध्यापक नियुक्त गरिएको हो ।” सामुदायिक विद्यालयप्रति अभिभावक र…
Read More
दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु

दाङमा ट्रकको ठक्करबाट दुईको मृत्यु

४ वैशाख,देउखुरी । दाङमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भैरहवाबाट मल लिएर तुलसीपुर जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले घोराही उपमहानगरपालिका–११ खैरा नजिकै लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा घोराही–११ खैरा निवासी २६ वर्षका सन्देश बस्नेत र १७ वर्षका गोपाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजन गौतमले जानकारी दिनुभयो । एकैतिरबाट गइरहेको ट्रकलाई मोटरसाइकलले उछिन्न खोज्दा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Read More
गेरुवा गाउँपालिका वडा नं. १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण

गेरुवा गाउँपालिका वडा नं. १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण

४ वैशाख,काठमाडौं । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । साेही क्रममा व्यक्तिगत घटना दर्ता सप्ताह अन्तरगत गेरूवा गाउँपालिकाले विभिन्न कार्यक्रम गरि मनाइरहेको छ । जस अन्तरगत आइतबार वडा नं. १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको गेरुवा गाउँपालिकाका पञ्चिकरण ईकाइ शाखाका एम.आई.एस. फिल्ड सहायक जोधिराम चौधरीले जानकारी दिनुभयो । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको…
Read More
मकै बेचेर जीवन निर्वाह गर्दै

मकै बेचेर जीवन निर्वाह गर्दै

४ वैशाख,भजनी । कैलालीको टीकापुर नगरपालिका–१ भूपु कमैया शिविरका कलैया थारु दैनिक मजदुरी गरेर जीविका चलाउँदै आउनुभएको थियो । दिनभर अरुकोमा मजदुरी गरेर जीविका चलाउँदै आउनुभएका कलैयाले अचेल सडक छेउमा मकै पोलेर बिक्री गर्नुहुन्छ । अरुको बारीबाट मकै खरिद गरेर उहाँ श्रीमतीसहित दिनभर मकै बेच्न व्यस्त देखिनुहुन्छ । सानो मकै रु २० र ठूलो मकै २५ मा बिक्री हुन्छ । श्रीमान् पोलेको मकै बेच्न व्यस्त हुँदा श्रीमती सीता चौधरी मकै पोल्न । “केही गरेर खानलाई आफूसँग तागत भन्दा अरु कुनै सीप छैन । खेतीपाती गर्नका लागि जग्गा छैन”, कलैया भन्नुहुन्छ, “अरुको बारीबाट मकै खरिद गरेर पोलेर बिक्री गर्ने गरेका छौंँ…
Read More
Page 285 of 452
1 … 283 284 285 286 287 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.