समाज

नवलपुरको ५३ स्थानमा डढेलो

नवलपुरको ५३ स्थानमा डढेलो

५ वैशाख,त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो । “नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि…
Read More
विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

विदेशमा जेल परेका नेपालीको उद्दारका लागि सरकारको ध्यानाकर्षण

५ वैशाख,काठमाडौँ । विभिन्न मुलुकका जेलमा रहेका नेपालीको उद्दारका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मुलुकमा पुगेका नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण र उनीहरुको सुरक्षाका लागि सरकारले पहल गर्नुपर्ने बताउनुभएको हो । “हाम्रो मुलुकको अर्थतन्त्रमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुको महत्वपूर्ण योगदान छ । गतवर्ष नेपालले करिब रु १० खर्ब सात अर्ब रेमिट्यान्स भित्र्याएको छ । तर वैदेशिक रोजगारीमा गएका एक हजारभन्दा बढी नेपाली अहिले विभिन्न देशका जेलमा छन्,” सांसद कार्कीले भन्नुभयो, “उनीहरुको रिहाइ, उद्दार, सुरक्षा र सहज रुपमा स्वदेश फर्किन वातावरणका निमित्त सरकारको ध्यान गम्भीर रुपले आकृष्ट गर्न चाहन्छु…
Read More
प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

प्रतिनिधिसभा बैठक : सडक निर्माणलाई गति दिन माग

५ वैशाख,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले किसान र सडकका विषयलाई प्रमुखताका साथ उठाउनुभएको छ । शून्य समयमा बोल्दै सांसद विक्रम पाण्डेले मल खरिदका लागि सरकारले समयमा बजेट नछुट्याउँदा र छुट्याएको रकमको पनि बोलपत्र हुन नसक्दा बाली लगाउने बेलामा किसानले मल पाउन नसकेको बताउनुभयो । रासायनिक मल अभावका कारण कृषि बालीको उत्पादन घट्दा त्यसको नकारात्मक असर मुलुकको अर्थतन्त्रमा देखिएको उहाँले उल्लेख गर्नुभयो । “किसानले खेती गर्ने समयमा मल नपाउँदा उत्पादन मात्रै घटेको छैन, मुलुकको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पनि असर परेको छ । पछिल्लो एक दशकमा जिडिपीमा कृषि क्षेत्रको योगदान ३२ दशमलव सात प्रतिशतबाट घटेर २३…
Read More
गाउँमा सूचना पाउन अझै कटुवालकै भर

गाउँमा सूचना पाउन अझै कटुवालकै भर

५ वैशाख,लमजुङ । लमजुङको गाउँ गाउँमा प्रायःजसो सबैको हात हातमा मोबाइल सेट छ । यसमा इन्टरनेटका माध्यमबाट संसारभरीको खबर प्राप्त गर्ने गरे पनि क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँ, घिचे, घाम्राङबँेसी, साल्मेलगायतका गाउँमा स्थानीयवासीले आफ्नै गाउँको खबर प्राप्त गर्न कटुवालको भर पर्नुपर्छ । यहाँ अझै कटुवालकै भरमा सूचना दिने चलन कायम छ । घाम्राङ गाउँका दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्नुहुन्छ, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान टाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । कटुवाल गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेका वा हुनेवाला नयाँ सूचना वा खबर सुनाउनुहुन्छ । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे…
Read More
तातोपानी नाका सञ्चालन गराउन छलफल

तातोपानी नाका सञ्चालन गराउन छलफल

५ वैशाख,सिन्धुपाल्चोक । तातोपानी नाका खुलाउन तथा सीमा सुरक्षाका विषयमा चीन र नेपालतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले सोमबार नेपालतर्फका सुरक्षा निकायका प्रतिनिधि र चीनतर्फका सुरक्षा निकायका प्रतिनिधिबीच सीमानाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा बैठक सम्पन्न भएको जानकारी दिनुभयो । सो बैठकमा यही १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्र्नेे, सीमा सुरक्षा तथा कोरोना स¬ङ्क्रमण एवं सुरक्षाको विषयलाई प्राथामिकता दिएको उहाँले बताउनुभयो । दुवै देशबीच कोभिड सङ्क्रमणसम्बन्धी सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र…
Read More
पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

पोखराको पर्यटनबारे भारतको पटनामा चर्चा

५ वैशाख,पटना (भारत) । पोखराको पर्यटनबारे चर्चा भारतको पटनामा गरिएको छ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा गरिएको पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत पटनामा पोखराको पर्यटकीय सम्भावना, त्यहाँको आतिथ्यतालगायतका विषयमा भारतका पर्यटन व्यवसायीसँग छलफल एवं अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा पोखरेली पर्यटन व्यवसायीले पोखरा प्राकृतिक एवं सांस्कृतिकरूपमा घुम्नैपर्ने गन्तव्य भएको बताउँदै गर्दा पटनाका पर्यटन व्यवसायीले त्यहाँका भोगाइ तथा अनुभवलगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्राकृतिकरूपमा विश्वकै सुन्दर गन्तव्यमध्येमा पोखरा पनि एक भएको बताउँदै आफूहरू विगतदेखि नै ‘अतिथि देवो भवः’ को मन्त्रलाई आत्मसात गर्दै आएको बताउनुभयो…
Read More
जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

जग्गाको वर्गीकरण नहुँदा राजस्व घट्यो

५ वैशाख,फुङ्लिङ । ताप्लेजुङमा तोकिएको समयमा स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा राजस्व सङ्कलनमा कमी आएको छ । समयमा जग्गा वर्गीकरण नगर्दा कित्ताकाट रोकिनुका साथै जग्गासम्बन्धी कारोबार न्यून हुँदा मालपोत कार्यालयमार्फत सङ्कलन हुने राजस्वमा कमी आएको हो । कार्यालयका अनुसार जग्गाको कित्ताकाट रोकिँदा सङ्कलन हुँदै आएको राजस्वमा कमी आएको हो । गत आर्थिक वर्ष २०७८÷७९ को फागुन मसान्तसम्ममा मालपोत कार्यालयले रु ९७ लाख ९२ हजार चार सय ९३ राजस्व सङ्कलन गरेको थियो । चालु आवको सोही अवधि अर्थात् फागुन मसान्तसम्ममा रु ८६ लाख ४७ हजार सात सय ११ मात्रै राजस्व सङ्कलन गरेको छ । गत वर्षका तुलनामा चालु आवको फागुन मसान्तसम्ममा…
Read More
चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त

५ बैशाख ,काठमाडौं ।  चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो । ‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ । २५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् । काठमाडौं बाहिर रहेर फिल्म निर्माण कार्यशाला, महोत्सव लगायत गतिविधि नियमित सञ्चालन गर्दै आएका बुढाथोकी…
Read More
सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

सात वर्षमा पनि सम्पन्न भएन हापुरखोला पुल

५ वैशाख,तुलसीपुर । तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण हुन लागेको करिब सात वर्ष भयो । तर अझै पनि त्यो पुल निर्माणको काम आधामात्रै छ । पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या हुने गरेको छ । विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक रु १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीयवासी भने अहिले निराश बनेका छन् । “निर्माण सुरु भएको सात वर्ष भयो”, उहाँले…
Read More
दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ

दोगडाकेदारमा हत्या प्रकरण : हत्या आरोपमा दुई जना पक्राउ

५ वैशाख,बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेका सोही ठाउँका २४ वर्षीय महेन्द्र विष्ट र २८ वर्षीया धनमती भण्डारी रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मृतक जोशीका दाई पुष्पराज जोशीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा विष्ट र भण्डारीविरुद्ध किटानी जाहेरी दिएपछि उनीहरूलाई पकाउ गरिएको हो । जोशीको शनिबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । महेन्द्रले चक्कु प्रहार गरी वासुदेवको हत्या गरेको र धनमतीले वासुदेवको हत्या भएको पहिलो खबर घरपरिवारलाई गरेकी बताइएको छ ।…
Read More
Page 284 of 452
1 … 282 283 284 285 286 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.