Share Icon

४ वैशाख,काठमाडौं । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो ।

साेही क्रममा व्यक्तिगत घटना दर्ता सप्ताह अन्तरगत गेरूवा गाउँपालिकाले विभिन्न कार्यक्रम गरि मनाइरहेको छ ।

जस अन्तरगत आइतबार वडा नं. १ मा व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको गेरुवा गाउँपालिकाका पञ्चिकरण ईकाइ शाखाका एम.आई.एस. फिल्ड सहायक जोधिराम चौधरीले जानकारी दिनुभयो ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरूक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो ।

शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ ।

Facebook Comments Box

Share Icon