समाज

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

पूर्ण विद्युतीकरणका लागि बजेट स्वीकृत

८ वैशाख,बेनी । म्याग्दीलाई पूर्ण विद्युतीकरण घोषणा गर्न बजेट स्वीकृत भएको छ । जिल्लाका सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने योजनाअन्तर्गत रु २० करोड ५८ लाख नेपाल विद्युत् प्राधिकरणमार्फत स्वीकृत भएको हो । नेपाल विद्युत् प्राधिकरण बेनी वितरण शाखाले तयार गरेको लगत अनुमानका आधारमा प्राधिकरणमार्फत स्वीकृत भएर आएको उक्त बजेटलाई प्राधिकरणको प्रादेशिक कार्यालय, पोखराले चालु आर्थिक वर्षमै ठेक्का प्रक्रियामार्फत अघि बढाउने तयारी गरको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले जानकारी दिनुभयो । पहुँच नपुगेका र लघुजलविद्युत्बाट उत्पादित बिजुली प्रयोग गर्दै आएका स्थानमा विद्युत विस्तार गर्न बजेट स्वीकृत भएको हो । धवलागिरि गाउँपालिका–१ गुर्जाबाहेक अन्य सबै घरधुरीमा बिजुलीको पहुँच पु¥याउने लक्ष्य रहेको प्राधिकरणको…
Read More
पर्यटकको रोजाइमा जलविरे झरना

पर्यटकको रोजाइमा जलविरे झरना

८ वैशाख,मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो । शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक…
Read More
आजको मौसम : हावाहुरीको सम्भावना

आजको मौसम : हावाहुरीको सम्भावना

८ वैशाख,काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ । उक्त प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङसहित क्षणिक वर्षाको सम्भावना तथा तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । विभागले चट्याङ, हावाहुरीबाट हुनसक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा…
Read More
बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

बारपाकमा टेलिकमको नेटवर्कमा समस्या

८ वैशाख,गोरखा । गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो । स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्र्पकका लागि हैरानी खेप्नुपरेको छ । नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताउनुभयो । समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री…
Read More
हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाइने

७ वैशाख, काठमाडौँ ।  सरकाले पर्यटक सवारीसाधन ९हरियो नम्बर प्लेट० पर्यटकमैत्री बनाउने भएको छ । सर्वसाधरणबाट आएको गुनासोलाई सम्बोधन गर्ने उद्देश्यले हरियो नम्बर प्लेट पर्यटकमैत्री बनाउन लागिएको हो । उक्त प्रयोजनका निम्ति पर्यटक सवारीसाधन सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८० मस्यौदा समिति गठन गरिएको छ । पर्यटन मन्त्रालयको पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा यातायात व्यवस्था विभागका निर्देशक, यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कार्यालय प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, नेपाल पर्यटन बोर्डका निर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक रहनुभएको छ । त्यसैगरी समितिको अन्य सदस्यमा नेपाल पर्यटक यातायात व्यवसायी सङ्घका अध्यक्ष, टुरिष्ट…
Read More
राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

राजस्वका अधिकारीलाई अर्थमन्त्रीको प्रश्न– राजस्व किन कम उठ्यो ?

७ वैशाख , काठमाडौँ ।   अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व सङ्कलन गर्ने जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गर्नुभएको छ । आन्तरिक राजश्व विभागका प्रमुखको समीक्षा बैठकलाई आज सम्बोधन गर्दै अर्थमन्त्रीले राजश्व सङ्कलनमा कुनै पनि लापरबाही गर्न नहुने बताउनुभएको हो । बैठकमा उहाँले भन्नुभयो, “नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ । राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो ।” “विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम सङ्कलन हुन गएको हो । गतवर्ष…
Read More
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

७ वैशाख, काठमाडौँ ।  सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका सहसचिवस्तरीय बैठक आयोजना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले भूउपयोग ९पहिलो संशोधन० नियमावली, २०७९ स्वीकृति, राष्ट्रिय सतर्कता केन्द्र सञ्चालनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति, दक्षिण कोरिया र चीनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन महान्यायाधिवक्ता कार्यालयका तीन जना नायब महान्यायाधिवक्तालाई स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले अजरबैजानको बाकुमा आयोजना हुने एसडिजिएसको संयुक्त कार्यसमूहको स्थलगत वार्षिक बैठकमा सहभागी हुन उपमहालेखापरीक्षक राममाया…
Read More
“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

 ७ वैशाख,एजेन्सी ।  चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा रहेका अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूलाई आमन्त्रण गर्रेर सघन छलफल गर्ने अपेक्षा गरिएको छ । यो फोरम चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन, चाइनिज पिपुल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र शाङहाई म्युनिसिपल पिपुल्स गभर्नमेन्टले संयुक्तरूपमा आयोजना गरेको हो । “चिनियाँ आधुनिकीकरण र…
Read More
राहुल गान्धीको पुनरावेदन खारेज

राहुल गान्धीको पुनरावेदन खारेज

७ वैशाख, नयाँदिल्ली ।  मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाउनुभएको थियो । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् । दलका नेता…
Read More
आगलागीमा १५ घर नष्ट

आगलागीमा १५ घर नष्ट

७ वैशाख, सप्तरी । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ । शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र…
Read More
Page 281 of 452
1 … 279 280 281 282 283 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.