आगलागीमा १५ घर नष्ट

Share Icon

७ वैशाख, सप्तरी । सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ ।

खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५ घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत चौधरी, मोहनप्रसाद चौधरी, शत्रुघ्न चौधरी, रवीन चौधरी, अमिन चौधरी, सचिन चौधरी, सबुरलाल चौधरी, मिश्रिलाल चौधरी, हरि चौधरी, नेमन चौधरी र नन्दचौधरीको घर जलेर नष्ट भएको छ ।

शम्भुनाथर राजविराज नगरपालिकाको वारुणयन्त्रको सहयोगमा स्थानीयवासी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले बताउनुभयो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.