समाज

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

२६ जेठ,चितवन । भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गर्नुभयो । आर्थिक वर्ष २०७९÷८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख लिटर दूधको प्रतिलिटर रु तीनका दरले रु छ करोड १२ लाख हस्तान्तरण गरिएको हो । आव २०७४÷७५ बाट भरतपुर महानगरपालिकाले दूधमा नेपालमै पहिलोपटक अनुदान दिन सुरु गरेको थियो । पच्चीस पैसाबाट सुरु गरेको अनुदान रकम चालु आवमा रु तीन पुगेको हो । गत आवमा आठ हजार सात सय ३५ कृषकले अनुदान…
Read More
पानी नपरेपछि सामूहिक पूजा

पानी नपरेपछि सामूहिक पूजा

२६ जेठ,रामपुर । लामो समयसम्म पानी नपरेपछि पाल्पाको रामपुरका स्थानीयले सामूहिक पूजा गरेका छन् । पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि भगवान् इन्द्रको पूजा गरिएको हो । रामपुर नगरपालिका–६ गैटारस्थित अकला कालिका दुर्गा मन्दिरमा सामूहिकरूपमा रुद्री लगाएर भगवान् इन्द्रको पूजा गरी स्थानीयवासीले पानी मागेका हुन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको कालीगण्डकी नदी परेवाघाट किनारमा पुगेर स्थानीयले पानी मागेको अकला कालिका मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो । भगवान् इन्द्रको पूजा गरी पानी मागेमा पानी पर्ने जनविश्वास छ । यहाँका करिब तीन सयभन्दा बढी स्थानीयको सहभागितामा पञ्चेबाजासहित नदी किनारमा पुगेर उनीहरुले पानी छ्यापाछ्याप…
Read More
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

२६ जेठ,तनहुँ । कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो । यसका लागि कृषकलाई ८५ प्रतिशत अनुदानका रुपमा रु चार लाख बजेट विनियोजन गरिएको छ । उहाँले भन्नुभयो, “यस वर्ष परीक्षणका रूपमा बेसार खेती थालेका छौँ । बिक्री–वितरण सहजै भए खेती विस्तार गर्दै लैजाने योजना छ ।” कार्यालयले बजेट विनियोजन गरेपछि आवश्यक बीउ खरिदका…
Read More
भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

भुल्केको सर्पदंश उपचार केन्द्रलाई कोशीको सहयोग

२६ जेठ,उदयपुर । कोशी प्रदेश स्वास्थ्य तथा खानेपानी मन्त्रालयले उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित विभिन्न उपकरण सहयोग गरेको छ । उक्त सामुदायिक सर्पदंश उपचार केन्द्र नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डाको हाताभित्र सञ्चालनमा छ । कोशी प्रदेश सरकारले भेन्टिलेटरसँगै अक्सिजन सिलिण्डर पाँच थान र पल्स अक्समिटर डिजिटल दुई थान सहयोग गरेको सर्पदंश उपचार व्यवस्थापन समितिका अध्यक्ष पवित्रा गिरीले जानकारी दिनुभयो । उक्त सामग्री र उपकरण कोशी प्रदेशका स्वास्थ्य तथा खानेपानीमन्त्री तिलकुमार मेन्याङ्बो ९लिम्बू०ले समितिका अध्यक्ष गिरीलाई हस्तान्तरण गर्नुभयो । सर्पदंश उपचार केन्द्रलाई चाँडै एम्बुलेन्स हस्तान्तरण गर्न लागिएको मन्त्री मेन्याङ्बोले बताउनुभयो । उहाँले कोशी प्रदेशका सबै अस्पताल र सामुदायिक उपचार केन्द्रलाई प्रदेश…
Read More
बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

बागलुङ कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२६ जेठ,गलकोट । जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन् । कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ । कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिका रहेका छन् । कारागारमा ठाउँ अभावले महिलाभन्दा पुरुष कैदीबन्दीलाई बढी समस्या भएको जिल्ला कारागार बागलुङ कार्यालय प्रमुख डिलबहादुर केसीले जानकारी दिनुभयो । “पुरुष कैदीबन्दीलाई सुत्न समस्या भएको छ”, उहाँले भन्नुभयो । उनीहरु ठाउँ अभावले कोचाकोच गरेर सुत्न बाध्य छन् । महिला कैदीबन्दीलाई भने हाल समस्या छैन । कारागारमा…
Read More
जमुने- पोखरा सडक निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति, सम्झौता रद्द गर्ने चेतावनी

जमुने- पोखरा सडक निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति, सम्झौता रद्द गर्ने चेतावनी

काठमाडौं । चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ। सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ। ठेक्का सम्झौता भएको आधा अवधि बितिसक्दा पनि पृथ्वी राजमार्गको पश्चिम खण्ड विस्तारको काम भने ७ प्रतिशत मात्रै भएको छ। विस्तारको कामले गति नपाएपछि यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् भने राजमार्ग र आसपासका बासिन्दा धुलो र हिलोले बस्‍नुपार्ने बाध्यता छ। चिनियाँ कम्पनी आन्हुई काइयुवान हाइवे एन्ड ब्रिज कम्पनी लिमिटेडले तनहुँको जमुनेदेखि कास्कीको पोखरासम्मको सडक खण्ड २०२४ सेप्टेम्बरसम्म विस्तार गरिसक्ने समयसीमासहित सडक विस्तारको २०२१ जुन १६ मा ठेक्का सम्झदता गरेको थियो। ७.४…
Read More
ठक्करबाट स्कुटी चालकको मृत्यु भएपछि बसमा आगजनी

ठक्करबाट स्कुटी चालकको मृत्यु भएपछि बसमा आगजनी

काठमाडाैं । मोरङमा बसले ठक्कर दिएर स्कुटी चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन्। उर्लाबारी नगरपालिका– ३ नयाँ मंगलबारेस्थित पूर्व–पश्चिम राजमार्गमा बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका हुन्। मोरङ प्रहरीका अनुसार पूर्वी नेपाल यातायतको मे १ ख ३०७३ नम्बर बसले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई दिउँसो २ बजेतिर ठक्कर दिएको थियो। ठक्करबाट स्कुटर चालक झापा कमल गाउँपालिका– २ का ३४ वर्षीय पवन सुबेदीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन्। आगजनीबाट बस क्षतिग्रस्त भएको छ। प्रहरीले बसका चालक झापा कनकाई नगरपालिका– ३…
Read More
‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

‘कफी किसान पाठशाला’ तालिमले किसान उत्साहित

२५ जेठ , गुल्मी ।  गुल्मीको मालिका गाउँपालिका–८ ले यहाँको मर्भुङ्गमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ‘कफी किसान पाठशाला’ तालिम सञ्चालन गरेको छ । तालिम पाएपछि कफी किसानमा थप उत्साहित बनेका छन् । परियोजनामार्फत जिल्लामा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले मर्भुङ्गमा १५ हप्तासम्म प्राङ्गारिक कफी किसान पाठशाला सञ्चालन गरिएको थियो । उक्त तालिममा यहाँका कफी किसानको सहभागिता थियो । पाठशाला शिक्षाबाट कफी किसान कफीका बोटको रेखदेख गर्नुका साथै बगैँचामा कफीमा लाग्ने रोगको पहिचान गर्नसक्ने भएका परियोजना कार्यान्वयन इकाई गुल्मीकी प्रमुख गङ्गाकुमारी पोख्रेलले बताउनुभयो । “उनीहरुले भिन्नभिन्न समूह बनाएर बगैँचामा पुगेर कफीका बोटमा देखिएका समस्याको खोजी गरेका थिए । पाठशालामा…
Read More
प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

प्रधानमन्त्री दाहालद्वारा समवेदना व्यक्त

२५ जेठ,काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ९एकीकृत समाजवादी०का महासचिव घनश्याम भुसालका बुवा जगन्नाथ भुसालको निधनमा समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित भुसालको निवासमा पुगेर उहाँप्रति श्रद्धासुमन अर्पण गर्नुभएको हो । उहाँले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा समवेदना प्रकट गर्दै धैर्यधारणका लागि अपिलसमेत गर्नुभएको छ । भुसालको यही जेठ २१ गते ९६ वर्षको उमेरमा निवासमै निधन भएको थियो । उहाँ सामाजिक तथा राजनीतिक व्यक्तित्वका रुपमा लामो समयसम्म क्रियाशील हुनुहुन्थ्यो ।
Read More
दक्षिण अफगानिस्तानमा दुर्घटना स् नौ जनाको मृत्यु, एकतिस घाइते

दक्षिण अफगानिस्तानमा दुर्घटना स् नौ जनाको मृत्यु, एकतिस घाइते

२५ जेठ, एजेन्सी । अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन् । प्रान्तीय राजधानी कलात शहरमा यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनसँग ठोक्किँदा बालबालिका र महिलासहित नौ जनाको घटनास्थलमै मृत्यु भएको र ३१ जना घाइते भएका प्रान्तीय प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ । बुधबार साँझ अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा यात्री बोकेको एउटा मिनीबस खाल्डोमा खस्दा २४ जनाको मृत्यु भएको थियोभने सोही दिन बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित १५ जना यात्री…
Read More
Page 214 of 452
1 … 212 213 214 215 216 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.