समाज

अनलाईन सट्टेबाजी आरोपमा बल्छी ध्रुवे, राजु मास्टरसहित पक्राउ परेका आठ जना काे–काे हुन् ?

अनलाईन सट्टेबाजी आरोपमा बल्छी ध्रुवे, राजु मास्टरसहित पक्राउ परेका आठ जना काे–काे हुन् ?

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज (बिहिबार) हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजुमास्टर), पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपालीलाई पक्राउ गरेको हो । पक्राउ परेका कलाकारहरूमाथि युट्युबमार्फत् अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गरेको आरोप छ । हिजो मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी गरेको आरोपमा पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरुले बिभिन्न बैकका खाता प्रयोग गरी ७४ करोडको कारोबार गरेको प्रहरीको अनुसन्धानबाट…
Read More
आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Read More
छाेरीलाई बलात्कार गरेकाे आरोपमा बाबुलाई जन्मकैद

छाेरीलाई बलात्कार गरेकाे आरोपमा बाबुलाई जन्मकैद

इलाम । आफ्नै बाह्र वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा इलामका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले ३५ वर्षीय ती व्यक्तिलाई जन्मकैदसहित सात लाख रुपियाँ जरिवाना र एक लाख रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार फणीन्द्र भट्टराईले बताए । यस्तै दुई हजार आठसय रुपियाँ पीडित राहत कोषमा भराउने फैसला गरेको उनको भनाइ छ । पीडित बालिका उनका बाबुसहित हजुरआमा र काकासँग बस्दैआएकी थिइन् । परिवारका सदस्य कोही नभएको बेला बाबुले जबरजस्ती करणी गरी कसैलाई नभन्नु भन्दै धम्की दिएको पीडितका काकाले दिएको जाहेरीमा उल्लेख छ । जाहेरीमा पीडित बालिकाकी आमा भने मानसिक असन्तुलनका…
Read More
उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन

३१ जेठ,काठमाडौँ । उखु किसानका समस्याबारे अध्ययन गरी समाधानका उपाय सिफारिस गर्न सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक उपसमिति गठन गरेको छ । समितिका सदस्य कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा रामशङ्कर यादव, सूर्यमान तामाङ ९दोङ०, कान्तिका सेजुवाल, गणेश पराजुली सदस्य रहनुहुने गरी पाँच सदस्यीय उपसमिति गठन भएको हो । समितिको आजको बैठकले चिनी उद्योग तथा उखु किसानका समस्या तथा सुझाव अध्ययन उपसमिति गठन गरेको छ । उपसमितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । ज्येष्ठ सदस्यका रुपमा समिति बैठकको सभापतित्व गर्नुभएका रणेन्द्र बरालीले गर्नुभएको थियो । उखु किसानले चिनी मिलबाट पाउनुपर्ने…
Read More
विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ ः महासचिव चापागाईं

विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ ः महासचिव चापागाईं

३१ जेठ,काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ ९आइएफआरसी० को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्वगतिविधि र विपद् पूर्वजानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।” मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई भिडियो सम्बोधन गर्दै महासचिव चापागाईंले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पूर्वानुमानमा आधारित पूर्वकार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।”…
Read More
भूमिहीनलाई निस्सा वितरण

भूमिहीनलाई निस्सा वितरण

३१ जेठ,पाटन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार ललितपुरमा पहिलो पटक बागमती गाउँपालिकाका उनीहरुहरुलाई निस्सा वितरण गरिएको हो । निस्सा वितरण भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ । संयोजक महर्जनले भन्नुभयो, “अहिलेसम्म चारवटा पालिकामा लागत सङ्कलन सम्पन्न भएको छ । हाल तथ्याङ्क प्रविष्टको कार्य जारी छ । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले भने सम्झौतामा नै आनाकानी गरिरहेका छन् ।” राष्ट्रिय भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले उपलब्ध गराएको तथ्याङ्कअनुसार ललितपुरमा हालसम्म एक सय सात परिवार भूमिहीन दलित, पाँच सय…
Read More
समयानुकूल कानुन बनाउन र कार्यन्वयन गर्न मन्त्रालय प्रतिबद्ध छ :  मन्त्री आचार्य

समयानुकूल कानुन बनाउन र कार्यन्वयन गर्न मन्त्रालय प्रतिबद्ध छ : मन्त्री आचार्य

३१ जेठ,काठमाडौैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले अपाङ्गता भएका व्यक्तिको हकअधिकार सुनिश्चित गर्न समयानुकूल कानुन बनाउन र कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय अपाङ्गता कोष, नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डल, नेपालस्थित नर्वेजियन दूतावास, सेभ द चिल्ड्रेनको सहकार्यमा युनिसेफले आज यहाँ आयोजना गरेको ‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी राष्ट्रिय सम्वाद’मा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिको सम्मान, संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न सरकारले विभिन्न कानुनी व्यवस्था गरेको जानकारी दिनुभयो । “अन्तर्राष्ट्रिय महासन्धिलगायत कानुनी व्यवस्थालाई व्यवहारिक रुपान्तरण गर्नको लागि मन्त्रालय प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । युनिसेफलगायत गैरसरकारी सङ्घसंस्थाले सरकार पुग्न नसकेको क्षेत्रमा पुगेर…
Read More
आलेख : ‘रगत अभावमा कोही मर्न नपरोस्’

आलेख : ‘रगत अभावमा कोही मर्न नपरोस्’

३१ जेठ,काठमाडौँ ।  वर्षौंदेखि ‘रक्तदान जीवनदान, रक्तदान महादान’ भनेर प्रचार गरिए पनि अझै एक प्रतिशतले पनि रक्तदान गर्ने गरेको पाइँदैन । नेपालमा कूल जनसङ्ख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेको पाइन्छ । त्यसमा पनि धेरैले नियमित रक्तदान गरेको पाइँदैन । रक्तदातामध्ये करिब १७ प्रतिशत महिला हुनुहुन्छ र पुरुष ८३ प्रतिशत रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्ने हुन्छ । रक्तदान गर्दा दुर्वल वा कमजोर भइन्छ, अनेक रोग सर्छ र गरिरहेको काममा ह्रास आउँछ भन्ने गलत सोचका कारण पनि धेरैले रक्तदान गर्न योग्य व्यक्तिहरु हिच्किचाउने गर्दछन् ।…
Read More
नेपाल ट्रेडयुनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा भट्टराई

नेपाल ट्रेडयुनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा भट्टराई

३१ जेठ,काठमाडौँ  । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित हुनुभएको हो । भट्टराईले एकसय ९२ मत प्राप्त गर्दा चौलागाइँले एक सय ८१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।खुला उपाध्यक्षमा ओमप्रसाद शर्मा अधिकारीले १८४, कुमारप्रसाद पौडेलले १६९, महिला उपाध्यक्षमा शीला केसीले २०६, उपाध्यक्ष सेवा क्षेत्रमा तुलसी अधिकारी १७९, उपाध्यक्ष उत्पादनमा निमा लामाले १९४, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा ख्यामराज तिवारीले १९५ मत ल्याई विजयी हुनुभयो । यसैगरी सचिवमा विश्वहरि घिमिरेले १९२,…
Read More
आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि

आफै ट्याक्टर चलाएर बेहुला कन्याको घर पुगेपछि

३१ जेठ, एजेन्सी । राजस्थानको बारमेरमा एक जना किसानले आफ्नो छोराको विवाह अनौठो ढङ्गले गरेका छन् । दुलहीको घरमा खेत खनजोतमा प्रयोग हुने ट्याक्टरको ताँती लगाएर ती किसानले छोराको धुमधामसँग बिहे गराएका हुन् । आफ्नो लगनगाँठो कस्न जाँदा फगत एउटा ट्याक्टर लिएर गएका ती किसानले बुहारी लिन जाँदा भने ५१ वटा ट्याक्टरको जुलुस गराएका छन् । सोमबार बिहान बेहुला प्रकाश चौधरीको घरबाट ५१ किलोमिटर टाढा रहेको रोली गाउँतर्फ दुलही लिन गएको टोली देखेर गाउँभरका मानिस अचम्म मानेर हेरिरहेका थिए । अझ आश्चर्यको कुरा के भने दुलाहा आफैले ट्याक्टर चलाएका थिए । उनका पछिपछि ५० वटा ट्याक्टरको ताँती थियो । ट्याक्टरमा…
Read More
Page 207 of 452
1 … 205 206 207 208 209 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.