समाज

राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

राष्ट्रिय गौरवको पशुपतिमा स्वीकृत दरबन्दीको आधा जनशक्ति

३० जेठ,काठमाडौँ  । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेकोे पशुपति क्षेत्र विकास कोषमा स्वीकृत दरबन्दीको आधाभन्दा कममात्र जनशक्ति कार्यरत रहेकाले दैनिक काममा समस्या भएको छ । राष्ट्रियसभाअन्तर्गत् राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा कोषका पदाधिकारीले १५ उपसचिव र २५ अधिकृतको पद रिक्त हुँदा कार्यसम्पादनमा समस्या भएको गुनासो गरेका हुन् । कोषमा ३५० जनाको दरबन्दी रहेकामा हाल ज्यालादारीसमेत १८२ मात्र कर्मचारी कार्यरत रहेको कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो । स्वीकृत दरबन्दीअनुसारका कर्मचारी नभएपछि कोषका महाशाखा एवं शाखाहरू निमित्तका भरमा सञ्चालन भइरहेका छन् । प्राविधिक जनशक्ति त कोषमा अहिले शून्यमै झरेको छ । विगतमा कोषका प्राविधिकले पशुपतिक्षेत्र भित्र बनाएका सडकमा…
Read More
रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

रुसद्वारा नक्कली शत्रुको पनडुब्बी जहाजमाथि आक्रमण

३० जेठ, एजेन्सी ।   रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ । फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल ट्रिबट्स र एडमिरल पेन्टेलेभ मिलेर बनेको समूहले सिमुलेटेड पनडुब्बी रहेको शङ्कास्पद स्थानमा आक्रमण गरेर नष्ट गरेको प्रेस सेवाले जनाएको छ । प्यासिफिक फ्लीट कमाण्डर एडमिरल भिक्टर लिनाको नेतृत्वमा ६० भन्दा बढी युद्धपोत र सहयोगी जहाज, ३५ नौसैनिक विमान, तटीय सेना र ११,००० भन्दा बढी सैनिकहरू सम्मिलित अभ्यासहरू जुन ५ देखि २० सम्म हुँदैछ।
Read More
इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

३० जेठ,झापा । इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ । लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ९इभेन्ट०बाट लिएको निःशुल्क तीन महिने सिलाइबुनाइ तालिमले व्यवासय सुरु गर्न सक्ने गरी सक्षम बनाएको हो । इभेन्टसँगको सहकार्यमा दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सिलाइ बुनाइसम्बन्धी ‘लेभल १’ को तालिम सञ्चालन गरेसँगै सोही तालिममा सहभागी बन्नुभएकी राईले सीप सिकेसँगै अहिले घरमै सिलाइबुनाइ व्यवसाय सञ्चालन गर्नुभएको छ । जसबाट उहाँ आफैंँ स्वरोजगार बन्दै मनग्य आम्दानी गरिरहनुभएको छ । “निःशुल्क तालिम नलिएको भए म यतिबेला…
Read More
टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो

टोप्का भिरमा बन्यो रेलिङसहितको सजिलो बाटो

३० जेठ,सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–८ मा रेलिङसहितको बाटो निर्माण गरिएको छ । उक्त बाटोे आज क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य माधव सापकोटाले उद्घाटन गर्नुभयो । टोप्का बसेरी रेलिङसहितको उक्त बाटो माओवादी उपाध्यक्ष एवम् पूर्वसभामुख अग्निप्रसाद सापकोटाको पहलमा बागमती प्रदेश सरकारको रु २५ लाख बजेटमा निर्माण गरिएको हो । ढलान र ढुङ्गा छापेर बनाइएको बाटोले जोखिम हटेको स्थानीयवासीले बताए । जम्मा चार सय मिटरको यो बाटोले टोप्का र टोप्का बसेरी गाउँलाई जोडेको छ । निकै अप्ठेरो र जोखिमयुक्त टोप्का भिरको बाटोमा रेलिङ बनइएपछि हिँड्न सजिलो भएको स्थानीयवासी तारानाथ पराजुलीले बताउनुभयो । स्थानीय श्री कालीदेवी आधारभूत विद्यालयमा आउने विद्यार्थी ओहोरदोहोर…
Read More
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता

३० जेठ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ । आज बसुन्धरास्थित पार्टीको केन्द्रीय कार्यालयमा उहाँहरूबीच सङ्क्षिप्त भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिनुभयो । उहाँका अनुसार भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी हुनुहुन्थ्यो ।
Read More
बोराभित्र महिलाको शव

बोराभित्र महिलाको शव

३० जेठ,दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । उक्त वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले मृत फेला परेको महिलाको पहिचान नखुलेको बताउनुभयो । घटनास्थलमा प्रनाउ खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ ।” व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीका अनुसार महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा थियो । “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन,” प्रनाउ खाँडले भन्नुभयो । उक्त बाटो हिँड्डुल…
Read More
‘नेसनल सोसल वेलफेयर अवार्ड’ सम्पन्न

‘नेसनल सोसल वेलफेयर अवार्ड’ सम्पन्न

३० जेठ,काठमाडौँ । काठमाडौँ सिजन मिडियाको आयोजनामा हुने ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२२’ को अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको प्रमुख आतिथ्यमा राष्ट्रिय नाचघर जमलमा १४ समाजसेवीलाई अवार्ड वितरण गर्नुभएको थियो । देश तथा विदेशमा रही सामाजिक कार्यमा जुटेर मानवसेवामा सक्रिय सातै प्रदेशका प्रतिनिधि समाजसेवीलाई यस वर्ष पनि सिजन मिडियाले अवार्डमार्फत उक्त अवसरमा यसपटक वादी उत्थान मञ्च कर्णाली सुर्खेतका संस्थापक हिक्मत वादी, कोशी प्रदेशबाट घुन्सा फाउन्डेसनकी संस्थापक योन्जोम शेर्पा, लुम्बिनी प्रदेशमा रहेर रक्तदानमा सक्रिय रहनुभएका रक्तदाता कृृष्ण चौहान क्षेत्री, लिभिङ ड्रग्स एन्ड अल्कोहल रिह्याब सेन्टरका संस्थापक प्रशान्त शर्मा, मधेस प्रदेशका सामाजिक अभियानकर्मी…
Read More
मुग्लिन–पोखरा सडक स् तनहुँ खण्डमा डेढ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक स् तनहुँ खण्डमा डेढ किमी कालोपत्र

३० जेठ,दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ । चालु आर्थिक वर्षभित्रै सात किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्यसहित जिल्लाको आँबुखैरेनी खण्डमा कालोपत्रको कामलाई गति दिइएको हो । मुग्लिन–पोखरा सडक योजना ९पूर्वी खण्ड० अन्तर्गत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा डेढ किलोमिटर सडक कालोपत्र भएको इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बरादीबाट डुम्रेतर्फको भागमा कालोपत्रको काम भइरहेको छ, यो आवमा सात किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य हो ।” उहाँका अनुसार उक्त खण्डमा यसअघि कालोपत्रका लागि परीक्षण गरिएकामा परीक्षण सफल भएपछि अहिले कालोपत्र नै गरिएको हो । अहिले दुई लेनमा मात्रै सडक कालोपत्र गर्ने काम भइरहेको पाण्डेले…
Read More
समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न त्रिविको आग्रह

३० जेठ, काठमाडौँ । त्रिभुवन विश्वविधालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो । त्रिविले आज सूचना जारी गर्दै सम्बन्धित इच्छुक क्याम्पसलाई सामायोजन हुन चाहने क्यापसले आफ्नो क्यापससभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराई तोकिएको समयभित्र निवेदन पेश गर्न सूचना जारी गरेको हो । निवेदन गर्दा दुवै क्याम्पसको बेग्लाबेग्लै निवदेन दिने, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्र, नवीकरण पत्र र अक्षयकोषको रसिदको…
Read More
नमूना सदरमुकाम निर्माण गर्न अलमल

नमूना सदरमुकाम निर्माण गर्न अलमल

३० जेठ , त्रिवेणी ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरु गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको छ । काम कहाँ कसरी सुरु गर्ने भन्ने विषयमा नै अहिले अलमल भएको छ । विसं २०७६ वैशाख ७ गते नमूना सदरमुकाम निर्माणको योजना अघि बढेको थियो । करिब रु १६ अर्ब लागतमा नमूना सदरमुकाम निर्माण गर्ने योजना रहेको थियो । तर भवन निर्माण कुन ढङ्गबाट…
Read More
Page 209 of 452
1 … 207 208 209 210 211 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.